काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
बैठकमा दोस्रो चरणको आन्दोलनबारे छलफल हुने प्रवक्ता श्रेष्ठकाे भनाइ छ । प्रचण्ड-नेपाल पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
शनिबार प्रचण्ड-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो। यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको हो।
Facebook Comments