यी हुन्: घरमा दुई श्रीमति राखेर अर्काकी (तेस्रो) श्रीमति भगाउने सल्यानका वडाध्यक्ष

यसअघि दुईवटी श्रीमति बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमति पनि थपेर तीनवटी श्रीमति बनाएपछि छिमेकीहरुले आलोचना गरेका हुन् । उमेरले उनीहरु दुवैजना ५२ वर्षका छन् । लेकाली अनलाइनमा यो खबर छ । वडाध्यक्षकी पहिलाको श्रीमतिबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराका पनि ५ बच्चाबच्ची छन् । गाउँमा पहिलेदेखि उनिहरुबच बसउठ हुने गरेपछि विवाह गर्न पुगेका हुन् । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै वडाध्यक्षप्रति शंकाको दृष्टिले हेर्न गरेका थिए । विस्तारै गाउँभरी हल्ला भएपछि बिहे गरेको वडाध्यक्ष ईन्द्र कुमाईले स्वीकार गरे ।

उनले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो । उसको घरबाट निकाल्यो, अनि म बिहे गर्न बाध्य भए ।’ उता गौरीका श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् । श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उनले बताए । उनी कानुनी न्यायको खोजीमा लागेपछि वडाध्यक्षलाई धर्मसंकट परेको छ । यस बिषयमा उनीसँग थप कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Facebook Comments