राजमाेका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडाैंकाे मेडिसिटी अस्पतालमा उपचाररत रहेका केसी डिस्चार्ज भएका हुन् ।

मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि अघिल्लो मंगलबार अस्पताल भर्ना भएका केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments