रातारात किन भेटिन् चिनियाँ राजदूत ओलीसँग?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपतिलाई भेट्न पुगेका छन् ।

मंगलबार साँझ साढे ५ बजे शीतलनिवास पुगेका प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब दुई घण्टा छलफल भएको थियो ।भेटवार्तामा नेकपामा देखिएको विवादका विषयमा छलफल भएको र राष्ट्रपतिले पार्टी भित्रको समस्या समाधान गरेर मिलेर अगाडि बढ्न आग्रह गरेको बताइएको छ ।

प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेटेर बाहिरिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग बालुवाटारमै भेट गरेर राष्ट्रपति निवास हुँकिएका थिए ।
स्राेतका अनुसार राजदूत यान्छी मंगलबार राति ८ बजेर १० मिनेटमा बालुवाटार प्रवेश गरेकी थिइन्। त्यहाँ उनले १० बजेर १० मिनेट सम्म ओलीसँग कुरा गरेकी थिइन्। ओलीसँग कुरा गर्ने क्रममा राजदूत यान्छीले नेकपा पार्टी भित्रकाे विवाद मिलाउनकाे लागि नरम भएर कुरा गर्न अाग्रह गरेकी हुन्।

यसअघि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् । अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् । राजदूत यान्छीसँगको भेटपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु र त्यसलगत्तै आज १ बजेका लागि बोलाइएको सचिवालय बैठककै समयमा मन्त्रीपरिषद् बैठक बोलाउनुले नेकपा भित्रको विवाद झन उत्कर्षमा पुगेको अनुमान लगाउन सकिन्छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.