भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन सुरु

काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु  गरेकाे छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

सुकुम्बासी दलितलाई जग्गा घर दिने कार्यक्रम अन्तर्गत सम्झौता भएका स्थानीय तहमार्फत लगत संकलनका लागि निर्देशन दिएको उनकाे भनाइ छ ।

‘भूमिहीन सुकुम्बासीका लागि घर बनाइदिने, जग्गा दिने, सुकुम्बासीका लागि पूर्जा दिने योजना अन्र्तगत यो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् । यसका लागि भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ ।

Facebook Comments