मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ११० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहट ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १ सय ९०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासी पूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नलवपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा ३, सल्यानमा २ र हुम्लामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धरामा ५, दार्चुलामा १, बझाङमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.