नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन विमानस्थलबाट ७ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्टसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका ७ जना रहेका छन् ।

नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ।

Facebook Comments