राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए ओली, नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छ्न ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिसँग भेट गरी झण्डै एक घण्टा छलफल गरेर बालुवाटार फर्किएका हुन् ।

ओली फर्केपछि अब सचिवालय वैठक बस्ने छ । दिउँसाे १ बजेलाई बोलाइएको सचिवालय बैठकका लागि उनले मन्त्रिपरिषदको बैठक पनि सारेका छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको समयमा नेताहरुको दौडधुप बढेको छ ।

प्रधानमन्त्री ओलीले पनि लगातार भेट गरिरहेका छन् । मंगलबार साँझ पनि उनले राष्ट्रपतिसँग परामर्श गरेका थिए ।

ओलीले मंगलबार राति चिनियाँ राजदूत हाउ यान्छीसँग पनि भेट गरेका थिए ।

Facebook Comments