नेकपा मिलाउन १३ सदस्यीय अर्को चिनियाँ टोली काठमाडौंमा

काठमाडौं। सत्तारुढ नेकपाको एकिकरणमा भूमिका खेलेको चिनियाँ कम्युनिष्ट पार्टी नेकपालाई जसरी एकिकरण गराइराख्ने एक सुत्रिए अभियानमा लागेकाे छ। यसका लागि उसले विभिन्न काेणबाट प्रयास जारी राखेको छ।

वामदेव गौतमले शुरु गरेको नेकपा एकता अभियान यसैको एउटा कडीको रुपमा रहेकाे छ। जुँगाँको लडाइमा व्यस्त नेकपाका नेताहरुको व्यवस्थापन मुख्य समस्या ठानेको चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका नेताहरुलाई नेतृत्व व्यवस्थापनका लागि सुझाव पनि दिएको छ।

यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दुई पदमध्ये एक पद छोड्न लगाई प्रचण्डलाई केन्द्रीय समितिमा ओली विरुद्ध पेश गरेको आरोप पत्र फिर्ता लगाउन पनि चीन लागिपरेको छ। तर ओली नै यसमा राजी नभएपछि चीन अलि हच्केको छ।

दोस्रो प्रस्ताव नमानिएको अवस्थामा निकट भविष्यमा हुने चुनावमा कार्यगत एकताको रुपमा सहकार्य गर्न चीनले मनाउने प्रयास गरिरहेको छ। ईश्वर पोखरेलले खाडीचौरमा बोलेको कुराले पनि यो प्रस्तावमा नेकपाको दुबै गुटमा छलफल भएको अनुमान गर्न सकिन्छ। योसँगै नेकपा मिल्ने अवस्था नआएको अवस्थामा चीन निकट रहेका प्रचण्ड र माधव नेपाललाई एक ठाउँमा राखि कम्युनिष्ट विचारधारा अगाल्ने अन्य दलहरुलाई ग्रेटर सोसलिष्ट सेन्टरका रुपमा कार्यगत एकता गराउने अभियानमा चीन गृहकार्यमा लागेको छ। यसका लागि जसपाका कम्युनिष्ट पृष्ठभूमीका नेताहरुलाई एकत्रित गर्ने अभियानमा चीन रहेको छ।

यि सबै कामका लाग चीनले आफ्नो दूतावास सहित चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई पनि लगाएको छ। चीन निकट व्यवसायी र चिनियाँ व्यवसायीहरु पनि यसमा खटिएका छन्। चीनसँग जोडिएका संस्थाका पदाधिकारीहरु पनि यसमा सहयोगीको भूमिकामा खटिएका छन्। चिनियाँ गुप्तचर एजेन्सीका अधिकारीहरु पनि यस काममा सहयोग पुर्‍याउन नेपालमा एकपछि अर्को भ्रमणमा रहेका छन्।

यसैक्रममा शनिवार १३ सदस्यीय चिनियाँ टोली नेपाल भित्रिएको सुरक्षा स्रोतले जनाएको छ। शनिवार साढे ११ वजे दुवईबाट नेपाल एयरलाइन्सको जहाजमा १३ जना चिनियाँहरु नेपाल भित्रिएका हुन् । उनीहरु ठमेलको होटल एलफमा बसेका छन् ।

शनिवार आएका चिनियाँहरुमा काओ झिजिङ, फेङजी, लीउ होगंछुन, ली यू, लीयू छेंग, पेग होंग, साओ जुआन जुआन, तान लान, रेनकाङंग, तोङ वेनरोङ्गमाल, यानमिंग क्वी, यूआन जुपिंग र झ्या मुयान रहेका छन् । केहि दिन अघी चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी यचौ नेपाल आएका थिए। त्यसबीचमा अन्य दुई टोलीमा पनि नेपालमा सक्रिय रहेको थियो। अब थप टोली नेपाल आएको छ । यो टोलीले थप आफ्नो पक्षमा हुनेगरि नेपालको राजनीति मिलाउने प्रयास ग्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ। यसको नतिजा केहि दिनको राजनीतिक घटनाक्रमले देखाउने नै छ।

Facebook Comments