काठमाडौं महानगरमा मात्रै ७५ हजारमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना संक्रमण लगातार बढिरहेको छ। यहाँ हालसम्म ७५ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ हजार ७ सय ८६ पुरुष र २८ हजार ५ सय ३१ जना महिला छन्।

काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म तथ्यांकअनुसार २८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुगेको छ। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित ‍छन्।

काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ भने सबै वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरका अधिकांश वडामा संक्रमण बढ्दो दरमा रहेको छ।

महानगरको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ३७ रहेको छ।

हाल ७ हजार ९ सय ८९ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेनमा १ सय ३४ र अस्पतालमा ५ सय १४ जना रहेका छन्।

Facebook Comments