बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे मृत्यु

Picture : Google

कालिकोट । बाबुले घरमा आगो लगाउँदा कालिकोटमा दुई छोराकाे जलेर मृत्यु भएको छ । कालिकोटकाे नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा नरहरिनाथ गाउँपालिका-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको जलेर मृत्यु भएको हो ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाएको र आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

बटालाले घरमा आगो लगाउँदा उनका चार वर्षीय छोरा खगेन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घरायसी झगडामा घरमा आगो लगाएका भैरे बटाला विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख शाहले जानकारी दिए ।

Facebook Comments