आज थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं । आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (बिहीबार) संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

सर्लाहीको धान्कौल नगरपालिका निवासी पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकामा पुरुष र महिला तथा महोत्तरीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४र४, रौतहट, बारा र सर्लाहीमा ३र३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

Facebook Comments