लकडाउनको मारमा ‘सेक्स वर्कर’, भन्छन्-‘विवाहित पुरुष आउनै छोडे’

काठमाडौं – कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आक्रान्त छन्। विभिन्न देशमा गरिएको लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य छन्। सानातिना व्यापारीदेखि ठूला उद्योगीहरु समेत यसको मारमा परेका छन। यसको मारमा यौन व्यावसायी समेत परेका छन्।

एक नाइजेरियाली सेक्स वर्कर भन्छिन्, ‘कोरोना भाइरसका कारण लागेको लकडाउन मेरो जीवनमा एउटा दुःख बनेर आएको छ ।’

उनी उत्तरी नाइजेरियाको मुस्लिम बहुल राज्य कानोमा बस्छिन् । त्यहाँ १ महिनादेखि लकडाउन जारी छ । कसैलाई घरबाट निस्कन अनुमति छैन । सबैले सोमबार र बिहीबार १० देखि ४ बजेसम्म खानेकुरा किन्ने अनुमति दिइन्छ ।

मुस्लिम समुदायलाई रमजानको समयमा नमाज पढ्न भेला हुनसमेत दिइएन । आयशा ९परिवर्तित नाम० भन्छिन्, ‘लकडाउनका कारण मैले बाँच्नका लागि संघर्ष गर्नुपरेको छ । मैले काम गर्ने कोसिस गरे पनि लकडाउन र रमजानका कारण सम्भव भएन ।’

उनी भन्छिन्, ‘यहाँ लगभग सबै मुसलमान छन् । यस कारण रमजानको महिनामा सम्भव भएन । दिउँसो सबै आफ्नो परिवारसँग बस्छन् र साँझ रोजा तोड्न र इफ्तार गर्न जान्छन् । मेरा धेरैजसो ग्राहक विवाहित पुरुष हुन् । यस कारण उनीहरू परिवार छाडेर यस्तो अवस्थामा आउन सक्दैनन् ।’

इस्लामिक कानुन शरिया सन् २००० देखि लागू छ । उत्तरी नाइजेरिया र अन्य केही इलाकामा लागू छ । त्यस समेदेखि नै यौन व्यवसाय, जुवा र मदिरा खान कानोमा प्रतिबन्ध छ ।

आयशा भन्छिन्, ‘नाइजेरियामा प्रहरी धेरै सक्रिय छ । उत्तरी नाइजेरियामा यौन व्यवसायमा प्रतिबन्ध छ । कोही यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा पक्राउ परेमा सिधै जेल पठाइन्छ । हामी शरिया कानुनमा छौँ ।’

उनले लकडाउनका समयमा आफूले सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको उनको गुनासो छ ।

उनी भन्छिन्, ‘नाइजेरियामा यौन व्यवसायीलाई कुनै प्रकारको सहयोग दिइँदैन । हामीलाई नाइजेरिया सेक्स वर्कर्स एसोसिएसनले सहयोग गर्छ । यसमा संकटका बेला एक अर्कालाई सहयोग गर्न सकियोस् भनेर हामीले कमाएको एक हिस्सा जम्मा गरिएको हुन्छ । तर, अब एसोसिएसनसँग पनि पैसा छैन । लकडाउनका क्रममा भएको सबै पैसा बाँडिसकेको छ ।’

उनलाई सरकारले केही सहयोग गर्छ कि भन्ने आशा थियो, तर अहिलेसम्म केही पनि प्राप्त भएको छैन । उनी भन्छिन्, ‘हामीले अर्को बाटो खोज्नुपरिरहेको छ । सरकार त सेक्स वर्कर्स के गरिरहेका छन् भनेर सुन्न पनि चाँहदैन ।’

उनी भन्छिन्, ‘मसँग पैसा सकिँदै छ । मलाई सहयोग गर्ने केही ग्राहकले दिएको पैसाले काम चलाइरहेकी छु । खाना र केही पैसा उनीहरूले दिइरहेका छन् ।’

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.