स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जना भारतीय पक्राउ

काठमाडौं । महानगरी प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट काठमाडाैं आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेकाे थियाे । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।

Facebook Comments