घुस दिने र लिने दुवै जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस रकमसहित कम्प्युटर अपरेटरलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा रहेका छन् ।

उनले काठमाडौंको बनस्थली (ढुङ्गेधारा)स्थित टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगरसँग लिएको ४३ हजार रुपैयाँ घुससहित पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ ।

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कम्प्युटर अपरेटर शर्मालाई घुस लिँदा लिँदै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर शर्मासहित उनलाई घुस दिन रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

Facebook Comments