पृथ्वी जयन्ती मनाउने नागरिकमाथि प्रहरीको हस्तक्षेप, मनीषा कोइराला आक्रोशित

काठमाडौं । २९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानी काठमाडौंको सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुगेको समूहमाथि प्रहरीले पानीको फोहोरा हानेको छ।

प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि त्यहाँ केहीसमय झडपसमेत भएको छ। प्रहरीले हस्तक्षेप गरेपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल आयोजक समितिकी एक सदस्य तथा बलिउड अभिनेत्री मनिषा कोइरालाले आक्रोशित भएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेकी छन्। उनले भनेकी छन्, ‘राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माताप्रति एकभई श्रद्धाञ्जलि दिन नापाउने ? आम व्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।’

उनले सरकारले नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा उल्टै हस्तक्षेप गरेको टिप्पणी गरेकी छन्। उनले भनेकी छन्, ‘मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ। तर उस्को व्यवहार ठिक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.