प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनु पर्ने बताएका हुन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले ट्विटरमा लेखेका छन् ‘ नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:

१.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;

२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

Facebook Comments