प्रहरीलाई आफू लुटिएको झुटो खवर गर्ने युवक पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आफू लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राय पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-६ का २५ वर्षीय हुकुम पुन मगर रहेका छन् । उनले झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।

मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन् ।

Facebook Comments