३ जना सचिवको सरुवा

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ ।

गत मंसिर १८ गते बसेकाे मन्त्रिपरिषद बैठकले हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेकाे छ ।

यस्तै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएकाे सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए ।

यस्तै सरकारले नेपाली सेनाका महासेनानी साेवित बहादुर अधिकारीलाइ सहयक रथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय गरेकाे मन्त्री गुरूङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

Facebook Comments