काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन ।
आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए ।
प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।
प्रचण्ड भारत गएपनि आन्दोलन भने नरोकिने वताइएको छ। यता, प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
Facebook Comments