काठमाडाैं । पछिल्लो २४ घण्टामा प्रदेश-१ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यस्तै ७४० जना डिस्चार्ज भएका छन् ।
प्रदेशमा अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments