युसेप नेपालले बर्दियाका २ सय ४० जनालाई राेजगारमुलक तालिम दिने

मुरली गोडिया/बर्दिया
युसेप नेपालले ८ पालिकाका २ सय ४० जनालाई रोजगारी दिइने भएको छ । तालिममा इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेको युसेप नेपालले बर्दियाले जनाएको छ ।

गुलरियामा सरोकारवालाहरु सँग परियोजना बारे छलफल कार्यक्रममा बताइएको हो । युरोपियन युनियन को आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्र्तगत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरम द्धारा प्रबदित तालिमहरुका बारेमा छलफल गरिएको हो ।

निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्त प्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा बर्दियाका विभिन्न स्थानिय तहमा रोजमुलक ७ प्रकारका सीप विकास तालिम संचालन गरिने युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिए । सो सीप विकास तालिम प्रदान गरि जिल्लामा २ सय ४० जना नागरिकलाई लाभान्वित गराउने जिल्ला संयोजक चौधरीले बताए ।

तालिम इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेका छन् । एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु विभिन्न नगरपालिकाहरुमा संचालन गरिने र ६ महिने एक्जाभेटर अपरेटरको तालिम काठमाडाैँमा संचालन हुने संयोजक चौधरीले जानकारी दिए । तालिम ६ वटा नगरपालिकामा संचालन भएपनि प्रशिक्षार्थी भने ८ वटै पालिकाका रहने संस्थाले जनाएको छ ।

बर्दियाको लागि कार्यक्रम तर्फ ९५ लाख र प्रशासनिक खर्च १० लाख गरी परियोजनाको कुल अनुमानित लागत १ करोड ५ लाख रहेको छ । युसेप नेपालले बालबालिकालाई शिक्षा र युवायुवतीहरुलाई व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । संस्थाले स्थापनाकाल देखि हाल सम्म हजारौं जना युवयुवतीहरुलाई तालिम दिएको संस्थाले जनाएको छ । छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको सहभागितामा रहेकाे थियाे।

Facebook Comments