विप्लव समूहले हत्या गरेका शिक्षकको शव आफन्तले बुझे, भाेलि अन्त्येष्टि गरिने

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव परिवारका सदस्यले बुझेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार दिउँसाे शव अन्त्येष्टिका लागि आफन्तले बुझेका हुन्। मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा दाहसंस्कार गर्ने गरी शव लगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

विप्लव समूहले हत्या गरेका शिक्षकको शव मिक्लाजुङ–२ स्थित घरमा लगेर राखिएको छ । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्दै आएका थिए । शवको बिहीबार बिहान मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो।

Facebook Comments