आज (बैशाख २४) बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भेटघाट रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ । – ज्यो.प.
नारायणप्रसाद दुलाल

ओलीलाई अझै अप्ठेरो

काठमाडौं । पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो। स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन।

दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो। तर, उनीहरूबीच मंगलबार छलफलै भएन। उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको छ। दाहालले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ। नेकपाले सचिवालय बैठक आज (२४ वैशाख) र स्थायी समिति बैठक बिहीबार (२५ वैशाख)का लागि बोलाएको छ।

बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनालसँग झन्डै एक घण्टा कुराकानी गरे। ओलीले खनालसँग कात्तिकयता एक्लाएक्लै छलफल गरेको यही पहिलो हो। दाहालसँगको छलफलपछि बालुवाटार पुगेका खनालले प्रधानमन्त्री चिन्तित देखिएको बताए।

‘प्रधानमन्त्री अलिक चिन्तित र तनावयुक्त मुडमा हुनुहुन्थ्यो। मैले उहाँ (प्रधानमन्त्री)लाई पार्टीलाई सम्मान गर्नुपर्छ। पार्टी सर्वाेपरी संस्था हो। पार्टीकै कारणले हामी सबै विभिन्न पोजिसनमा छौं। तपाईं प्रधानमन्त्री भएकै पनि पार्टीकै कारण हो। पार्टीका नीति र निर्णयहरू, पार्टीका विधिहरूलाई सम्मान गर्नुपर्छ। त्यसलाई लागू गर्नुपर्छ। दृढतापूर्वक पार्टीको पक्षमा उभिनुपर्छ। त्यहाँभन्दा अर्काे विकल्प छैन। मेरो हार्दिक सल्लाह पनि तपाईंलाई त्यही छ भनेर आफ्ना कुरा राखें’, खनालले प्रधानमन्त्रीसँगको भेटबारे अन्नपूर्णसँग भने, ‘उहाँ चिन्तित भएको पाएँ।’

ओलीले भने आफूविरुद्ध भएका घेराबन्दीदेखि पारिएका असहजताका विषयमा छलफल केन्द्रित गरेका थिए। ‘आफूलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा उहाँ (प्रधानमन्त्री) अलिक उद्धेलित हुनुहुन्थ्यो’, उनले ओलीसँगको संवादबारे थप खुलस्त पार्दै भने, ‘तर, मैले यसरी उत्तेजनामा आउनुहुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेको छु।’

ओली संगठनात्मक एकताका क्रममा नेताहरूले पाएको दोहोरो जिम्मेवारी खुम्चाउन लचक देखिएका छैनन्। त्यस्तै, उनी स्थायी समिति बैठक सरकारको नीति तथा कार्यक्रम, बजेट तयारी र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका विषयमा मात्र केन्द्रित गरेर छोटो अवधिका लागि मात्र आयोजना गर्नुपर्ने पक्षमा देखिएका छन्।

दाहाल–नेपाल पक्षका नेता भने शीर्ष नेताहरूले मुख थुन्न नपाउने, सरकारका कामदेखि अध्यादेश प्रकरण र त्यसपछिका परिघटनासम्ममा खुलस्त छलफल गर्न पाउनुपर्ने पक्षमा देखिएका छन्। एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयमा पहिलेका संगठनात्मक कमजोरी सच्याउनुपर्ने पक्षमा उभिन थालेपछि प्रधानमन्त्री ओली दाहाल–नेपाल पक्षको रणनीतिप्रति सशंकित देखिन थालेका छन्।

प्रधानमन्त्रीदेखि पार्टीका नेताहरूसम्मले आत्मालोचनासहित कमजोरी सच्याउने प्रतिबद्धता जनाएर विवाद मिलिसकेको अवस्थामा स्थायी समितिमा त्यही विषयमा थप छलफल आवश्यक नरहेको ओलीनिकट नेता बताउँछन्।

‘संसद् डाकिएको छ। बजेटको बेला छ। त्यसमै केन्द्रित भएर छलफल गर्नुपर्छ’, स्थायी समिति सदस्य छविलाल विश्वकर्माले अन्नपूर्णसँग भने, ‘पार्टीका आन्तरिक मामिलाका विषय क्रमशः छलफल चलाएर छिमोल्दै जाने हो। अहिले आन्तरिक समस्यामा छलफल आवश्यक छैन।’

विवाद एउटा निष्कर्षमा पुगेर मिलेको बताएका नेता नै फेरि सचिवालयको भावनाबाट पछि हट्न थालेको आशंका कतिपय नेताले गर्न थालेका छन्। यसमा कतिपयले खेल्न खोजेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार पार्टीमा रडाको मच्चाउन फेरि को लाग्दै छ ? भन्दै सचेत हुन आग्रह गरेका छन्।

‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचार प्रचारित हुन थालेका छन्। पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दै छ ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं। अन्यथा नगरौं’, उनले ट्विटरमा लेखेका छन्।

एजेन्डाबारे सचिवालयमा सहमति नजुटे ओली पक्ष स्थायी समिति बैठक केही समय पछि धकेल्ने पक्षमा देखिएको छ। ‘उहाँहरू (दाहाल–नेपाल समूह)ले स्थायी समितिमा समग्र विषयमा समय लिएरै छलफल गर्न चाहनुभयो भने बरु थप दुई–चारपटक सचिवालय बसेर गृहकार्य गर्न सकिन्छ। त्यस्तो बेला स्थायी समिति सार्नुपर्ने हुन पनि सक्छ। त्यो बुधबार (आज)को सचिवालयमा विषय कसरी प्रस्तुत हुन्छन्, त्यसले निर्धारण हुन्छ’, ओली पक्षका अर्का एक स्थायी समिति सदस्यले भने। अन्नपुर्ण पाेष्टबाट

कोरोनाः मानवीय संकट र विश्वास

तारणी पोख्रेल
एडेलेइड इटालीको उत्तरी क्षेत्र पीडमन्टबाट हुन्, जो मेरै विश्वविद्यालयमा मानव अधिकार र बहुसंस्कृतिवादको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी छिन्। इटाली भन्ने बित्तिकै कोरोना भाईरस (कोभिड –१९) माहामारीको यूरोप केन्द्रबिन्दु, जहाँ दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै छन् र सयौं मानिसहरु मरिरहेका छन्। हुन पनि, आजको इटाली अब हिजोको जस्तो नै पो कहाँ छ र। कताको हरदम पर्यटकको भिडले थामि नसक्ने ऐतिहासिक सभ्यता र संस्कृतिको धनी देश, कता अहिलेका कहालिलाग्दा सुनसान चोक, गल्ली र सडकहरु। रोगी र अशक्तहरुले भरिभराउ अस्पतालहरु। दैनिक आइरहने हृदय विदारक समाचारहरु।

तै पनि, सँधैजसो हाँसिरहने, सबैसँग बोलिरहने एडेलेइडमा पहिले र अहिलेमा म खास भिन्नता पाउँदिन। उनी भन्छिन, “हेर, जे कुरामा चिन्ता गरेर फाइदा छैन, त्यसमा घोत्लिएर टाउको दुखाउनु भन्दा जे छ त्यसमा खुसी हुनु धेरै उत्तम हो। समस्याहरु खोला जस्तै हुन्,आउँछन् जान्छन्। मुस्कुराउन छोड्नु हुन्न। हेर,केही बर्ष नैलाग्ला तर हामी फेरी सक्षम हुन्छौं। हामी जहाँ हुनेछौं, त्यहीँबाट उठ्नेछौं।” यिनको कुरा सुन्दा एक किसिमले रुखो वा संवेदनाहिन जस्तो लागे पनि वास्तविकता त त्यही नै हो। जे जस्तो संकट वा महाविपत्ति आइपरे पनि या जस्तो अवस्था आइपरे पनि संसार आफ्नो रित मै चल्ने हो।

केहि दिनको अन्तरमानै अहिलेको विश्व परिवेश यसरि बदलिएको छ कि हाम्रो दैनिकी पूर्णरुपमा फेरिएको छ। हिजोसम्म स्कुल, क्याम्पस,कार्यालय जाने मानिसहरु घरमै बसेका छन्। कोरोना माहामारी बीच संसारका धेरै देशहरुले सम्भावित थप विपत्ति रोक्नका लागि आफ्ना सीमा नाकाहरु बन्द गरेका छन्।

केहि दिनको अन्तरमानै अहिलेको विश्व परिवेश यसरि बदलिएको छ कि हाम्रो दैनिकी पूर्णरुपमा फेरिएको छ। हिजोसम्म स्कुल, क्याम्पस,कार्यालय जाने मानिसहरु घरमै बसेका छन्। कोरोना माहामारी बीच संसारका धेरै देशहरुले सम्भावित थप विपत्ति रोक्नका लागि आफ्ना सीमा नाकाहरु बन्द गरेका छन्। अवस्था हेरेर कति देशहरुले सिमित आवत जावतका साधन एवम् खाद्यन्न तथा औषधी पसलहरु सञ्चालन गरे पनि एअरपोर्ट, होटल, रेष्टुरेन्ट, सपिङ मल, सिनेमा घर, सांस्कृतिक वा मनोरञ्जनात्मक स्थलहरु, नाइट कल्व, पब, जिम सेन्टर आदि पूर्णरुपमा बन्द छन्। त्यति मात्र होइन्, सांगितिक कन्सर्ट, वर्षभरि जसो चल्ने विभिन्न देशका फूटबल, क्रिकेट वा अन्य खेलकुदहरु स्थगित भएका छन्। यस किसिमको अर्ध वा पूर्ण लकडाउनको स्थिति सायद युद्धको अवस्थामा बाहेक धेरै देशहरुले आफ्नो भूमिमा विरलै मात्र देखेको या भोगेको घटना हो।

उदाहरणको लागि, नोर्डिक देशहरुमै सबैभन्दा प्रजातान्त्रिक मानिने नर्वेमा मानिसको जीवन शैली पूर्णरुपमा फेरिएको छ। यसको लागि उनीहरु न भौतिक तन मानसिक रुपमा नै तयार थिए। विशेषतःउदारवादी प्रजातान्त्रिक मुलुकको असिमित स्वतन्त्रतामा हुर्केका नयाँ पिढीं जो युवा अवस्थामा पुग्दा नपुग्दै आफ्ना बाबु आमाबाट छुटिन्छन्, जसका लागि सप्ताहन्तको रमाइलो नै खुसी हुने माध्यम हो, जो आफूलाई बन्द कोठामा भन्दा खुला संसारमा विचरण गर्न मन पराउँछन्, उनीहरुका लागि त यो एक किसिमको ‘कल्चरल सक’ नै हो।

कोरोनाका कारण विश्वको भू–राजनैतिक तथा आर्थिक परिदृश्यमा के कस्तो फेरबदल आउला, देशहरुले आर्थिक मन्दिको सामना कसरी गर्लान्, कसरी सामाजिक, आर्थिक वा सांस्कृतिक पद्धति पहिलेकै अवस्थामा आउला त्यो त हेर्न बाँकी नै छ। तर अहिले आफ्नो वशमा नभएका ठूला–ठूला कुरा सोचेर आफू या आफ्नो वरपरको वातावरणमा सन्त्रास छर्नु भन्दा पाएको खाली समयमा आफ्ना गल्ती, कमजोरी केलाउनु, सवल–दुर्वल पक्षहरुबारे आत्मसमीक्षा गर्नु र आफ्नो अन्तरह्दयको आवाज सुन्नु भन्दा राम्रो र फलदायी काम सायदै अरु कुनै हुन्छ होला।

आजको युगमा संसारले जे जति फाइदा विश्वव्यापीकरणबाट उठाइरहेको छ त्यति नै यसका नकारात्मक असरहरुको पनि सामना त गर्नु परि नै रहेको छ। जब सिमाहरु खुला हुन्छन्, मानिस, उपभोग्य सामाग्री, सूचना प्रविधि र ज्ञानको प्रसारणसँगै रोग, महामारी, अपराध, अवैध कारोबार, लागुपदार्थ ओसारपसार जस्ता समस्याहरु पनि साथमा आउने नै भए। समय मात्र कति चाडो वा ढिलो भन्ने कुरा हो।

महामारीबाट बच्न विभिन्न स्वरुपमा अपनाइएको हालको लकडाउन वा सेल्फ आइसोलेसन को यो समयले हामी आफूलाई अझ नजिकबाट चिन्ने या नियाल्ने मौका दिएको छ। यो समयमा सायद हामी हाम्रा ब्यवहार र जीवनशैलीमा ध्यान दिन सक्छौ, एक पटक पछाडि फर्केर नियाल्न सक्छौं कि हाम्रो जीवन कति दौड धुपपूर्ण र तनावमय छ। कति अनावाश्यक र फजुल काम र कुराहरुको पछाडि दौडेर हामीले हाम्रो उर्जा, क्षमता र समयको बर्बादी गरिरहेका छौं। किनकी यो स्थिति आउनुका पछाडि हाम्रै मानविय व्यवहार, जीवन पद्दति, सोच र मूल्य मान्यताहरु जिम्मेवार छन्।

यो विषम परिस्थितिमा समाजका सम्पूर्ण चलायमान आर्थिक र सामाजिक प्रणालीहरु तकिएका छन् त ? र यो स्थिति त्यति नराम्रो पनि छैन जति भयावह हामी यसलाई बनाइ रहेका छौ। हामीले सही ढंगले लिएको खण्डमा यो एक अवसर पनि त हुन सक्छ। यसका लागि, सकेसम्म आफ्नो तर्फबाट जसरी सकिन्छ परिस्थिति प्रति सजग रहने, अरुलाई पनि सहयोग गर्ने र बाँकी समय आफू वरपर सकारात्मक उर्जा प्रवाह गर्ने नै हो।

प्रायःजसो घर बाहिरै पाकेको खान मन पराउनेहरु हुन् या बर्गर, म्याक्डोनल्ड्स्को खाना चेपेर काममा दौडने बानी परेका हामीलाई घर परिवारसँग समय बिताउने यो सुनौलो अवसर हुन सक्छ। परिवारमा कोही रोगी, अशक्त वा बुढा–बुढी छन् भने हेरचाह गर्ने, माया र खुसी साट्ने माध्यम हुन सक्छ। घरमै आफुलाई मन पर्ने खाना बनाएर खान सक्छौ। पुराना गर्न बाकी रहेका काम गर्न सक्छौ। चाहेर नि पढ्न नपाएका पुस्तकहरु पढ्न सक्छौं, मन पर्ने संगीत सुन्न सक्र्छौ या फिल्म हेरेर समय कटाउन सक्छौ। यो समय सायद हामीले आफ्ना इच्छा र खुसी फुलाउने एक उपयुक्त समय हो जहाँ हामी पटक पटक चुकीरहेका थियौं। आफु र आफ्ना सपनाहरु पुरा गर्ने ध्याउन्नमा आफुलाईनै बिर्सिसकेका थियौं वा यो भनौं जीवन बनाउने वहानामा जीवन जीउन चाँही भुल्न थालेका थियौं।

तनाव व्यबस्थापनको एउटा पाटो, यस्तो संक्रमणकालिन बेलामा आफुलाई शारिरीक तथा मानसिक रुपमा सवल राख्दै, संभावित परिस्थितिको लागि तयार राख्नु पनि हो। अतः व्यायम गर्ने, सन्तुलित भोजन सेवन गरी रोग प्रतिरोधि क्षमता बढाउने र मानसिक स्वास्थ्यको लागि योगा, ध्यान आदि पनि गर्न सकिन्छ जसले गर्दा आफू खाली रहेको महसुस हुँदैन र नकारात्मक विचार मनमा आउँदैनन्।

चीनको वुहान प्रान्तबाट संक्रमण शुरु भएको कोरोना विपत्तिलाई शुरुमा चीनको मात्र समस्या थियो। उता चीन कोरोनासँग एक्लै लडिरहँदा केही देश र व्यक्तिहरुले यसलाई खास जाती वा नस्लसँग पनि जोडेर हेरे जुन आफैंमा दूर्भाग्यपूर्ण त थियो नै, यसले हाम्रो साँघुरो सामाजिक चेत र फरक विचार, जीवनशैली र मूल्यप्रतिको असहिष्णू चरित्र पनि उदांगो पारेको थियो। अतः यी र यस्ता सोचहरुको अन्त्य गर्न विश्वबन्धुत्वको भावना जागृत गर्नै पर्छ। दोषारोपण, आरोप– प्रत्यारोपले समस्याको समाधान हुने हैन बरु घृणा, द्वेश र तनावको स्थिति सृजना गदर्छ। अझ यस्ता घटनाहरुबाट त, मानविय मूल्य र मान्यताको आपसी आड किन पनि दरिलो बनाउन आवाश्यक छ भन्ने सन्देश पनि प्राप्त भएको छ।

र अन्त्यमा, विश्वास र आशा जीवनका सबैभन्दा ठूला शक्ति हुन्। मानव इतिहासमा यस भन्दा अघि पनि कोरोना भन्दा ज्यादै प्राणघातक महामारीहरु आएका थिए। प्लेग, हङकङ फ्लु, एशियन फ्लु, हैजा, एचआइभी एड्स, स्वाइन फ्लु जस्ता महामारीमा परी करोडौं मानिसहरुले ज्यान गुमाएका थिए। तर पनि मानविय सभ्यता निरन्तर जारी नै रह्यो। आशा गरौं यो समस्या चाँडैं समाधान हुनेछ र हामी आफ्ना दैनिकिमा नयाँ उर्जाका साथ फेरी फर्कने छौं। अन्त्यमा, जसरी हरेक नयाँ दिनले नयाँ सपना बोकेर आउँछ, त्यसरी नै हामीले एक अर्काप्रति विश्वास र भरोसा राख्दै यो कल्पना गर्नु छ कि सायद भोलिको बिहानी केही फरक हुनेछ। ओस्लो, नर्वे

भाइरसबाट मात्र होइन भोकबाट पनि बचाउ

कल्पना खरेल
आकासमा उड्ने पन्छीहरु खुल्ला संसारमा स्वतन्त्र उडिरहेछन् समुद्री सतह अथवा पानीमा रहने सम्पूर्ण जीव अर्थात् प्राणी पानीभित्रै साम्राज्य बनाएर रमाइरहेछन्। जङ्गलमा रहने प्राणी जाति सदा जङ्गलमै साम्राज्य बनाएर स्वतन्त्र छन्। तर हामी सर्वश्रेष्ठ विवेकशील मानिने मानवहरुलाई जन्जिरै जन्जिरले बाँधेर राखेको छ।

त्यसमा पनि आजको बलवान् समयले हामीलाई घर भित्रै कैद गरिरहेछ। घर घरमा पिँजाडामा राखेको सुगा र एक्वरियममा राखेको माछा जस्तो थुनिएका छौँ। सामाजिक प्राणी मानिने हामी मानवजाति समाजदेखि नै अलग्याइदिएको छ। आज मानव मानवमै छुवाछुतको वातावरण सिर्जना भएको छ। माफ गर्नुहोस् म तपाईंको घर पनि जान्नँ, तपाईं मेरा घरमा पनि नआउनुहोस् भन्ने दिनको वातावरणसँग जुधिरहेछौँ। ‘अतिथि देवो भव’ भन्ने संस्कार नै ठ्याक्कै उल्टो भएको छ। यही त होला कलि धपक्कै बली भनेको। सम्पूर्ण प्राणी जातिलाई आफ्नो वशमा राखेर आफ्नो फाइदा उठाउने मानव जाति आजको दुखद घडीमा सूक्ष्म भाइरसको चपेटामा पर्दा विश्व नै भयभीत छ। सपन्न शक्तिशाली राष्ट्रहरु लगायत ६० प्रतिशत राष्ट्रहरु लकडाउनमा छन्।

अहङ्कारले भरिएका हामी मानव जातिलाई फेरि एकपल्ट झक्झकाइदिएको छ महामारीले। संसारमा जति नै वैज्ञानिक कहलिएका भए तापनि प्रकृति र समयभन्दा माथि कोही छैन भन्ने उदाहरण प्रष्ट पारिदिएको छ अहिलेको समयले। जब महामारीले भयावह समय आउँछ तब सम्पूर्ण राज्यका नीति नियम कानुनलाई नै भयावह स्थितिले नियन्त्रित गर्दो रहेछ भन्ने अर्को उदाहरण हो यो।

अन्तर्राष्ट्रिय ६० प्रतिशत राष्ट्रको मानव समुदाय थुनिएर बसेको छ। सबै मानिस आफ्नै जेलभित्र आफैँ कैद भएका छन्। सायद यस्ता दिनको कसैले कल्पना पनि गरेको थिएन। करोना भाइरस कोभिड १९ सङ्क्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाए लकडाउन हो, लकडाउनको प्रभावले जनजीवन र अर्थतन्त्र अस्तव्यस्त छ। एकातिर कोरोना भाइरसको चपेटाले कैयौँ मानिसहरुले ज्यान गुमाइरहेका छन्। अर्कोतिर लकडाउनको प्रभावले खाद्यान्नको अभाव हुँदै छ। त्यसमा पनि दिनभरि काम गरेर साँझबिहानको छाक टार्ने निम्न वर्गीय मजदुरहरुलाई कोरोना भाइरसभन्दा पनि भोक भाइरसले ज्यान लिने चिन्ता छ। गरिबको घरमा चुलो बलेको छैन, पेटमा भोकको राँको बलेको छ।

यो भयावह समयले कता लैजाँदै छ रु भोक भाइरसले मर्ने कि रु कोरोना भाइरसले मर्ने र कुन भाइरस शक्तिशाली रु जनताको आर्थिक मनोविज्ञानको विषयमा लकडाउनको छैटौ दिनसम्म सरकार मौन छ। स्वास्थ्य क्षेत्रमा ज्यान जोखिममा राखेर काम गर्ने डाक्टर, नर्स अर्थात् स्वास्थ्यकर्मीहरुलाई सुरक्षित उपकरण उपलब्ध नभएकै कारण कोरोना भाइरस जस्तो भयानक सरुवा रोगका सङ्क्रमितहरुलाई स्वास्थ्यसेवा दिन सवास्थ्यकर्मीहरुको मुटुमा ढ्याङ्ग्रो बजेको छ। स्वास्थ्यकर्मीहरु नै स्ट्रेसको सामना गरिरहेका छन्।

अति महत्त्वपूर्ण स्वास्थ्यक्षेत्रको हालत त गम्भीर छ भने निम्न वर्गको गाँस बास कपासको जोहो गर्न सक्ला त सरकारले रु अन्तर्राष्ट्रिय स्तरमै अर्थतन्त्र धराशायी छ। हरेक दातृराष्ट्रहरु आआफ्नै समस्यामा रुमल्लिएका छन्, सहयोग र साथको अवस्था निष्क्रिय छ। विज्ञानले यति ठूलो उपलब्धी हासिल गरिरहँदा विकाससँगै विनाशको सन्त्रास आएकै हो त रु यो प्रश्नमा मानिसहरु निरुत्तर छन्। यो सकसपूर्ण अवस्था कहिलेसम्म रु त्यो समयले नै बताउनेछ। शक्तिशाली राष्ट्रहरुले घुँडा टेकेका छन्। कतिपय अहङ्कारले भरिएका मानिसलाई समयले परीक्षा लिँदै छ र कुनैलाई चेतावनी दिइरहेको छ। अहङ्कारले भरिएका हामी मानव जातिलाई फेरि एकपल्ट झक्झकाइदिएको छ महामारीले। संसारमा जति नै वैज्ञानिक कहलिएका भए तापनि प्रकृति र समयभन्दा माथि कोही छैन भन्ने उदाहरण प्रष्ट पारिदिएको छ अहिलेको समयले। जब महामारीले भयावह समय आउँछ तब सम्पूर्ण राज्यका नीति नियम कानुनलाई नै भयावह स्थितिले नियन्त्रित गर्दो रहेछ भन्ने अर्को उदाहरण हो यो। समाधान मानिसकै प्रयासमा कि दैवका हातमा भन्ने अवस्थामा नेपाली पुगिसकेको छ भन्दा अन्यथा नहोला।

कोभिड–१९ ले मानवता फर्काउला ?

जनकप्रसाद पाण्डे
३० डिसेम्वर २०१९ मा चीनको हुवेई प्रान्तको उहान सेन्ट्रल हस्पिटलमा मानव ईतिहांसको १०० वर्ष यताको खतरनाक मानव विरोधी भाईरसको संक्रमणमा परेका विरामीहरुको उपचार भईरहेको थियो। यसबारेमा दुनियाँ बेखबर थियो। ३० डिसेम्वरको एका विहानै उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर उनलियानले वीच्याट मार्फत आफना साथीसँग उक्त भाईरस सम्वन्धी कुराकानी शेयर गरेका थिए। वीच्याटमा गरिएको कुराकानी सार्वजनिक भयो। र, कोभिड १९ बारे विश्व जानकार त भयो। तर, गम्भिर भएन। हुवेइ प्रान्तको उहान शहरको नजिकै रहेको फिस मार्केटबाट जनावरको मासु खाएका ७ जना मानिसहरुमा रोग देखिएको र संक्रमितहरुको उपचार भईरहेको समाचार प्रकाशित हुँदा चीनमा सन्नाटा मच्चिईसकेको थियो। बाँकी विश्व गम्भिर बन्न सकेन मानौ त्यो समस्या चीनको मात्र थियो। यधपी, चीनमा संन्नाटा मचिदा पनि चीनले घटनालाई सामान्यीकरण गर्‍यो। जसको उदाहरण डाक्टर उनलियान लगायतको मेडिकल टीमलाई लिखित रुपमा चिनियाँ सरकारले स्पष्टिकरण लियो।

अहिले विश्व मानव समुदायले महाविपत्ति भोगिरहेको छ। यो विपत्तिले के मानव जगतलाई मानवताको पाठ पढाउला? के यस्ता घटनाहरुप्रति समयमै सजग रहने सतवुद्धि प्रदान गर्ला ? पूर्विय दर्शनका आफ्नै संस्कार र मान्यता बोकेको नेपाली समाजलाई पुनर्जागृत गराउला ?

अर्कोतीर, बाँकी विश्वले यो समस्यालाई सही ढंगले नजर अन्दाज गर्न सकेन। उल्टै विश्वमा अनेक प्रकारका हरकत गर्न थालियो। यूरोपमा चिनियाँ नागरिकलाई अंगालो मारेर सहानूभूति प्रकट गरिनु, चीनबाट बाहिरीने मानिसहरुलाई व्यस्थित क्वारेन्टाईनमा नराखिनु, खेलकूदमा प्रतिवन्ध नलगाईनु, हवाईजहाज र सामुन्द्रिक जहाजहरु समयमै बन्द नगरिनु, सामूहिक कार्यक्रममा रोक नलगाउनु मानव जगतका लागि अत्यन्त प्रतिकूल प्रमाणित भयो। मानिसहरु आ–आफना देशमा फिर्ता हुन थाले। जसको सम्वन्धित राज्यहरुले व्यवस्थित व्यवस्थापनमा ध्यान दिएको देखिएन। यो नै ठूलो त्रुटी देखिन्छ। जसको परिणाम विश्व मानव समाजले अनेकन प्रकारले भोग्दैछ। भाईरसबाट संक्रमित भएका अस्पतालका नर्सले आत्मदाह गरे, संक्रमित डाक्टरका जोडिहरुले पिपिई लगाउन अवज्ञा गर्दै संगै मर्ने सोच बनाए, जर्मनमा एक राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन, हिजोसम्म रंगिन मानव शहरहरु एक्काएक्क युद्धभूमि जस्तो देखिन थाले, अर्थतन्त्र धरासायी बन्यो। यस्ता अनेक चित्रहरु प्रविधिले लगातार हामी सामु पुर्याईरहेको छ। महाशक्ति घोषित भएका देशहरु पनि आफनो कमजोरीको महसुस गर्दै छन्। र, वुलेट ट्रेनको गतिमा फैलिरहेको भाईरसको सामाना गरिरहेका छन। आईएमएफले विश्वअर्थतन्त्र आर्थिक मन्दिमा प्रवेश गरिसकेको जनाएको छ। ईटली लगायतका देशले अनिश्चित कालीन लकडाउन घोषणा गरेका छन।

विश्व प्रताडित भईरहेको बेला नेपाल पनि अछुतो छैन। जे गल्ति विश्वले गर्यो। त्यो नेपालले पनि आत्मसाथ गरेको देखियो। भलै, संक्रमतिको संख्या न्यून रहेकोछ। यसको कारण संक्रमित अस्पतालमा आइृनपुग्नु, साधन स्रोतको अभावमा परीक्षण नहुनु धेरै हुनसक्छन। जो समयसँगै बाहिर आउने नै छन। सरकार महाविपत्तिको क्षणमा पनि भष्ट्राचारको आरोपबाट मुक्त छैन। किन ? के मानवता रित्तिएको हो त? हुनत, जब मावन महासंकटमा पर्छ अनि मानवताको अर्थ खोजिरहेको देखिन्छ। जव यूरोप अन्धकार यूगमा थियो। अन्धकारबाट बाहिर निस्कनका लागि मानवतावादको खोज गरेको देखिन्छ। धर्म गुरुहरुले नै भएपनि अन्धकार र निरासामा रहेको मानव हिस्सालाई उज्यालोको दियोतर्फ आकर्षण गरेका थिए। प्रथम र दोस्रो विश्व यूद्धमा घटेका घोर मानवता विरोधी हरकतले मानवतावाद माथि प्रश्न गरेको थियो। यूद्धपश्चात न्यूरम्वर्ग ट्रायल लगायतका ट्रीवुनलहरु गठित भएका थिए। जसमा के मानविय र के अमानविय ठूलो बहस भएको थियो।

अहिले विश्व मानव समुदायले महाविपत्ति भोगिरहेको छ। यो विपत्तिले के मानव जगतलाई मानवताको पाठ पढाउला? के यस्ता घटनाहरुप्रति समयमै सजग रहने सतवुद्धि प्रदान गर्ला ? पूर्विय दर्शनका आफ्नै संस्कार र मान्यता बोकेको नेपाली समाजलाई पुनर्जागृत गराउला ? विज्ञान र प्रविधिमा लिप्त रहेको समाजलाई मानव संस्कृति र संस्कारमा फर्काउला ? यि प्रश्नको उत्तर आजको दिनमा मान्छेले आफैभित्र खोज्नु पर्ने हुन्छ। आज मानव विज्ञान र प्रविधिमा यति धेरै व्यस्त देखिन्छ। उसले साथी घरपरिवार भन्दा बढी महत्व मावन निर्मित मेसिनहरुलाई दिईरहेको देखिन्छ। नेपाली समाजको आफ्नै संस्कार छ। जन्मिदा न्वारन हुन्छ, विवाहको संस्कार हुन्छ, मृत्युको मलामको संस्कार हुन्छ, दु:खी विरामि पर्दा त्यस्तै प्रकारको संस्कार छ। तर, मानिस सामाजिक दायित्व पनि प्रविधि मार्फत नै व्यत्त गरेको देखिन्छ। समुदायको कुनै छिमिकीको मृत्य हुँदा हार्दिक श्रद्धांन्जली, कुनै आफन्त अस्पताल भर्ना भएमा गेट वेल सुन, टेक केयर लेखिरेको छ। चाडपर्व, वर्थडे सेलिव्रेसन सवै सामाजिक संञ्जालवाट मनाईरहेको देखिन्छ। उसको सिमित स्वार्थ वाहेक भौतिक उपस्थिती देखाउन तयार छैन। फेरि पनि ऊ आफूले मानवताको कर्तव्य निभाएको ठानिरहेको छ। उसलाई आफ्नो भौतिक उपस्थितीको कुनै हेक्का नै छैन। समाज यहि गतिमा बढीरहेमा मृत्यु पश्चात लाशको सतगत गर्ने मानिस भेटीने छैन। अस्पतालमा विरामी कुर्ने कुरुवा भेटीने छैन। घरपरिवार, चाडपर्व र सामाजिक कार्यका लागि त मानिससँग समय नभएकै कारण संस्कार र संस्कृतिको लोभ हुदैछ। यो आजको कटु सत्य हो।

चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर ऊनलियानले कोभिड १९ को जानकारी विश्वमा संञ्चारित गरे। आफ्नो कर्तव्यको पालना गर्दागर्दै मृत्यवरण गरे। मानवताको धर्म सिंचित गरे। ईटलि, स्पेन र अमेरिकामा चिकित्सकहरु मृत्यसंग लडेरै उपचारमा खटिएका छन। के नेपाली चिकित्सकहरु सम्भावित अवस्थामा उदाहरणीय देखिनेछन ? महामारी जस्तो विषम परिस्थितमा अति आवश्यक मेडिकल ईक्यूपमेन्ट खरिदमा भ्रष्टाचार भएका समाचार आएका छन। त्यसभन्दा माथि मानवताको ईन्द्रणीसम्म पुग्न सक्ला ? हामी सवै नेपालीहरुले घोतलिनु आवश्यक छ। मरिरहेको मानवताले पूर्नजागरणको आशा राखेको छ। के मानव स्वंयमले मानवताको पूर्नजागृत गराउला ? कि ! कोभिड १९ ले मर्दै गएको मानवता फर्काउला ?

लेखक, अधिवत्ता हुन ।

कोरोनाको ‘काल महिमा’बाट सिक्नु पर्ने पाठ

रवि अधिकारी
हामीले दिन अघि मात्रै, झण्डै नौ हजार ज्यान सोत्तर पारेको (२०७२ सालको) भूकम्पको पांचौ वार्षिकी मनायौं। यो आपदाका हजारौ घाइते र लाखौं बेघरहरु बस्नलायक घर र ज्युनलायक जीवनमा फिर्नसक्ने बातावरण अझैपनि बन्न नसकेको अवस्थामै, टाउकामा झुण्डिएको नांगो तलवार जस्तो कोरोनाजन्य प्रलयले अब हाम्रामा कस्तो हाहाकार मच्चाउने हो, कल्पना समेत गर्न सक्ने अवस्था छैन।

कोरोनाको विश्वव्यापी पहुंच र हालसम्म उपचार नपाईनुले पनि यो नेपालको त्यो भूकम्पभन्दा प्रलयकारी रूप धारण गरेर मानव सभ्यताको विनास गरेर हिंडेकोछ। नेपालको त के कुरो, विश्वकै महाशक्ति मानिएको अमेरिकालाई पनि यसले हावाकावा खेलाएको छ।

मृतकहरुको संख्याको हिसाबले कोरोना विश्वका कुख्यात युद्धहरुको हाराहारिको नजिक त अझै पुगेको छैन तर यसको मानसिक असर भने ती नरसंहारहरु भन्दा कुनै हिसाबले कम छैन। सर्वत्र त्राहिमामको क्रन्दन सुनिन्छ। अमेरिकीहरुले कोरोनालाई पर्ल हार्वर (जापानद्वारा हवाई द्वीपमा भएको हमला) र ९/११ (अल कायदाले न्यू योर्कको विश्व व्यापर केन्द्रमा गरेको आतंकवादी प्रहार) भन्दा घातक भएको स्वीकारै गरिसके।

भनिन्छ, ईतिहासका त्रासदीहरुले भविष्य-निर्माणका लागि शिक्षा मात्र होइन सुध्रिने मौका पनि दिन्छ। आजको आधुनिक व्यवस्थापनको सिद्धान्तले पनि लगभग यस्तै कुरो गर्छ: ‘हरेक चुनौतीले नयाँ अवसरहरुको श्रीजना गर्छ।’

भो, सिद्धान्त र आदर्शका प्रवचनमा टाउको नदुखाई गाठी कुरोपट्टी लागौं: २०७२ सालको भूकम्पबाट हामीले के सिक्यौं त? अथवा, हामीले त्यो त्रासदीबाट शिक्षा लिंदै भविष्यका लागि कस्तो तयारी गर्यौं? चार वर्ष अघि भनिएको त्यो भविष्य वा भवितव्य, आजको कोरोना नै होइन त?

सायद, त्यो बेलाको जस्तै त्रिपाल, कम्बल, खाद्यान्न र अन्य राहत सामाग्रीहरुसंगै डलर पनि नेपाल भित्रिएको भए, आजको कोरोना विरुद्धको तयारी र चहलपहल अली बेग्लैखालको देखिन्थ्यो होला। हुनत मौका पर्दा, अन्तीम समयसम्म कामैनलाग्ने कोरोना टेस्टकिट, र प्रतिरक्षात्मक साधन, P.P.E. चीनबाट आयत गर्ने नाममा करोडौं रुपैयाँ ‘जो हाथ सो साथ’ त गरेकै हो भन्छन्।

पहाडतिर मेलापात हुँदा आलोपालो गरेर आयोजना गरिने संयुक्त खानपिन र तराइको समदर्का भोजको हाम्रो वर्षौं पूरानो संस्कार त भैगो बिर्सियौं रे! तर त्यै भूकम्पका बेला ईन्डियाका सिख समूदायले दैनिक १५ हजारभन्दा बढि भोकाहरुलाई कसरी लंगर ख्वाउन सके भनेर सिक्नसकेको भए मात्रै पनि आजको घर-घरमै नजरवन्द भएको जस्तो अवस्थामा, खानै नपाएर मरिन्छ कि भनेर चिन्ता गर्नु नपर्दो हो। यसो हुँदो हो त, हरेक विपदामा हाल्नेगरेको “खोलो तर्यो लौरो बिर्स्यो” उखान पनि यसपालाबाट फेरि कहिल्यै दोहोर्याउनु पर्दैनथ्यो।

आजको समयमा, दुबै, नेपालका सरकारी र गैरसरकारी व्यक्ती, संस्था, अभियान कोरोना संक्रमणको सम्भावनाले भन्दा अरुनै करणले अलि बढि निस्ताए जस्ता छन्। हरेक विपदाका नाममा दान दिने राष्ट्रहरु स्वयं कोरोनासंगको आ-आफ्नै संघर्षमा तल्लिन छन्। उनिहरुलाई आँफैसँग भएको श्रोत-साधन आफ्नै नागरिककालागि अपूग हुने अवस्था आइसकेको छ। संसारभरी महंगा, ज्यानमारा हातहतियार, गोली, तेल आदि बेचेर धनी, शक्तिशाली कहलिएकाहरु आज ईन्डियासँग औलो निको पार्ने गोली, हाइड्रोक्सीक्लोरोक्वीनको याचना गरिरहेका छन्।

फ्रान्स र जर्मनितिर निर्यात गर्न लागिएको अमेरिकाको 3M मास्क, राष्ट्रपती ट्रम्पले हामी आँफै कहां कमी छ, निर्यात गर्न पाइन्न भनेर रोक्दा, उनिमाथि डकैतिको आरोप समेत लागिसकेको छ। यस्तोमा, हाम्रा सिजनल नागरिक अभियन्ता र तिन्को झिल्के अभियान सुस्त हुनुको अर्थ बुझ्न आइनस्टाइन भैरहनु पर्दैन।

स्वत:स्फुर्त रूपमा, नुवाकोटबाट सप्तरीकालागी पैदलै कुच गर्दैगरेका ज्यालादारी मजदूरको जत्थाले सिन्धुलीतिरको बाटामा लाउनका लागि जुत्ता र खानका लागि बिस्कुट, चाउचाउ पाउनुले हाम्रो मनकारी चरित्र कुनाकप्चामै सहि, सास फेर्दै रहेछ भन्न त सकिन्छ। तर कोरोना स्तरको महामारीका बेला पनि करूणा, सद्भाव, सहयोग, संरक्षण, सुरक्षा जस्ता मानव समाजका नैसर्गिक तत्वहरु आन्दोलनको आकारमा प्रकट नहुनुले हामी मानव हुनुको अस्तित्वमै प्रश्न खडा गरेको छ।

ईन्डियाका आज तक र ए.बि.पीका गन्जागोल स्टाइलका रिपोर्टमा समेत हाइलाइट भएका “आशा” स्वयंसेवीहरु चप्पाचप्पा चहारेर प्रहरी, स्वास्थ्यकर्मीहरुसँग हातेमालो गर्दै — कतिपय ठाउँमा ज्यानै जोखिममा पारेर — कोरोना संक्रमितको पहिचान र परीक्षण गर्न र सामजमा राहत पुर्याउन निस्वार्थ अहोरात्र, अथक खटिएका छन्। त्यो मोडेलको गैरसरकारी आन्दोलन हाम्राहरुका लागी अनुत्पादक रहेछ भन्ने तथ्य यसपाला फेरि प्रमाणित भएको छ।

हाम्रामा, देशको प्रमुख भनिएको टेलिभिजन च्यानलमा रमिताको बातावरण छ। नेपालीमा एकाबिहानै Lockdown वा बन्दाबन्दीका कारणले भुस्याहा कुकुर, बांदरको चिन्ता गरेर रमाइला गफमा लामै समय खर्चिउन्जेल ‘अहिले खाए भरे के खाउँ’ समूहका नेपालका निरिह मानव जातिको कुरो, त्यै सम्वादमा नजोडीनुको पछुतो पट्यारलाग्दा गफाडीहरूलाई कहाँ छ र?

ग्राहक नपाएको नाममा, दूध उत्पादकहरुले बाटामाबाटामा दूधको खोलो बगाएको अनि पोल्ट्री फारामका मालिकहरुले ज्युंदै कुखुरा र तीनका अण्डा खाल्डामा गाडेको समाचारलाई मानवीय स्वरूप दिएर आमाले सानाछंदा सिकाए झैं, ‘खानेकुरा फाल्नु अघि खान नपाएकाहरुलाई सम्झिनु’ जस्तो एकलाइनकै समीर-सरिता प्रवाह गरेको भए के नै बिग्रन्थ्यो र? बरु, कुकुर र बांदरसँगै दर्शकको मानवियताको आँखोले आफूजस्तै हाड, छालाले बनेको मान्छे त देख्न पाउँथ्यो।

पत्रकार नारायण अमृत, गरीबलाई दिइने दानका बारे प्रयोगात्मक शैलीमा व्याख्या गर्छन्: “मेरो कोठा छेउमा सुकुम्बासी वस्ती छ। हरेक दिन एकाध बोरा सामान बोकेर सेल्फी समाजसेवी आउँछन्। तर खास सुकुम्बासीले रमिता मात्र हेर्छ। यो ताजुब र विडम्बनापूर्ण तस्बिर यो देशको सत्तालाई थाहा छैन। किनकि सत्ता सुतेको छ।”

फाल्न लागिएको २० लिटर दूधमा, अहिलेको सुन जस्तो अमूल्य २ किलो मात्रै चामल हालेर पकाउँदा कमसेकम २५-३० जनालाई खिरको भोज हुन्थ्यो। कुखुराको मासु, अण्डामा सहज उपलव्ध हरियो-परियो, गेडागुडी, आलुमा शुद्ध नून, पानी र बेसार हालेर बनाएको सुप पानी बोक्ने ट्यांकरमा बस्ती-बस्ती लग्न सकेको भए गरीबको कोरोना प्रतिरोधक शक्ति त बढ्ने थियो।

यसो हुन नसक्नुको २ प्रमुख कारण छन्: आफूलाई सहयोगी कहलाउन रुचाउने व्यक्ती/सरकारी कर्मचारी वा आवद्ध सरकारी वा गैरसरकारी संस्थाका निमित्त यो काममा हैरानी बाहेक फुट्टी फाईदा छैन। अर्को, खाद्य सामग्री सहयोगमा दान गर्नुसाटो फाल्नेहरुको मानसिकता, ‘सित्तैमा खान दियोभने मान्छेको बानी बिग्रन्छ र ववण्डर थामिएपछि त्यै माल मनपरी भाउमा बेच्न गाह्रो हुन्छ।’ तर जिम्मेवार सरकारले यस्तैबेलामा हो गर्न नचाहनेलाई पनि गर्न लगाउने।

अहिले प्रत्येक व्यक्तिले आफूलाई युद्धका बेलाको जस्तो मानवीयकरण गर्नु जरुरी भएको छ — आफू बाच्ने मात्र होइन, कम्तिमा आफू वरीपरिकालाई पनि बचाउने। त्यै टेलिभिजन च्यानलमा सानी नानीले हंसिलो अनुहार पारेर देखाएको प्लेकार्ड जस्तो: “मेरो कुकुर मेरो, तपाईंको कुकुर तपाईंको, र बाटाको कुकुर हामी सबैको।” अहिलेलाई, बाटाको कुकुरको दर्जामै सहि, हामी सबैले दीन, दु:खी, असहाय, भोका, नांगा, बेघर, रोगी आदिलाई उदार मनले सहयोग गरौं। आ-आफ्नो मानवतालाई नूतन छविमा उठाऔं।

बन्दाबन्दी खुलेको भोलिपल्ट के?
{Lockdown, social distance, isolation} अर्थात् बन्दाबन्दी, सामाजिक दूरी र एकान्तवास कोरोनाको महामारिबाट जोगिने सुरक्षात्मक तरीकाहरु हुनसक्छन् तर यसबाट बाच्ने एकमात्र उपायका रूपमा सरकार जसरी व्याख्या गर्दैछ, त्यो नै सबभन्दा घातक पक्ष हो, यो लडाईंको। हैनभने, मान्छेहरुको ब्रिहत्तर स्तरमा परीक्षण नहुँदै र परीक्षण भएको भनिएकाहरुको विश्वसनिय परीणाम नआउँदै राष्ट्रपतिले उनकै पर्टीको सरकारले बोलेको बोलीमा लाहाछाप लगाउनुले सत्तामा बस्नेहरुको ‘मेरो गोरुको बाह्रैटक्का’को संस्कार फेरिएकै छैन भन्दिदा पनि फरक पर्दैन।

जस्तो प्रधनामन्त्री ओलिले आफ्नो सबैभन्दा ताजा टेलिभिजन सम्वोधनमा भने, हामी यसरी कामधाम बन्द गरेर यति लामो घर बसेको सायद पहिलोपल्ट नै हुनुपर्छ। हो, जनता खान नपाएपनि शान्त छन्। उनिहरुलाई अरिंगालको डरले पनि तर्साउनु परेको छैन। तर प्रधनामन्त्री महोदय, यो भूसको आगोको अवस्थामा कहिलेसम्म रहने? हुरी-बतास चलेर गाउँ सखाप पार्नु अगावै पानी हालेर आगो सामसुम पार्नु पर्दैन र?

घर बस्दैमा, न नागरिकको दैनिकीको समस्या समाधान हुन्छ नत राष्ट्रको नागरिकप्रतिको उत्तरदायित्व नै पूरा हुन्छ। गतीशील, अग्रगामी नभएको राष्ट्र मसानघाट जस्तो हुन्छ। हो, अहिले देशमा मसानघाटमा जस्तो अप्रीय शान्ति छ। जनताको सेवा गर्ने सरकार त यो देशमा कहिले थियो र अहिले छ भन्नु। एकथरीलाई अल्पमतको भय थियो भने, यसबेला अर्काथरिलाई बहुमतको दम्भ छ।

अनि अर्को कुरो, संकटको यो बेलामा तपाईंका ‘वर्थलेस सेन्स अफ ह्युमर’ र आलोचकहरु प्रति घटिया घोचपेच प्रत्युत्पादक मात्रै हुनेछ। भरत जंगम भन्छन्: “प्रम ओलीको सम्वोधनले केही तात्विक सन्देश दिन नसक्नु स्वाभाविक हो। किनभने उनी भारतका मोदी बन्न त खोजेका हुन् तर सधैंको ठट्टाले आज लट्टा पार्यो!”

‘दुइतीहाइको सरकारमा जंगम भन्ने प्राणी को हो र,’ भन्दै तपाईं र तपाईंका अरिंगालहरु जाई लाग्नु सट्टा बरु शान्त मनले सोच्नुस्, के तपाईंले ईतिहासकै क्रुर भनिएको जंग बहादुरले यस्तो संकटका बेला दिएको उर्दीसमेत व्यवहारमा अक्षरश पालना गर्न सक्नुभएको छ कि छैन: “राष्ट्रिय संकटको घडीमा कसैले कालाबजारी गरेको थाहा भएमा मलाई भन्नुपर्दैन, पाँचजना साक्षी राखेर काटीदिए हुन्छ।”

सक्नुहुन्छ केही गरेर देखाउनुस्, हैन भने कृपया हाइड्रोजन भरिएको बलुन जस्तो नउड्नुस्। हावा खुस्कने बित्तिकै सिमलको रुखमा झुण्डिएर अड्किनेहरुको ठूलै जत्था छ, हाम्रै नेपालमा।

कोरोनाका कारण, बन्दाबन्दीको यो बेलामा, खान नपाए पनि मान्छेहरु चुप्प लाग्नुको प्रमुख कारण सरकारको समर्थन र सफलता हो भन्ने अर्थ लगाइनु अर्को महाभूल हुनेछ। परिस्थितीले, मान्छेहरुका सामू भोक र मृत्यु मध्ये एउटाको मात्र विकल्प छाडेको छ। मृत्युभयले मान्छे आपसेआप बन्दी भएको मात्रै हो। दुश्मनको ईलाकामा लडाकू बिमानबाट खसालिएको एक्लो घाइते सैनिक जस्तो। ज्यान त छ। तर कहाँ, कस्ले, कुन बेला मार्छ थाहा नभए जस्तो!

यो सुनसान अवधिको फाईदा उठाएर सडक पोतपात गर्नु नीश्चय पनि स्वागतयोग्य कुरो हो। पोतपातसंगै, कुशल ट्राफिक व्यवस्था, प्रदूषक थोत्रा साधनहरुको वहिर्गमन, सरसफाइ, सर्वजनिक यातायातको ज्यानमारा भिडभाड आदि पनि ठेगानमा आउनसके सुनमा सुगन्ध हुन्थ्यो। तर नागरिकले अहिलेको बन्दी जीवनबाट बाहिर निस्किए पछि रंगिचंगी सडक वा छर्लङ खुलेको आकाश हेर्न खोजेकै होइन। मृत्युको भयबाट स्वतन्त्र हुँदै सामान्य जीवन बाँच्न चाहेको हो।

अहिले सबैको नभए पनि कमसेकम ठूला शहरमा बस्ने अधिकांस मान्छेको थूक, र्याल, सिगान, रगत जे भएपनि जांचेर संक्रमित र शुद्ध मान्छे छुट्याउने काम गरियो भने मात्रै यो बन्दाबन्दी अनुशासनको अभिष्ठ पूरा हुनेछ। यस्तो जांच गर्न — दक्षीण कोरियामा निकै पहिले नै देखिसकिएको — टोलटोलमा टेलिफोनको बूथ जस्तो सुरक्षित परीक्षण स्थल बनाउने कामको जिम्मा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिन किन र कसरी ढीलो भयो त्यो पनि नसोधी रहन सकिदैन।

“मेरो पालो त ४८ वर्षपछि तपार्ईको पालो नि?”, प्रवेश ढकाल सोध्छन्। गणीत, कानून र अडिटिङ तीनैथोक जानेका ढकालको गणीतिय तर्कमा दम छ है: “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हालसम्म जम्मा १,५२१ जनाको मात्र कोरोना परीक्षण गरिएको छ। २०६८ को जनगणना हेर्दा नेपालको जनसंख्या २,६४,९४,५०४ (हालसम्मको वृद्धि बाहेक) छ। अहिलेसम्म गरेको परीक्षणलाई दैनिक परीक्षण क्षमता मान्ने हो भने पनि मेरो कोरोना परीक्षणको पालो ४८ (२६४९४५०४ ÷ १५२१ = १७४१९ दिन ÷ ३६५ = ४७.७२) वर्षमा आउने रहेछ। मेरो उमेर ६० छ, सोर्सफोर्स नलगाएर पालो कुर्दा म १०८ वर्षको पुग्ने रहेछु। अब मैले परीक्षण पर्खेर बस्ने कि ‘एकबारको जूनिमा’ गाएर मोजमस्ती गर्ने..?”

मुखियाहरुको फरक बोल
ईन्डियामा कोरोनाको माम्लोमा देखिएको वृहत राजनीतिक एकवद्धतालाई राष्ट्रिय सहमति मानिएको छ भने हामिकहाँको राजनीतिक सहमतिलाई ‘तै चुप् मै चुप्’का रूपमा हेरिनु अचम्म लाग्ने कुरोनै होइन। बोलेकै नबुझिने, बोल्नै नजान्ने र फाईदा अनुसार बोल्नेहरुको कुरो यहाँ भएकै होइन। ती कुरो गर्न लायकनै छैनन्।

यहां त “बोलिस भने तेरो पनि कच्चा चिट्ठा खोल्दिन्छु”को घ्रीणीत खेलबाट सत्तावृत्तमै हुनेहरु नै नजोगिने अवस्थामा छन् भने विपक्षीहरुको झन के हिम्मत। आखिर, दूधले नुहाएका त को नै छन् र?

अहिले कोरोनाको व्यापक संक्रमण र बढ्दो मृत्युको परीप्रेक्षमा हेर्दा अमेरिकाको अवस्था दु:खदायीभन्दा पनि माथिल्लो दर्जाको देखिन्छ। यसो हुनुमा, पूंजिवादी अर्थव्यवस्थासँग निजी लाभको नाताले जोडीएका नेता, व्यापारी, बिचौलिया र कर्मचारीहरुको चलखेलको भूमिका त छ नै, संघ (राष्ट्रपती) र राज्य (गवर्नर)को आ-आफ्नो कानून र अधिकारको खिचातानिमा सर्वसाधारणको हीतसमेत घुनसरी पिसिएको छ।

प्रजातन्त्रको २३० वर्षभन्दा पुरानो ईतिहास रहेको अमेरिकामा, संघ र राज्यहरुको अधिकार क्षेत्रको कुरोमा घचपच भैरहन्छ। किनभने प्रजातन्त्रमा, देश र जनताको सर्वांगिण हीतका लागि, आलोचना, बिचार-बिमर्श र समयानुकूल परिवर्तनको बाटो बन्द गरेर शासन गरिदैन। यो संकट टरेपछि, अमेरिकाले स्वास्थ्य, शिक्षा, आवास जस्ता क्षेत्रहरुमा नयाँ सोचका साथ जनहितकारी नियमहरु नबनाई धरै छैन।

तर अहिले लथालिंग भएको जस्तो स्थिती मात्रै देखेर, नेपालकाहरुले ‘अमेरिकाको के कुरो गर्नु, त्यहां त हामीभन्दा खत्तम रहेछ’ शैलीको वक्तव्यवाजी गरेर नाक घोक्र्याउनुलाई बौलाहाले सिंहदरवार अघिल्तिर बसेर ‘बुझिस्, यो घर मेरो हो’ भनेर कुर्लनुसँग मित लगाउन सकिन्छ। ‘अमेरिकामा त भेन्टिलेटर रै’नछ’ गरेर फिस्स हाँस्ने अर्काथरी अरिङ्गालहरु नेपालमा एकलाख चौध हजार मान्छेका लागि जम्मा एउटा भेन्टिलेटर छ सुनेर पनि नआत्तिनु विक्षिप्त मनसिकताको पराकाष्ठा बहेक अरु केही होइन।

अमेरिकामा जस्तो, संघ र राज्यहरुको अधिकारका कुरालाई लिएर, कोरोनाको संक्रमण रोक्न, राज्यैपिच्छे कसैले बन्दाबन्दी गर्ने, कसैले नगर्ने निर्णयको दोधार नेपालमा त छैन नि! सात मध्ये एउटा प्रदेशमा मात्रै ‘अरुको’ सरकार रहेको र ती सबैले माओको रातो डायरीबाट निस्केको डिक्टाट सरह केन्द्रको दुइतीहाईको शासनका निर्देशन पालना गर्नैपर्ने अवस्थामा पनि प्रदेश, प्रदेशका मुखियाहरुको भिन्न भिन्न अलाप सुनिदैछ।

सकारात्मक आँखाले हेर्ने हो भने यो ठीक पनि हो किनभने सबैतिरको अवस्था एकैखालको हुँदैन। तर डिक्टाट फलो गर्ने नाममा, महामारीका बेलामा समेत विवेकशून्य भएर बोल्नु वा आँखा बन्द गरेर खल्डामा जाकिने कदम चाल्नुले महामारीको आगोमा मट्टितेल मात्रै खन्याउँछ।

एकातिर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिनेछैन भन्ने आधार तय भइसकेको ठोकुवा गर्दै, भन्छन्: “कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौँमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो।”

“तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ,” पौडेलले आँखा बन्द गरेर डिक्टाट फलो गरेका हुन् भन्नलाई यहाँं दिमाग खर्चिनु मुर्ख्याई मात्र हुन्छ।

अर्कातिर, सुदूर पश्चिम प्रदेश, जहाँं ईन्डियाबाट आफ्नो घर फर्किएर ‘मर्नुपरे पनि नेपालमा आफ्नो परिवारसंगै मर्छौं’ भन्दै ज्यानकै बाजी लगाएर महकलीको भेलमा भकाभक फाल हान्दैगरेका ध्याडी-मजदूरहरुको व्यथामा देशै रोइरहेको अवस्था छ। धनगढीमा, प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको संकटलाई महामारिकै दर्जामा हेरेर चिन्ता व्यक्त गर्दैछन् — कमसेकम वक्तव्यहरुमा।

ईन्डियाका ठूला र साना शहरहरुबाट कयौंदिन सहश्र परिस्थिती र मान्छेहरुको संसर्गमा रहदै-बस्दै, सलह सरी ओइरिएका यी भाग्यले ठगेको नेपालीहरु मध्ये केहीबाट नेपालभित्रै संक्रमण शुरु भैसकेको तथ्य सामुन्ने आएको छ। यी मान्छेहरु, दिल्लीको निजामुद्दिन मरकजबाट निस्केर ईन्डियाभरी सुपर क्यारियरको अवतारमा जसरी फैलिए, त्यसरी नफैलिउन् भन्न तुरुन्तै प्रभावकारी कदम चाल्न ढिलो नै भैसक्यो।

फेरी एकचोटि अन्त्यतिर, ‘कोरोना संक्रमणको भयले बन्दाबन्दीको अवस्थामा, सामाजिक दूरी कायम गरेर किन बस्नुपरेको होला’ भन्ने यक्षप्रश्नको सामान्य भाषामा बुझ्न सकिने वैज्ञानीक उत्तर राम्रोसँग बुझौं: “एउटा संक्रमित मान्छे घरमै बन्द रहेर, सामाजिक दूरी कायम गर्दै बस्यो भने उसले एक महिनाको अवधिमा तीनजना भन्दा कमलाई कोरोना सार्ने सम्भावना हुन्छ। धेरै भए ऊ र उसको परिवार! तर त्यै संक्रमित व्यक्ति खुलेआम हिडडूल गरिरह्यो भने त्यै एक महीनाको समयमा उसले झन्डै ५ सय मान्छेलाई यो घातक रोग सार्न सक्छ।“

अर्थात, एउटाको मूर्ख्याइंले पूरै समाज ध्वस्त! कृपया, ‘एउटाले बिरायो शाखा पिरायो’को त्यो एउटा घृणित पात्र बन्नबाट हामी सबै जोगिउँ।

मुलुकभरीमै सवैभन्दा बढि कोरोनाको संक्रमण सुदूर पश्चिममै देखिनुको कारणलाई माथिको सन्दर्भसँग हुबहु मिलाएर हेर्न सकिन्छ। यसैले होला, डोरमणिको उपबुज्रुक्याइंलाई धोती लगाउंदै त्रिलोचनले सवैलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्र बस्न आग्रह गरेका छन्।

“बाहिरी मुलुकबाट आउने दाजुभाई तथा दिदीवहिनीलाई आफन्त, नातेदारहरुको स्वास्थ्यको ख्याल राखी २१ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न र त्यस्ता व्यक्तीको सम्पर्कमा आएकाले स्वास्थ्य संस्थामा आई जाँच गराउन अपिल गर्दछु।“

ईन्डियाबाट — खासगरी मरकजको तब्लिगी भेलाबाट फर्किएका जमातीहरु — सिराहा, सप्तरी, मोरङ, सुनसरी, बाँके वा अरु कतै लुकेका छन् भने तिन्ले स्वस्थ्य मान्छेहरुलाई गर्नसक्ने हानी-नोक्सानीको जिम्मेवारीबाट न त्यो समूदाय जोगिन सक्छ नत स्थानीय, र दुइतीहाइको केन्द्र सरकार नै। महमारीको काल हाम्रामाथि मडारिएको यो बेलामा हामी सबैले बुझ्नुपर्ने के हो भने, काल धर्म, जात, लिंग, वर्ण, आर्थिक अवस्था जस्त्ता कुराको भौतिक सीमा रेखाले रोकिदैन।

कविशिरोमणी त कोरोना नदेखिकनै परलोक गए तर उनका दिव्य चक्षुले कोरोनाभित्रको काललाई भलिभांती पहिचान गरेको थियो र त उनले कालको महिमा उहिल्यै जसरी कविताहरुमा गाए, त्यो आज स्पेन, इटली, चीन, अमेरिका, ब्राजिलदेखी नेपालसम्म एकसमान चरितार्थ हुँदोछ:

“राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो।

आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो॥

लाखौँ औषाधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो।

व्याधातुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो॥”

सन्तोषराज सुवेदी
मानव सभ्यताको विकाससँगै विश्वमा धेरै उथलपुथलहरु भइरहेका छन। विभिन्न कालखण्डमा मानव निर्मित वा प्राकृति विपत्तिकाे सामना विश्वले गरिरहेको छ। विश्वयुद्धदेखि ठूल्ठुला महाब्याधिहरुको सामना मानव जातिले गरे। विभिन्न विपत्तिको सामना मानव जातिले अझैं गरिरहेका छन्। गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (काेभिड-१९)महामारीको रुपमा विश्वभर फैलिएको छ।

जनमानसमा गम्भिर आतंक र त्रास फैलाएको छ। अत्यन्तै सूक्ष्म जीवाणुको प्रभाव विश्वभर यो हदसम्म फैलन्छ भन्ने आँकलन सायदै कसैले गरेका थिए हाेलान्। २ सय भन्दा बढी मुलुक कोरोनासँगको युद्ध लडिरहेका छन्। यो सामग्री तयार पार्दासम्म करिब साढे दुई लाख मान्छेले ज्यान गुमाइसकेका छ्न र लाखौ मानिसहरु संक्रमित छन। मानिस र जीवाणु बिचको युद्धका अत्यन्तै करुण दृश्यहरु आँखै अगाडि देिखएका छन्। विश्व त्रस्त छ र यसको समुल अहिलेको प्रमुख चुनौती बनेको छ।

कोरोना कहर अझै बढ्छ वा यत्तिमै सकिन्छ,अनुमान लगाउन सहज छैन। सायद यो बढ्यो भने जात, वर्ग र धर्मका सबै पुर्वाग्रहसहित यसको सामना हुने निश्चित छ।

के हाम्रो यस्तै जिद्दी स्वभावले प्रकृतिलाई परास्त गर्न सक्छ त?
राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापार व्यवसायको माध्यम वा मार्ग हुँदै उक्त जीवाणु विश्वभर फैलियाे। अझैं फैलदाे क्ममै छ। नेपालमा पनि करिब पाँच दर्जन मानिसमा यसको संक्रमण देखिएको छ। एउटा सुखद कुरा नेपालमा हालसम्म भाइरसको संक्रमणका कारण कसैले ज्यान गुमाएको पुष्टि भएको छैन।

लाग्छ, संसारभर यो अदृश्य जीवाणु मानिसकै सहारामा फैलियाे। हाम्रो सम्बन्धमाथि नै दुरी कायम राख्नमा यो अग्रसर रह्यो। हुन त आँखाले नदेखिने अत्यन्तै सूक्ष्म जीवाणुले पनि संसारलाई धक्का दिनसक्छ, तहल्का मच्चाउछ भन्ने सन्देश कुनै नौलो रहेन।

विश्वमा महामारीकै विवरणलाई हेर्ने हो भने पनि सन २००३ मा चीनमै फैलिएको सार्स, पश्चिम अफ्रिकामा फैलिएको इबोलाका कारण हजारौ मानिसले ज्यान गुमाएका थिए। मानिसको शरीरमा सर्ने यस्ता विभिन्न प्रकारका जीवाणुहरुले बर्सेनी संसारभर बीसौ लाख मानिसहरुको ज्यान लिइरहेकै छ। यस्तो रोग सार्ने बिषालु कीटाणुको प्राकृतिक होस्ट के हुन सक्छ त?

विगत ५० वर्ष यता पृथ्वीमा देखिएका करिब/करिब ३ सय बढी रोगजन्य किटाणुको असर मध्ये करिब दुइतिहाइ जंगली जनावर हुन्। इबोला, जिका, सार्स, मेसे र अहिले फैलिएको कोरोना भाइरस जस्ता महाब्याधिको असर वा त्यस्ता संक्रमण ल्याउने भाइरसको प्राकृतिक होस्ट जंगली जनावर नै हुन। कोरोना पनि जनावरबाटै मानिसमा सरेको प्रारम्भिक रिपोर्ट छ। तर अझैं अध्ययनकै क्रममा भएकोले थप तथ्य विस्तारै बाहिर आउँला।

एक अध्ययनले बताएअनुसार चीनमा मात्र दुम्सी, चमेरा, सालक, बँदेल जस्तै ५० भन्दा बढी जङ्गली जनावरहरु घरमा पाल्ने गरिन्छ। वन्यजन्तु व्यापारको केन्द्र मानिने चीनले यस्ता सयौं/हजारौं फर्म खोलेरै बार्षिक करिब ६५/७० विलियन डलरको हाराहारीमा व्यापारको प्रबद्र्धन गरिरहेकाे छ।

अफ्रिकाको घनाजंगल होस वा चीनको मासु पसल अनि न्यूयोर्कको प्रयोगशाला अनुसन्धान र व्यापारको माध्यममार्फत मानवसमुदाय जंगली जनावरको चिनाजानीमा छन। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मानिसहरु जङ्गली जनावारको सामिप्यतामा रहनुले पनि वन्यजन्तुजन्य रोगको नजिक मानव समुदाय रहेको यथार्थता प्रकट हुन्छ।

माथी उठाइएका विषयवस्तु प्राथमिकताको आधारमा के प्रकृतिको वास्तविक वस्तुस्थितिमाथि मानवीय स्वार्थहरु हावी भएका हुन ? यो प्रश्नको सापेक्षतामा रहेर विश्लेषण गर्दा प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफूअनुकुल बनाउने स्वार्थमा तल्लिन हुँदा आफै नाश हुने संघारमा पुगेको छ।

प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफू अनुकुल बनाउने स्वार्थमा तल्लिन मानव समुदाय आफै विनासको संघारमा पुगेको छ।

यो प्रकोपका कारण पनि प्रदुषणको स्तरमा अकस्मात गिरावट आएको समचारहरु बाहिरिएका छ्न्। युरोपियन एजेन्सी र नासाको स्याटेलाइट चित्रले वातावरणमा हानिकारक हरितगृह ग्यास उत्सर्जनमा गिरावट आएको, ग्रह तताउने ग्यास र कार्वनडाइअक्साइड उत्सर्जनमा कमि आएको सार्वजनिक गरेको छ।

स्याटेलाइट अवलोकनले इटाली र चीनमा कडा लकडाउनका कारण नाइट्रोजन डाईअक्साइड उत्सर्जनमा कमि आएको जानाकारीहरु दिएका छ्न। पर्यावरणमाथि मानिसको थोरै कम प्रयोगले पनि यो कति स्वच्छ र मानवहित अनुकुल हुनसक्छ भन्ने सन्देश अन्वेषकका अध्ययनहरुले हामीलाई गिज्जाइरहेका छन्। के हाम्रो यस्तै जिद्दी स्वार्थले प्रकृतिलाई परास्त गर्न सक्छ त? तर वास्तविकता प्रकृतिलाई मानिसले पराजित गर्नै सक्दैन र प्राकृतिक वस्तुस्थितिको ह्राशबाट मानवसृष्टि अछुतो रहनै सक्दैन।

प्रकृतिको ज्यादा प्रयोग र उसको अवस्थालाई दिनानुदिन बिगार्दै मानवीय स्वार्थ अनुकुलका संरचनाहरु बनाउने, भत्काउने जस्ता बिकृत कार्यहरुले वातावरण स्वच्छतामा ह्रास आएको बिल्कुल सत्य हो। पर्यावरणीय स्वच्छता र प्राकृतिक बस्तुस्थितिको संरक्षणमा अब पनि मानवसमुदाय तल्लिन नहुने हो भने यो स्वयं मानव समुदायको निमित्त घातक बन्न सक्छ।

यो बृहत् पृथ्वी मानवजातिको निमित्त मात्र होइन, र यहाँ मानवसमुदाय आफुअनुकुल रहन पनि सक्दैन। रुख, जनावर, पशुपंंक्षीहरु लगायत सबै प्राणीहरुलाई पनि मानिस जस्तै र जत्तिकै बाच्ने र बस्ने अधिकार छ। पृथ्वीमा रहेका हरेक चिजबिज भनौ वा सजिव र निर्जिव बस्तु उनिहरुको आफ्नै अस्तित्व छ, मानवसमुदाय आफू शासक बनेर तिनिहरुलाई आफू अनुकूल प्रयोग गर्न खोज्नु प्राकृतिक सिद्दान्तको मर्म बिपरित छ।

प्रकृति र मानिसको अन्योन्याश्रित र पारस्पारिकतालाई आत्मसात गर्ने प्रयुक्त कथनहरु त पर्याप्त नै छ्न। तर समयको विभिन्न कालखण्डमा आईपर्ने यस्ता बिपतलाई कसरी सामना गर्ने भन्ने प्रचुर कल्पनाशीलता र गहिरो अध्ययनको पनि उस्तै आवस्यकता छ। यो महाब्याधिलाई लगभग अन्त्य गरिसकेको चीनको व्यबस्थापकीय क्षमताबाट विश्वले नै सिक्नुपर्ने थुप्रै बिषयहरु छ्न। जीवाणु र मानिसबीच तेस्रो बिश्वयुद्द्को रुपमा हेरिएको कोरोना भाइरस बिरुद्धको लडाइमा अमेरिकाको गति अन्त्यतै न्यून छ।

अमेरिकाका आणविक भट्टीहरुमा बम, बंंकर, आणविक बम र युद्धविमानहरुको जसरी प्रचुर मात्रामा उत्पादन र त्यसको प्रयोग हुन्छ र गरिन्छ। त्यसरीनै कोरोनाबिरुद्धको लडाइँमा स्वास्थ सामाग्री उपलब्धतामा अभाव देखिएको छ। के अग्रभागका सिपाहीहरुलाई अहिले मास्क र पन्जाको जस्तै युद्धमा यसैगरि आणविक बम र पनडुब्बीहरुको अभाव हुन्थ्यो होला त ?

अमेरिकी अस्पतालमा थोरै तलबमा धेरै समय खट्ने डक्टरले आफ्नो ज्यानको बाजी थाप्दै फोहोर उठाउन फालिएको प्लास्टिक र रेनकोट प्रयोग गरेर बिरामी जाचिरहेको समाचारले हामीहरु स्तब्ध हुन्छौ। कोरोनाको उपचार गर्ने वा मृत्युको जिम्मा लगाइदिने द्विविधामा रहेको यथार्थताका आधारमा अमेरिकाको संकटमोचन प्रती हामीहरु विह्वल हुन्छौ।

नेपालको सन्दर्भमा भन्नुपर्दा विश्वका धेरै देशले गरेको आवागमन बन्दले हामीलाई कोरोना रोकथाममा अलिकती सहयोग मिलेको छ। तर वर्तमान अबस्थालाई यसरी आँकलन गर्न मिल्दैन। खुला सिमानाको कारण नेपालको अबस्था भारतमा के हुँदै छ? भन्नेमा पनि निर्भर रहन्छ। नेपाल दोश्रो चरणमै रहेकाले ‘फिजिकल डिस्टान्सिङ’ को मान्यता त अपरिहार्य छ नै यसको अलवा ‘टेस्टिङ र आइसोलेसन’को क्षमता तत्कालका लागि बढाउनुपर्ने आवश्यकता पनि जरुरी छ। ‘स्वास्थ्य नै धन हो’ हो भन्ने सन्देश आमरुपमा प्रचार गरी गलत सन्देश र अपवाहलाई नियन्त्रण गर्न प्रभावकारी सचेतनाको महत्व पनि उत्तिकै छ।

कोभिड १९ को कहर मात्र होइन कुनै पनि संकटलाई पार लगाउन विश्वभरका सम्पूर्ण राष्ट्रहरुले तत्कालीन र दीर्घकालीन योजनाहरुको खोजी गर्नुपर्छ। संकटले सिकाएको पाठलाई ग्रहण गर्दै आइपर्ने बिपत्तीलाई सामना गर्न ठोस पहलकद्मी गर्नैपर्छ।

प्रख्यात समाजशास्त्री जेरी डायमण्ड्ले गन्स, जम्स एन्ड स्टील नामक किताबमा इतिहासका विभिन्न कालखण्डमा कुनै सभ्यता फस्टाउनु वा कुनै सभ्यता नस्ट हुनुको एउटा कारण भाइरस र भाइरस जस्ता कीटाणुको फैलावट र यसले समाजबिशेषलाई पार्ने असर पनि हुन्छ भनी उल्लेख गरेका छन्।

तसर्थ हाम्रा सबैखाले कुण्ठा, लोभ, लालच र मृतबिचारसहित प्रदुषित बाताबरणको लास बोकेर अब पनि एस्तै महाप्रकोपबाट घस्रने अथवा नया सोच, चिन्तन र व्यवहारको मस्तिष्क लिएर सुखद भबिष्यको सपना देख्दै खुला भएर हिड्ने , बाटो हामी आफै रोज्न सक्छौ।

भाइरसपछि भोकमरी

डा. हीराकाजी मानन्धर
कोरोनाभाइरस निर्मूल हुँदैन,यसको उन्मूलन सम्भव छैन । यसविरुद्ध खोप र कुनै औषधि उपलब्ध नभएसम्म यसबाट बच्नुको विकल्प छैन । अहिलेसम्म प्राप्त जानकारीका आधारमा यसबाट जोगिने प्रमुख उपाय भनेको व्यक्तिबीच कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नु हो । त्यसैकालागि नेपाललगायत विश्वका धेरै देश अहिले लकडाउनमा छन् । यसो भनेर लामो समयसम्म लकडाउनमा राखेर पनि निर्वाह चल्दैन । हुनेहरू त बस्छन्, खान्छन् । नहुनेहरूले के खाने, कहाँ बस्ने ?त्यसका लागि सरकारले प्रभावकारी व्यवस्थापन गर्नुको विकल्प छैन । राणाकालीन श्री ३ हुकुमी शासन पाराले समस्या समाधान हुँदैन । त्यतिबेला हुन्थ्यो, अहिले हुँदैन । किनकि त्यसबेलाको हुकुम सबैले मान्थे । अहिले कसैले मान्दैनन् ।

आज रोगको डर हो । भोलि भोकमरीको डर छ । अहिले नै ‘नहुने’हरूकतिपय सहरमा भोकमरीको अवस्थामा पुगिसकेका छन् । यही क्रमलामो समयसम्म रह्यो भने खानेकुरा कहाँबाट आउँछ ?खानेकुरै नभएपछि पैसावालहरूले पनि के किनेर खाने ? जग्गा हुनेले त केही खेती गरेर उब्जाउलान्, खालान् र उब्रेका बेच्लान् । त्यसकालागि पनि त बाली कुर्नै प-यो । आज रोपेर भोलि त फल्दैन । धेरै टाढाको कुरा होइन, भारतको बंगाल राज्यमा सन् १९४३ मा ठूलो अनिकाल प-यो । त्यसलाई ‘बंगाल फेमिन’भनेर कृषिका पाठ्यपुस्तकमा पढाइन्छ । त्यसकाकारण २० देखि ३० लाखसम्म मानिसको मृत्यु भएको अनुमान छ । भयो कसरी त भन्दा अनिकाल परेको एक सिजन अघि बाइपोलारिस ओराइजा (त्यतिखेर हेल्मिन्थोस्पोरियम ओराइजा भनिन्थ्यो) भन्ने ढुसीद्वारा लाग्ने खैरो थोप्ले (ब्राउन स्पट) रोगले धानबाली सखाप बनाइदियो । धान उत्पादन भएन । त्यस बखतको ब्रिटिस राजले अन्यत्रबाट चामल आपूर्ति गर्न सकेन । मान्छे भोकै परे, कमजोर भए, मलेरिया लगायत रोगले पनि च्यापेर मरे । त्यसबेला धानबालीमा लाग्ने रोगको प्रत्यक्ष असरले खाद्यान्न अभाव भयो । अहिले मानिसमा कोरोनाभाइरसले लाग्ने कोभिड–१९ रोगले अप्रत्यक्ष रूपमा खाद्यान्न अभाव गराउन सक्ने अवस्था सिर्जना भएको छ ।

अहिले नै ‘नहुने’हरू कतिपय सहरमा भोकमरीको अवस्थामा पुगिसकेका छन् । यही क्रम लामो समयसम्म रह्यो भने खानेकुरा कहाँबाट आउँछ ? खानेकुरै नभएपछि पैसा हुनेहरूले पनि के किनेर खाने ?

अहिले पो विदेशबाट पैसा (रेमिट्यान्स) आइरहेको छ र त्यसैअनुरूप मानिसमा क्रयशक्ति छ। बसीबसी किनेर खान पाएका छन्। अब विदेशबाट धमाधम मानिस स्वदेश फर्किन सुरु हुन्छ। किनकि यही कोरोनाका कारण विदेशमा त्यहींका मानिसलाई रोजगारीको खाँचो पर्छ । फलस्वरूप विदेशीले काम पाउँदैनन् । त्यसरी स्वदेश फर्किने मानिस लाखौंको संख्यामा हुन्छ। त्यसले (१) विदेशी मुद्रा आम्दानीको स्रोत घट्छ, (२) खाने मुख बढ्छ, खाद्य सामग्री थप चाहिन्छ (माग बढ्छ) र (३) त्यतिबेलासम्म कोरोना नियन्त्रण गर्ने खोप र औषधि उपलब्ध भएनभने विदेशबाट फर्केका सबैलाई क्वारन्टिन, आइसोलेसन र अस्पतालमा राख्नै पर्ने हुन्छ। त्यसकालागि धेरै खर्च लाग्छ। आगामीवर्षको बजेटको ठूलो अंश त्यसैमा जान्छ। विदेशमा पढ्न गएकाहरूलाई त्यहाँ काम नपाएर तिनको पालन पोषणकालागि घरपरिवारले नेपालबाट पैसा पठाउनुपर्ने भएको छ। पठाउन थालेका छन् । यसले राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घट्छ।

अब कम्तीमा डेढ–दुई वर्षसम्म पर्यटन व्यवसाय चल्दैन। पर्यटक नआएपछि राष्ट्रिय आम्दानीको एउटा प्रमुखस्रोत त्यसै पनिकम हुन्छ । यत्ति हो कि खाद्य सामग्रीको कूल आवश्यकतामा पर्यटकले उपभोग गर्ने भाग बच्छ । जसरी विदेशबाट नेपाली स्वदेश फर्किन्छन्, त्यसरी नै नेपालबाट पनि केही विदेशी आफ्नै देश फर्कलान्र त्यसले पनि खाद्य सामग्रीको केही भाग जोगिएला ।

कोरोनाले तत्काल र निकट भविष्यमा उत्पन्नगर्न सक्ने मुख्य समस्या भनेकै खाद्य सामग्रीको अभाव हो । त्यो भनेको भोकमरीको अवस्था हो ।भारतलगायत छिमेकी र अलि परका राष्ट्र सबै कोरोनाकै चपेटामा परेका छन् । तिनले आफूलाई पुगेपछि नखाद्य सामग्री अरूलाई बेच्ने हुन्। अहिलेको समस्या विश्वव्यापी भएकाले खाद्य समस्या लगभग सबै मुलुकलाई पर्छ। त्यसबेला खाद्य उत्पादकमुलुकले जसले बढी मूल्य दिन्छ, त्यसैलाई प्राथमिकतामा राख्छन् । त्यसले गर्दा खाद्य सामग्रीको मूल्य बढ्छ।

यसरी (१) खाद्य पदार्थको उपलब्धता कम हुने, (२) खाद्य पदार्थ धेरै मात्रामा चाहिने र (३) खाद्य पदार्थको मूल्य बढ्ने भएपछि अहिलेको नेपाल र नेपालीको अर्थतन्त्रले धान्न मुस्किल पर्छ। त्यसपछि अनेकन्कमाउ धन्दा, चोरी, अपराध र खासगरी भ्रष्टाचार अहिलेकोभन्दा बढी फस्टाउन सक्छ। त्यसले मुलुकमा एक किसिमको अन्योलता सिर्जना गर्छ ।

अरू जे जस्तो भएपनि बाँच्न त कम्तीमा दुईछाक खानै प-यो। बाहिरबाट आयात गर्न एक त पुग्दो आम्दानी छैन, अर्काे आयातै गर्न खोजिएपनि उचित मूल्यमा उपलब्ध नहुन सक्छ। त्यस्तो अवस्थामा आफैंले उब्जनी नगरी सुखै छैन।खेतीपाती गर्न राम्रो र पायक परेका जमिन त गाउँ, बस्ती र सहरले ढाकिसके । अब बाँकी रहेका जमिन चाहे त्यो बाँझो, रुखो सुखो नै किन नहोस्, त्यसैलाई समुचित प्रयोग गरी स्वस्थ उब्जनी गर्नुभन्दा विकल्प देखिन्न । त्यो चाहे तराईमा होस् वा पहाड तथा उच्च पहाडमा, त्यहीं नफर्की सुख छैन। त्यसरी फर्कनु भनेको नेपालकालागि पक्कै सुखद कुरा हुनेछ। त्यसले नै नेपालको विकासको ढोका खोल्ने छ। कृषिमा बलियो जग बसेपछि अर्थात्दिगो भएपछि विकासका अरू क्षेत्रलाई स्वतः टेवा पुग्नेछ । भारत–चीन जोड्ने बुलेट रेल ल्याउने, काठमाडौं लगायत ठूलठूला सहरमा मेट्रो रेल चलाउने, पानीजहाज ल्याउने, भ्यु टावर बनाउने आदि काम हाललाई दोस्रो प्राथमिकताका हुन् । पहिलो कुरा त पहिला आफ्नो खुट्टामा उभिने हो । खानै छैन भने अरू चिज के काम ! अर्काे कुरा, भूमिगत रेलकै कारण अमेरिका र युरोपमा कोरोनाभाइरसबाट बढी संख्यामा मानिस संक्रमित भएको हुन सक्ने केही प्रारम्भिक अध्ययनले देखाएको छ । यसले पनि भविष्यमा यस प्रकारका संरचना सुरक्षित नहुने संकेत गर्छ । आज कोरोना आयो (खासमा यो दोस्रो किसिमको कोरोना सार्स–कोभ–२हो), भोलि अर्को खालको कोरोना आउन सक्छ, पर्सि सुपर कोरोना नआउला भन्न सकिन्न । त्यसैले म त भन्छु–सके त काठमाडौंलाई ‘साइकल सहर’बनाउने हो ।

यी सबै कुरा विचार गर्दा अबआउने समय र आवश्यकताको नेतृत्वकृषि क्षेत्रले गर्नेछ। कृषि क्षेत्रमा कामगर्ने व्यक्तिले गर्नेछन्। अहिलेका राजनीतिक शक्ति(दल) ले गर्न सक्दैनन् । कृषिकै मात्र कुरा गर्दा पनिबितेका ८–१० वर्ष यतादेखि कृषि क्षेत्रको राजनीतिक नेतृत्व आफूलाई माक्र्सवाद, लेलिनवाद र माओवादका सच्चा अनुयायी ठान्नेले गरिरहेकाछन् ।तर ती सबै एकपछि अर्को असफल हुँदै गएका छन् । कोहीचाहिँ भित्री राजनीतिक खेलकाकारण अघि बढ्नै सकेनन् । हाल चलिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना (पिएमएएमपी) को माडेल, म २०३९ सालमा सेवाप्रवेश गर्दा नै ‘ब्लकउत्पादनकार्यक्रम‘ का रूपमा सुरु भएको थियो । तर विभिन्न प्राविधिक कठिनाइ र समन्वयको अभावले त्यो त्यसै सेलायो । पछि २०६३ सालमा एक गाउँ एक उत्पादन (ओभिओपी) कार्यक्रमआयो । त्यो सार्वजनिक–निजी साझेदारी कार्यक्रम थियो । १० वर्ष जति चलेर रोकियो । अहिले पिएमएएमपीगलत अनुदानप्रक्रियाका कारण बदनाम र करिब–करिब असफल सिद्ध भइसकेको छ ।

वर्तमान कृषिमन्त्रीले ल्याएका ५ नीतिगत आधार(१) उत्पादन सामग्रीमा अनुदान, (२) सबै किसानका घरदैलोमा प्राविधिक सेवा–टेवा, (३)सस्तो र सुलभ ऋण, (४) बाली तथा पशुपन्छी बिमा र (५) न्यूनतम बचतको ग्यारेन्टी (न्यूनतम समर्थन मूल्य) कृषि क्षेत्रकालागि खासमा कुनै नयाँ होइनन् । तर यी आधारभूत कुराको मनन गरेर पुनःजागृत गर्नु नयाँ हो । यीनीतिगत आधारकालागि केकस्ता नीति तथा कार्यक्रम ल्याउँछन् र कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी छ ।

वामदेवका लागि प्रधानमन्त्री मृगतृष्णा

सञ्जय पन्थी
सत्तासीन नेकपाभित्रको असन्तुष्टि शनिबारसम्म उत्कर्षमा पुगेको जस्तो देखिए पनि पार्टी सचिवालयको बैठकपछि मत्थर भएको सन्देश प्रवाह भएको छ। बैठकमा के के विषयमा चर्चा भए, त्यसको विस्तृत जानकारी आइसकेको छैन्। यद्यपि मत्थर गरिएका विषय भने बाहिरिएका छन्। प्रम केपी शर्मा ओलीले अहिलेसम्म कहिल्यै नगरेको आत्मालोचना गर्नुभयो रे। दोस्रो समस्याका सूत्रधार बनेका वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सहमति जनाउनुभयो रे। जे होस्, छलफलबाट तत्कालको समस्या समाधानसहित निष्कर्ष निकाल्न नेकपा सफल भएको छ। कार्यान्वयन कहिले हुने हो, भविष्यको गर्भमा छ तर नेकपामा तत्कालको संकट भने टरेको छ।

समस्यालाई आफैँले उठान गरेर त्यसको समाधान पहिचान गर्न सक्नु प्रम ओलीको चतुर्‍याइँ हो। दोस्रो पटक मिर्गाैला उपचारका लागि फागुनको तेस्रो साताको सोमबार प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनु एक दिनअगावै ग्रान्डी अस्पताल पुगेर दुर्घटनामा घाइते माले महासचिव सिपी मैनालीलाई भेट्न पुगेका थिए। सिपी दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। माओवादीसँग मिलेर नेकपाका अध्यक्ष बनेका ओलीले कुनै बेला सिपीलाई पार्टी एकीकरणका लागि छेउ पर्नसमेत दिएका थिएनन्। मैनाली एक्लै माले पार्टी चलाएर बसेका छन्। सिपीलाई भेटेर ओलीले आफूलाई उच्च संवेदना भएको राजनीतिज्ञका रूपमा प्रस्तुत गरिरहँदा वामदेवका बारेमा पार्टी सचिवलायको निर्णयलाई बेवास्ता गर्दै अस्पताल पुगेका थिए। परन्तु तत्कालीन समयमा वामदेवलाई राष्ट्रिय सभामा मनोनित गरेका भए अहिलेको संकटले यो रूप धारण गर्ने थिएन्। अहिलेसम्म संसद चलेको हुने थिएन्।

सबैजना संसद् अधिवेशनको पर्खाइमा हुने थिए। वर्तमान महामारीका बीच संसद् अधिवेशन सुरु भएपनि बजेटको तयारीमा अघि बढ्ने थियो। बजेटप्रति विपक्षीको आलोचना र आक्रमणको प्रतिरक्षामा सत्तापक्षका सासंदलाई भूमिका निर्वाह गर्न नैतिक बाध्यताको अवस्था रहन्छ। त्यतिञ्जेल राजनीतिक कोर्सले नयाँ नयाँ अध्याय पार गरिसकेको अवस्था हुनेछ। वामदेवलाई संविधान संशोधन गरेर प्रम बनाउने विषयले शायद संसद्मा प्रवेश नै पाउन सक्ने संभावना रहँदैनथ्यो। विपक्षीले त्यसै पनि उक्त विषमा असन्तुष्टि जनाइरहेका नै छन् र थिए। प्रक्रियागत तवरबाट संविधान संशोधन गरेर वामदेवलाई प्रम बनाउन हुन्छ वा हुँदैन् भन्नेबारे बहस जारी रहन्थ्यो। हुने वा नहुने भन्ने विषयमा नेकपाभित्रको कित्ताकाटको राजनीति रूपान्तरण भएको अवस्थामा रहन्थ्यो भन्न सकिन्छ। सिपीलाई भेट्न पुगेर उदार बनेका प्रम ओली कुनै बेला सिपीसँगै पछिल्लोपटक माले पार्टी बनाएर पुनः माउ पार्टी एमालेमा फर्किइ वर्तमानमा नेकपासम्मको सहयात्री बनेका वामदेव गौतमको सन्दर्भमा भने अनुदार बनिदिए।

ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न फागुन तेस्रो साता अस्पताल भर्ना भए। डिस्चार्ज भैरहँदा पार्टीभित्रको उक्त कोर्स नयाँ अध्यायमा पुगेको थियो। नागरिक सहानभूति भने प्रम ओलीको पक्षमा प्रकट भएको थियो। प्रतिपक्षदेखि सबैले उनको स्वास्थ्यलाभको कामना गरे। सम्भवतः प्रत्यारोपण भइसकेपछि नेकपाका उच्च तहका नेताहरू भेट्न अस्पताल पुगे तर पार्टी उपाध्यक्ष गौतम पुगेनन्। किनकि वामदेवलाई आफ्नाविरुद्ध गरिएको निर्णयले उनलाई प्रम अस्पताल भेट्न जान सकेनन्। बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रमले आफ्ना पक्षमा राजनीतिक माहोल बनेको अनुभव गरिरहँदा यही बीचमा कोरोनाको संक्रमणले देश लकडाउनमा पुग्यो। मिडियाका अनुसार त्यहीबीचमा बालुवाटारको ग्रायन्ड डिजाइनमा अध्यादेश र संसद् अपहरणसम्मको खेल भयो। गौतमकै कारण पार्टी अध्यक्ष हुँदै वर्तमानमा ओली प्रधानमन्त्री बन्न सफल रहे। तर यतिबेला गौतमप्रति फेरि प्रम ओली उदार प्रकट भएका छन्। उदार र अनुदार हुँदै यसपटक फेरि गौतमप्रति उदार प्रकट हुन पुगेका छन्। गौतमलाई पार्टी उपाध्यक्ष बनाए पनि उनको हैसियत के भन्ने कुरालाई प्रधानमन्त्री ओलीले व्यवहारमा पटक पटक प्रकट गरेका पनि छन्। त्यसो त उपाध्यक्ष बनेका वामदेव पार्टी एकता बखत बनेका हैनन्।

गौतमलाई मात्र नभएर आफ्नाविरुद्ध मोर्चा कसेका सबैलाई ओलीले आफू पद्मशमशेर नभएर चन्द्रशमशेरकै हैसियतमा सत्ता चलाउन काबिल छु भन्ने स्पष्ट सन्देश प्रवाह गरेका छन्।

दुई अध्यक्षबीचको शक्ति सन्तुलनका लागि निगाहमा बनेका हुन्। प्रम ओलीले आफ्नाविरुद्धको षडयन्त्रलाई निस्तेज पार्न यसपटक फेरि गौतमलाई कार्ड बनाएर संकटलाई एकतामा रूपान्तरण गर्न सफल भएका छन्। गौतम यसपटक फेरि तासको तुरूप जस्तै प्रयोग भएका छन्। त्यसले उनको सार्वजनिक छवि महत्वाकांक्षी र अडान नभएका नेताका रूपमा परिणत भएको छ। कुनैबेला निडर र निर्भिक नेताको पहिचान बनाएका नेता गौतम पछिल्ला अस्थिर खेलका कारण पदका आशक्त नेताका रूपमा परिचित हुन पुगेका छन्। त्यसो त कुनै बेला माधवकुमार नेपाल कांग्रेससहितको नेतृत्वको सरकारका प्रधानमन्त्री बनेका बेला सडकबाट नेपालको राजीनामा माग्ने नेता पनि गौतम हुन्। यो स्तम्भकारसँग २०७२ सालमा कारोबार दैनिकका लागि अन्तर्वार्ता लिन पुग्दा नेता नेपालले भनेका थिए– वामदेव जस्तो अस्थिर र अरुको गोटी बन्ने व्यक्ति कहिल्यै प्रधानमन्त्री बन्न सक्दैनन्। आफ्नो सत्ता बहिगर्मनका लागि पार्टीभित्रबाट निर्वाह गरिएको भूमिकाका बारेमा त्यस बखत नेपालले तीक्त अनुभव प्रकट गरेका थिए।

यतिबेला माधव नेपाल उनकै निवासमा पुगेर बैठक गरेको भए पनि आफ्नाविरुद्ध गरिएको त्यो ताण्डव कसरी बिर्सिए होलान् ? अन्तरमुखी स्वभावका नेता माधव नेपाललाई नजिकबाट संगत गरेका नेताले भनेका थिए– सार्वजनिक गरिएका सवाल भन्दा नगरिएका सवालमा परिणाम निकाल्न र आफ्ना पक्षमा माहोल बनाउन सक्ने क्षमता माधव नेपालमा छ। यसपटकको खेलमा पनि परिणाम त्यस्तै देखिन आएको छ। माधव नेपाललाई निर्णय प्रक्रियामा पर्गेल्दै आएका प्रम तथा पार्टी अध्यक्ष ओलीले माधव नेपालको भूमिका आत्मसात् गर्न बाध्य भएका छन्। यसपटक फेरि आफ्नै पार्टीका प्रधानमन्त्री ओलीको राजीनामा माग्ने खेलमा माधव नेपालको पालामा जस्तै वामदेव फेरि सहभागी र सक्रिय देखिए। त्यसले जनतामा गौतम महत्वाकांक्षी व्यक्ति नै हुन् भन्ने बुझाइ पर्न गएको छ। गौतमले कुनैबेला पार्टीले छोइछिटो बारेको अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रकहाँ पुगेर दसैँको टीका थापे। त्यो पनि उनको मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने गुप्त आकांक्षाकै उपज थियो तर उनी राजाको विश्वासपात्र बन्न भने सकेनन्।

त्यसपछि उनै गौतम माओवादीहरूसँग सामीप्य भएर राजनीतिमा आफ्नो हैसियत कायम गराउन लागिपरे। २०६३ अघि लोकेन्द्रबहादुर चन्दको सरकारमा गृहमन्त्री रहँदा उनले नै आतंककारी विधेयक ल्याएर माओवादी आन्दोलन निस्तेज पार्न चाहेका थिए। त्यसैले गौतम पद र प्रतिष्ठाका लागि अस्थिर बनिरहेका पात्र हुन् भनेर बुझ्दा अन्यथा नहोला। उनको अस्थिरता यसपालि फेरि प्रकट हुन पुग्यो। जसरी ज्ञानेन्द्रले उनको चाहना बुझेर पनि सिद्ध हुन दिएनन्, ओलीले पनि ठीक त्यसैगरी गत फागुनमा उनको आकांक्षालाई निस्तेज पारिदिए। ओलीले आयातित टेक्नोक्रेट मन्त्री युवराज खतिवडालाई गौतमविरुद्ध ढाल बनाए। राष्ट्रियसभा सदस्य हुँदै मुलुकको सर्वोच्च कार्यकारी पदसम्म पुग्ने गौतमको चाहनालाई उनले निष्प्राण सावित गरिदिए। प्रम ओलीले पार्टी सचिवालयले गरेको निर्णयसमेत लागु गरेनन्। फागुन २० भित्रै मन्त्रिपरिषद्ले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि सिफारिस गर्नुपर्ने भए पनि त्यसो नगरी प्रधानमन्त्री अस्पताल हिँडेपछि गौतमको चाहना केटाकेटीको खेलजस्तै बन्न पुगेको थियो।

गौतम नेपालको सत्ता इतिहासबारे पटक–पटक अनभिज्ञ देखिएका छन्। जसरी राणा प्रधानमन्त्री चन्द्रशमशेरका मुख्तियार रहेका मोहनशमशेरले रोलक्रमअनुसार पद्मशमशेरलाई श्री ३ मा विराजमान् गराए र अस्वाभाविक तरिकाबाट पदच्युत गराएका थिए, त्यही शैलीमा गौतमलाई अघि ल्याएर ओलीलाई पदच्युत गराउने खेल वर्तमानमा पनि चल्न पुग्यो। तर उक्त सत्ता इतिहासबाट प्रम ओलीले शिक्षा लिएको जस्तो देखिएको छ। किनकि पद्मशमशेरका मुख्तियार रहेका कृष्णशमशेरको तत्कालीन निवास तथा वर्तमान राष्ट्रपतिको कार्यालय शीतल निवासलाई साक्षी राखेर चालेका कदमले उनी त्यो घटना र सत्ताको इतिहासबारे अपडेट भएको अनुमान गर्न सकिन्छ। प्रम ओलीलाई सत्तामा प्रगाढ तुल्याउने केही सीमित पात्रमध्ये एक हुन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा (प्युठान पुत्र) सूर्य थापा। वामदेवको पैत्रिक स्थल प्युठान नै हो। बालुवाटारमा वामदेवको अस्थिर खेलका कमी÷कमजोरी औल्याउने पात्र उनै थापा नहोलान् भन्न सकिँदैन्।

त्यसैले इतिहासका घटनाबारे धेरथोर जानिफकार ओलीले आफ्नो कार्यकालमा इतिहासको पुनरावृत्ति नहोस् भनेर सचेतता अपनाएको बुझ्न कर लागेको छ। जे÷जसरी भएपनि यस पटकको संकट प्रम ओली मत्थर बनाउन सफल भएका छन्। मन्त्री खतिवडालाई निरन्तरता दिएर वामदेवलाई पाखा लगाएका ओलीले फेरि बामदेवलाई मन्साएर र संकटमोचन गरेका छन्। ओलीको उखान टुक्काको भाषामा भन्ने हो भने जुन आगोले पोल्यो त्यही आगोले सेक्न उनी सफल भएका छन्। गौतमलाई मात्र नभएर आफ्नाविरुद्ध मोर्चा कसेका सबैलाई ओलीले आफू पद्मशमशेर नभएर चन्द्रशमशेरकै हैसियतमा सत्ता चलाउन काबिल छु भन्ने स्पष्ट सन्देश प्रवाह गरेका छन्। फागुनमा अस्पताल जानुअघिको भिडियो सन्देशमा होस् वा शुक्रबार सार्वजनिक गरिएको कवितामा त्यो सन्देशको छनक पाइन्थ्यो। ओलीविरुद्ध मोर्चा कसेर प्रतिनिधिसभामा पराजित बामदेवको चोर बाटोबाट भए पनि कार्यकारी प्रमुख बन्ने सपना फागुनमा निस्तेज भएको थियो। शनिबारको सचिवालय बैठकले उनको निस्तेज सपनालाई फेरि ब्युँताएको छ। बामदेवका लागि प्रमको पद मृगतृष्णा जस्तै भएको छ। यसपटक फेरि प्रधानमन्त्री ओलीले गरेका प्रतिबद्धता बामदेवका लागि विगतमा जस्तै ‘माछो–माछो भ्यागुतो’ नहोला भन्ने के ग्यारेन्टी ?

यही सन्दर्भमा भारतीय इतिहास स्मरण गर्नु उचित होला। प्रधानमन्त्री इन्दिरा गान्धीले सत्ताको शक्ति–उन्मादमा सन् १९७५ मा संकटकाल लगाइन्। त्यसपछि भएको निर्वाचनबाट सन् १९७७ मा मोरारजी देसाईको नेतृत्वमा सरकार बन्यो। उक्त सरकार बीचमै ढलेपछि जयप्रकाश नारायणले सम्भावित प्रधानमन्त्रीको नयाँ अनुहार खोजी गरिरहँदा समाजवादी नेता जगजीवन रामलाई भेटका लागि दिल्ली बोलाएछन्। जयप्रकाश नारायण त्यसबेला भारतीय राजनीतिका धरोहर थिए। उनी दिल्लीको दिनदयाल मार्गस्थित ‘गान्धी पिस फाउन्डेसन’मा बस्थे। पटक–पटक मन्त्री भएका राम प्रधानमन्त्रीबाहेक अन्य मन्त्रालय सम्हालेका अनुभवी राजनीतिज्ञ थिए। उनी दलित थिए। जयप्रकाशका स्वकीय सचिवलाई रामलाई प्रधानमन्त्री बनाउने निर्णय मन परेको रहेनछ। राम बोलावट भएको समयमै गान्धी पिस फाउन्डेसन पुगेछन्। तर स्वकीय सचिवले जयप्रकाश आराममा रहेको र कोही आए पनि नबोलाउनू भनेको भनी बहाना गरिदिए। घन्टौँ कुर्दासमेत जयप्रकाशलाई भेट्न नपाएपछि उनी फर्किए। पछि जयप्रकाशले सोध्दा पनि सचिवले उनलाई कोही भेट्न नआएको भनी ढाँटिदिए। यो सुनेर जयप्रकाशलाई रामप्रतिको विश्वास उड्यो। सोचे– बोलाउँदा त नआउनेले प्रधानमन्त्री बनेपछि झन् के टेर्ला ?

उनले चौधरी चरण सिंहलाई प्रधानमन्त्री बनाए। आजीवन समाजवादी कित्तामा रहेका राम इमानदार र आज्ञाकारी हुँदाहुँदै पनि स्वकीय सचिवको दुर्नियतले गर्दा प्रधानमन्त्री हुन पाएनन्। गौतमको हकमा पनि संयोगले त्यस्तै घटना पुनरावृत्त भएको अनुमान गर्न सकिन्छ। किनकि गौतम प्रधानमन्त्री भएको देख्न नचाहनेहरू बालुवाटारका कर्ताधर्ता छन्। गौतमले पटक पटक पार्टी नेताहरूलाई लगाएको गुनका कारण यसपटक प्रधानमन्त्री ओलीपछिको रोलक्रममा पर्न अपनाएको जुक्ति उनीहरूलाई मन परेको छैन्। त्यसैले जयप्रकाश नारायणका स्वकीय सचिवजस्तै बालुवाटारका कर्ताधर्ताहरूले फेरि पनि गौतमलाई पन्छाउन भूमिका निर्वाह नगर्लान् भन्न सकिँदैन्।

सरकार परिवर्तन: औचित्य पुष्टि हुन बाँकी

बालकृष्ण देउजा
संसारका सबै देश यतिबेला कोरना भाइरससँग मानव अस्तित्व रक्षाको लडाइँ लडिरहेका छन्। यस महामारीबाट बच्न विश्व मानव समुदाय नै लकडाउनको लक्ष्मण रेखाभित्र बाँचिरहेको छ। हाम्रो देश पनि कोरनाको संक्रमणबाट मुक्त छैन। कोरोनाको संक्रमण एकातिर बढ्दो छ भने अर्कातिर यसबाट उत्पन्न समस्याले ठूलो आर्थिक संकट उत्पन्न हुँदैछ। संक्रमण रोक्ने आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउन सबै नेपाली एकजुट हुनुपर्ने बेलामा यहाँका राजनीतिक दलका नेता भने सरकार परिवर्तनका लागि एकापसमा लडिरहेका छन्। यो अवस्थाको सामना गर्न मजबुत नेतृत्वसहितको सरकार आवश्यक हुन्छ। यस्तो बेलामा सरकार नै परिवर्तन गर्ने खेल सुरु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सरकारमा को जाने को नजाने र सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको निर्णय दलीय व्यवस्थामा राजनीतिक पार्टीहरूले नै गर्ने हो। पार्टीले सरकार सञ्चालनका लागि सहयोग गर्नुपर्छ र पार्टीसँगको परामर्शमा सरकारले काम गर्नुपर्छ।

सरकारलाई पार्टीले बलियो बनाउने र सरकार सञ्चालन कार्यबाट पार्टीलाइ मजबुत बनाउने दोहोरो पारस्परिक सम्बन्ध दलीय व्यवस्थामा पार्टी र सरकारको बीचमा हुन्छ। नेपालको वर्तमान विशिष्टताका आधारमा सरकार र पार्टीको नेतृत्व के.पी.ओलीले गर्नुभएको छ र पार्टी अध्यक्षको जिम्मेवारीमा पुष्पकमल दाहाल हुनुहुन्छ। यो सरकार,इतिहासकै बलियो र नेपाली जनताले पत्याएको शक्तिशाली सरकार हो। यो अवस्थात्यत्तिकै आएको होइन। नेपालमा बहुदलीय व्यवस्था पश्चातका निर्वाचनहरूमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा जहिल्यै पनि मिलिजुली सरकार बन्यो र सरकार परिवर्तनका खेलहरू भईनै रहे। नेपालमा राजनीतिक स्थिरता प्राप्त हुन सकेन। यसबाट नेपाली जनतामुक्ति चाहन्थे। जनताको चाहनाअनुसार नै जनमत प्राप्त भयो।यसको मतलव यो जनमत एक पूर्ण अवधि पूरा नगरी विगतमा झैँ पटक–पटक सरकार परिवर्तन गर्न वा मध्यावधिमा जानका लागि हैन। यसको मतलव कुनैपनि अवस्थामा सरकार परिवर्तन हुनुहुँदैन भन्ने पनि होइन।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएमा वा सरकारले काम गर्न नसकेमा प्रधानमन्त्रीले आफूखुसी राजीनामा दिने वा पार्टीले सरकार हेरफेर गर्नुपर्ने अवस्था आउन सक्छ।वर्तमान प्रधानमन्त्री के.पी.ओली अस्वस्थ भएर सरकारी कामकाज ठप्प भएको अवस्था हो वा सरकारले काम गर्न नसकेर सरकार परिवर्तन गर्नुपरेको हो ?जनाताले प्रस्ट बुझ्न पाउनुपर्छ।कोरोना संक्रमणको गतिलाई यत्तिकैमा रोकेर उपचार हुन सकेन र संक्रमणमा तीव्रता आयो भने नेपालजस्तो स्रोतसाधनको अभाव भएको देशले यो महामारी धान्न सक्दैन। यसले विकराल रूप लियो भने यसबाट स्वास्थ्य तथा आर्थिक जीवनयापनमा पर्ने असरका अलवा भोकमरी र असुरक्षाको कहालीलाग्दो अवस्था आउन पनि सक्छ।सरकारको यतिबेलाको दायित्व भनेको कोरोनाबाट देश र जनतालाई बचाउनु हो। यो कामका लागि सरकार निकम्मा भएको हो भने अहिल्यै सरकार परिवर्तनको औचित्य सावित हुन सक्ला अन्यथा संसारकै मानवजातिका लागि महान् चुनौतीका रूपमा देखापरेको कोरोनाको महामारी अझ भनौँ, महासंकटको सन्मुखमा सबै काम छाडेर सरकार परिवर्तनको खेलमा लाग्नु भनेको कुर्सी मोहका लागि घृणित खेलमा सामेल हुनु हो भनेर सबैले प्रस्ट रूपमा बुझ्नुपर्ने हुन्छ।

वर्तमान प्रधानमन्त्री के.पी. ओली अस्वस्थ भएर सरकारी कामकाज ठप्प भएको अवस्था हो वा सरकारले कामगर्न नसकेर सरकार परिवर्तन गर्नुपरेको हो ?जनाताले प्रस्ट बुझ्न पाउनुपर्छ।

दलीय व्यवस्थामा सरकारमा को जाने को नजाने,कसलाई सरकार प्रमुखको जिम्मेवारी दिने,नदिने, कसलाई राख्ने र कसलाई हटाउने भन्ने कुराको निर्णय पार्टीले गर्ने हो। पार्टी निर्णयको अवज्ञा, सरकार सञ्चालकहरूबाट भएमा पार्टीले सच्च्याउन निर्देशन गर्नुपर्छ। र,नसच्याएमा आत्मआलोचनाको विषय बनाउनुपर्छ। वर्तमान सरकारको विकल्पतत्काल किन आवश्यक भयो ? सरकारबाट पार्टीको निर्देशनको उल्लंघन भएको र पार्टीलाई जानकारी नदिइ दुईवटा अध्यादेश जारी गरेको विषयलाई लिएर सरकार परिवर्तन गर्न खोजेको चर्चा छ। पार्टीको निर्देशन उल्लंघन भएकाले सरकार परिवर्तन गर्नुपरेको हो भने अहिले भर्खरमात्र उल्लंघन भएको होइन। पहिलादेखि नै निर्देशनको पालना नभएको हो भने अहिले यस्तो संकटको घडीमा नै किन सरकार परिवर्तन गर्नुपर्‍यो ? कम्तीमा कोरोना रोकथामको समयसम्म त कुर्न सकिने थियो होला। अध्यादेशका कारण सरकार परिवर्तन गर्नुपरेको हो भनेफिर्ता भई नै सक्यो। यो अध्यादेशले ने.क.पा.लाई के असर पर्‍यो र सरकार नै परिवर्तन गर्नुपर्‍यो भन्ने जिज्ञासा पनि छँदैछ।

विपक्षी पार्टी फुटाएर आफ्नो पार्टीलाई बलियो बनाउने कुराको विरोध विपक्षी पार्टीबाट हुनु त स्वाभाविक नै हो। तर आफ्नै पार्टीबाट चाहिँ सरकार नै परिवर्तन गर्नुपर्ने तहको अपराधचाहिँ के भएको छ?यस्ताकाम त विगतमा पनि भएकै हो। केवल अध्यादेश ल्याइएन र ल्याउनुपर्ने अवस्थापनि थिएन। ने.क.पा.एमालेलाई फुटाएर ने.क.पा. माले र ने.क.पा.एमाले बनाउन कांग्रेसले २०५१ सालमा खेलेको भूमिकाको इतिहास साक्षी छ। वर्तमानमा ल्याइएको अध्यादेश आफ्नो पार्टी फुटाउनका लागि थिएन भन्ने प्रस्ट भएपछि पनि सरकार परिवर्तन किन गर्नुपर्‍यो ?कोरनाको महामारी नियन्त्रणका लागि यो सरकारले काम गर्न नसकेको र यहीकारणले दिनानुदिन संकट बढेको अवस्था हो भन्ने पनि होइन। नेपालमा तुलनात्मक रूपमा कोरोना नियन्त्रणका लागि सरकारको भूमिका प्रभावकारी नै देखिएको छ। सरकारले समयमै लकडाउन गर्‍यो र कोरोनाबाट बच्नका लागि सचेतनामूलक अभियान सुरुमा नै सञ्चालन भयो। जसको परिणाम कोरोनाले अहिलेसम्म महामारीको रूप लिन पाएको छैन।

सरकार परिवर्तन हुने अनि प्रधानमन्त्रीचाहिँ उही पुरानै अनुहार जो टेस्ट परीक्षामा सामेल भएर विगतमा सरकारको नेतृत्व गरिसक्नुभएको छ।उहाँहरूबाट अब थप नयाँ उपलब्धि चाहिँ के हुने भन्ने प्रश्नपनि आम मानिसको मनमा उब्जिएको छ। वर्तमान सरकार प्रमुख के.पी. ओलीले कोरोनाको संक्रमणपश्चात सरकारको नेतृत्व परिवर्तन हुने र भावी प्रधानमन्त्री वामदेवलाई बनाउने नयाँ प्रस्ताव अघि सार्नुभएको छ। यो प्रस्तावले कति सार्थकता पाउला त्यो त हेर्न बाँकी नै छ। अहिल्यै धेरैले यो कार्यान्वयन नहुने प्रस्तावका रूपमा बुझ्न थालेका छन्।वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावको सान्दर्भिकतामा भने कसैले प्रश्न उठाउने ठाउँ छैन।बामदेव गौतम ने.क.पा.को निर्माणदेखि आजसम्मपनि अनवरतरूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एक दर्बिलो नेता भएकाले भावीप्रधानमन्त्रीका रूपमा देख्न चाहनु स्वाभाविक हो। बामदेव गौतमले यो अवसर पाउनुभएन भने पनि पार्टी एकताका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। २०५१ सालमा पार्टी फुटाएको आरोप खेपिरहनु भएका गौतमका लागि पार्टी जुटाउने यो एउटा अवसर पनि हो। हुन त बामदेवलाई मात्र पार्टी विभाजनको आक्षेप लगाउनु अन्यायपूर्ण मूल्यांकन हो। पार्टीविभाजन हुनुपर्ने कारण बामदेवमात्र नभएर तत्कालीन महासचिव माधवकुमार नेपालले पनि लिनुपर्ने हो तर एकतर्फीरूपमा फुटको दोषारोपण वामदेबले बेहोर्नुपरेको छ।

अहिले फेरि ने.क.पा.मासंकट आएको छ र झण्डै, झण्डै विभाजनको संघारमा आइपुगेको पार्टीलाई एकताबद्ध बनाउने अवसर बामदेवलाई जुरेको छ। संसारमा नै कोरोनाले मानव जातिमाथि धावा बोलिरहेको यो महासंकटमा बामदेवले प्रधानमन्त्री बन्ने लालसाभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउन मूल भूमिका निर्वाह गर्न पाउने एक अवसरको भरपुर उपयोग गर्नुपर्छ। विगतदेखिको त्यागमा निरन्तरता दिँदै एकपटक फेरि एउटा ऐतिहाँसिक महत्वपूर्ण अवसरको उपयोग गर्न सफल हुनुहोस्।हामीजस्ता कार्यकर्ता र सिंगो पार्टीको तर्फबाट पार्टी एकताको नायक बन्ने कार्यमा सफलता मिलोस्।
(सदस्य– अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समिति)