कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बिहीवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दुईजना पुरुषमा कोरोना संक्रमणदेखिएको हो। १६ र २२ वर्षीय दुई पुरुषमा कोरोना देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सय कटेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

corona.png

झोलुङ्गे पुलमा ताला लगाइएपछि…

बर्दिया । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ ।

याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए।

एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताए । सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले व्यापार गर्न पाएका छैनन् । मधुवन खुला सिमानासँंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो । रासस

लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ। सरकारले कोरोना भाइरसको जोखिम रोक्न लागू गरेको लकडाउनको अटेरी गरी सडकमा निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कोभिड-१९ जोखिम बढ्न थालेपछि सरकारले गत चैत ११ गते देखि लकडाउनलाई निरन्तरता दिएको छ । लकडाउन अवधि पछिल्लो पटक थपेर ५ जेठसम्म लम्ब्याइएको छ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई कोरोना सम्बन्धी जानकारी दिएर पठाउने गरेको छ । प्रहरीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आम नागरिकलाई घरभित्रै सुरक्षित रहन समेत आग्रह गर्दै आएको छ ।

१८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

मलंगवा । सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् ।

सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त परिमाणमा स्रोत नखुलेको रकम फेला परेको हो ।

सशस्त्रको टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

दोहोरो भिडन्तमा हिजबुल कमान्डर मारिए

एजेन्सी। भारतको पुल्वामा जिल्लाको दुई स्थानमा जारी भिड़न्तमा भारतीय सुरक्षाबलहरूले छ आतङ्कीलाई मारेको छ। पुलवामाको अवन्तीपोरा भिड़न्तमा हिजबुल कमाण्डर पनि मारिएका छन् ।
रियाज नायक हिजबुल कमाण्डर र बुरहान वानीको नजिकका साथी थिए । रियाज २०१० मा आतङ्की संगठन हिजबुल मुजाहिदीनमा सामेल भएका थिए । रियाज २०१० देखिनै भारतको मोस्ट वान्टेडको सुचीमा थिए । आतङ्की संगठनमा लाग्नु अघि रियाज एक निजी स्कूलमा अध्यापक थिए ।
कश्मिरका आईजीपी विजय कुमारले पनि आतङ्की रियाज नायक र उनका दुई साथी पुलवामा भिड़न्तमा मारिएको पुष्टि गरे। अर्कोतिर, पुलवामा जिल्लाकै शऱशाली खरयू क्षेत्रमा आतङ्कीहरू तथा सुरक्षाबलहरूबीच भएको भिड़न्तमा सुरक्षाबलहरूले अन्य तीन आतङ्कीलाई मारेको छ। मारिएका आतङ्कीहरूको पहिचान हुन सकेको छैन।
सुरक्षाबलहरूले आतङ्कीहरूको शवको साथ हतियार र गोला बारूद बरामद गरेको छ। यो भिड़न्त मंगलबार रातिदेखि नै जारी छ । पुलवामा जिल्लाको अवन्तीपोरा अन्तर्गत बेगीपोरा गाउँमा मंगलबार रियाज बिरामी आमालाई हेर्न आफ्ना दुई साथीको साथ आएका थिए ।
आतङ्की रियाज नायकको गाउँमा उपस्थितिबारे गुप्त सूचना पाएपछि रातीनै सेनाको ५५ आरआर, सीआरपीएफ तथा एसओजीको एक संयुक्त टीमले पूरा क्षेत्रको घेराउ गरेको थियो । बिहान हुनसाथ सुरक्षाबलहरू र आतङ्कीहरूबीच भिड़न्त शुरू भयो। यस अवधिमा सुरक्षाबलले आतङ्की रियाज लुकेको घर नस्ट गरेको थियो। भिड़न्तमा रियाज सहित उनका दुई साथी आतङ्की पनि मारिएको बताईएको छ ।

काठमाडाैंमै घरेलु कामदारमाथि बलात्कार, एक भारतीय पक्राउ

काठमाडौं । काठमाडाैंमा घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय रमाकान्त सरावगीलाई जैसीदेवलबाट पक्राउ गरेको हो ।

बाग्लुङकी १८ वर्षीया बलात्कृत किशोरीकाे जाहेरीपछि सरावगीलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडाैँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार पीडित किशोरीलाई सरावगीले कुकुरको स्याहारका लागि गत फागुनमा घरेलु मजदुरका रूपमा राखेका थजैसीदेवलमा बस्ने उनले किशोरीलाई मासिक आठ हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए ।

काममा राखेको तीन दिनपछि नै सरावगीले आफूमाथि यौन शोषण सुरु गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । अचानक काम छाडेर उनी फर्केपछि परिवारले उनीसँग सोधपुछ गरेका थिए । उनले काममा लगाउने सरावगीबाट आफू पटकपटक बलात्कार भएको तथ्य खोलेपछि धर्मदाजुका परिवारले प्रहरीमा जाहेरी दिन सुझाब दिएका थिए । बलात्कार आरोपी सरावगीलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासत कक्षमा राखिएको छ । किशाेरीकाे घरको आर्थिक अवस्था कमजोर भएका छ।

मंसिर ४ मा भएको सहमतिअनुसार अघि बढ्ने ओली-प्रचण्डको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर ४ गते भएको सहमतिअनुसार अघि बढ्ने गरी समझदारी गरेका छन्। बालुवाटार स्राेतका अनुसार ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति भएकाे हो।

शनिवार सचिवालय बैठक बस्नुअघि प्रचण्ड र ओलीबीचको भेटमा यसअघि भएको कार्यविभाजनलाई पालना गर्ने सहमति भएको थियो। उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी समितिबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ।

मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमवार प्रधानमन्त्री निवास बालुवाटरमा भएको दुवै जनाबीच वार्ता भएकाे हाे।

पछिल्लोपटक ओली एकलौटी ढंगले अघि बढेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

‘भारतबाट मान्छे भित्र्याउन सुरक्षाकर्मी नै सक्रिय’

राजविराज — मंगलबार बिहान सवा १० बजे । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख इन्स्पेक्टर राजेश थापा, बेल्ही भन्सारस्थित नेपाल प्रहरी पोस्टका सइ विन्देश्वर यादव र नेपाल प्रहरीका असइ मोटरसाइकल चढेर भारततर्फ गए ।

पछिपछि नेपाली नम्बर प्लेटको निजी कार बोर्डरमा पुग्यो । बोर्डरमा लगाइएको बेरियर नजिक पुग्दा कुनै रोकटोक वा सोधपुछ भएन । कार पुग्नेबितिकै ड्युटीमा रहेका सशस्त्र प्रहरीले बेरिएर खोले ।

कार हुइँकिदै भारत प्रवेश गर्‍यो । केहीबेरमा तीन जना व्यक्ति भारतबाट नेपाल छिरे । कुनै रोकटोक भएन । आधा घण्टापछि उक्त कार फेरि फर्कियो र सहजै नेपाल प्रवेश गर्‍यो । १ घण्टापछि प्रहरीका तीनै जना अघिकै दुइटा मोटरसाइकलमा फर्किए ।

यो दृश्य दैनिकजसो देखिरहेका स्थानीयलाई भने नौलो होइन । ‘बोर्डरमा यस्तै हो, सुरक्षा कमान्डरहरु आफै पारि जान्छन्, किन जान्छन् थाहा छैन तर घण्टौंपछि उताबाट फर्किन्छन्,’ एक स्थानीयले भने, ‘अब त निजी कार पनि सहजै पारि पुगेर फर्किने गरेका छन् ।’

स्थानीय उल्टै प्रश्न गर्छन्, ‘सिमा सिल गरिएको हो भने निजी कारहरु किन भारततर्फ आउजाउ गरिरहेका छन् ?’ सुरक्षा कमान्डरहरुको आउजाउ र उनीहरुको सहयोगमा निजी सवारीसाधन सिधै भारत पुगेर फर्किनुलाई उनीहरुले समेत शंकास्पद रुपमा हेरेका छन् । ‘सर्वसाधारण पारिबाट नेपाल आए सिधा क्वारेन्टाइन बस्नुपर्छ,’ एक स्थानीयले प्रश्न गरे, ‘सुरक्षाकर्मी र उनको सहयोगमा भारत छिरेकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्दैन ?’

यसबारे सइ विन्देश्वर यादवसँग बुझ्दा उनले आफू सशस्त्रका इन्स्पेक्टरको आदेशमा पारि गरेको बताए । ‘उता मेरो एरिया पनि होइन तर मभन्दा एक तह माथिल्लो इन्सपेक्टर साबले आदेश दिएपछि म र असइसमेत इन्स्पेक्टर साबसँगै पारि गएका हौं ।’ नेपाल घर भएका एक बिरामी आउँदै छन् भनेर आफूलाई सशस्त्रका इन्स्पेक्टर राजेश थापाले भारततर्फ लगेको र त्यता गएर एसएसबीका अधिकारीसित कुरा गरेर फर्किएको उनले बताए ।

इन्स्पेक्टर थापाले पनि आफूसहित तीन प्रहरी भारततर्फ गएको स्वीकारे । आफूहरुसँगै निजी कार बिरामी लिन गएको उनको भनाइ छ । पछिल्लो समय भारतबाट सर्वसाधारण जोकोही आए पनि एम्बुलेन्समा हालेर क्वारेन्टाइन लग्ने गरिएको छ । भारततर्फ निजी गाडीको आउजाउमा किन जाँच गरिएन भन्ने प्रश्नमा थापाले उक्त गाडीलाई आफूले आउन नभनेको र ड्युटीमा नयाँ प्रहरी भएकाले जाँच नभएको बताए ।

कोरोना संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरे पनि बोर्डरमा रहेका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले नै यसको उल्लंघन गरिरहेका छन् । उनीहरुकै संरक्षणमा निजी चारचक्के सवारीसाधन भारततर्फ पठाउने र उताबाट भित्र्याउने गरिएको छ । जसले कोरोना संक्रमणको जोखिमलाई अझ बढाएको छ ।

भारतसित सीमा जोडिएको सप्तरीको कुनौली बोर्डरस्थित कोसी बाँध चोकबाट मानिस ओहोरदोहोर गराउने र आफै पनि भारततर्फ गएर फर्किने कार्यमा प्रहरीका अधिकारीहरु सक्रिय भएका हुन् ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले मुटुको बिरामी लिन प्रहरीहरु गएको दाबी गरे । भारत गएर फर्किएका सुरक्षाकर्मीलाई किन क्वारेन्टाइनमा राखिएन भन्ने प्रश्नमा उनले होम क्वारेन्टाइनमा राखिने प्रतिक्रिया दिए । यद्यपि नेपाल प्रहरीका ती सइ र असइ अझै तिलाठीमा डयुटीमै छन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले पनि दिल्लीबाट डिस्चार्ज भएका बिरामी ल्याउन सुरक्षाकर्मीहरु गएको दाबी गरेका छन् ।

स्रोतका अनुसार रकमको प्रलोभनमा परी सुरक्षाकर्मीले नै सीमा सिलको उल्लंघन गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्दकुमार ठाकुरले सीमा सिल भएका कारण कोही पनि नेपाल भारत आउजाउ गर्न नपाउने बताए । कान्तिपुर दैनिकबाट

नेकपाका २० स्थायी कमिटी सदस्यको भेला, एकढिक्का भएर बैठकमा प्रस्तुत हुने

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आसन्न बैठकमा एक ढिक्का भएर प्रस्तुत हुने रणनीति बनाएका छन् ।

दुई विवादित अध्यादेश प्रकरणपछि अध्यक्षद्वयलाई पत्र लेखेर बैठक राख्न माग गर्ने दाहाल र नेपाल समूहका २० सदस्यहरुको मंगलबार भएको भेलाले बिहीबार बस्ने स्थायी कमिटी बैठकमा एकढिक्का भएर प्रस्तुत हुने रणनीति बनाएका हुन् । आफूहरुले पत्र लेखेर बोलाएको बैठक भएकाले खुलेर सबै विषयमा छलफल हुनुपर्ने अडानमा आफूहरु रहेको भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए । उनका अनुसार सरकारले गरेको विवादित कामबारे उठेका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कैयौ प्रश्नको जवाफ खोज्ने रणनीति पनि तय भएको छ ।

भेलामा पार्टी नेतृत्वले ल्याउने एजेन्डामा आफूहरुले पत्रमा लेखेका विषय नउठाए बैठकमै थप्ने रणनीति बनाएको छ । अध्यादेश फिर्ता भए पनि कसको र के कारणले ल्याइएको हो भन्ने छलफल हुनुपर्ने उनीहरुको माग छ ।

‘आसन्न स्थायी कमिटी बैठकमा प्रभाकारी ढंगले कसरी प्रस्तुत हुन सकिन्छ भनेर हाम्रो छलफल भएको थियो । किनकि हामीहरुले नै पत्र लेखेर बैठक माग गरेको हुँदा आ–आफ्ना मुद्दाहरु जोडदार ढंगले राख्ने रणनीति बनाएका छौं,’ नेता गजुरेलले भने, ‘मुख्यत: कोरोना विरुद्धको लडाइँलाई कसरी प्रभावकारी बनाउने र सरकारको तयारी के छ ? भन्ने एउटा । अर्को, यस्तोबेला दुई अध्यादेश किन जारी भए ? के उद्देश्यले आएका थिए ? त्यसमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ । यी एजेण्डा बैठकमा आएनन् भने हामी आफैं राख्ने र छलफल गराउने सहमति भएको छ ।’

बैठक माग गर्दै पत्र लेख्दा उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजनको खतरा औंल्याएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्पको खाँचो रहेको भन्दै उनीहरुले बैठक माग गरेका थिए ।

‘विषम र चुनौतिपूर्ण परिस्थितिमा हाम्रो पार्टीका घोषित सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम, विधि र पद्धतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी एकतालाई बलियो बनाउन तथा कोराना विषाणुको संक्रमणबाट आफू बाँच्न र जनतालाई बचाउन यथाशक्य योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आह्वान गर्नुपर्ने आवश्यकता छ । यसका साथै पार्टीको एकता र सशक्त भूमिकाका लागि पार्टी पंक्तिलाई आश्वस्त तुल्याउन हार्दिक आग्रह गर्दछौं,’ बैठक बोलाउन माग गर्दै उनीहरुले पत्रमा लेखेका थिए ।

‘देश र जनतासामु आएको कोरोना विषाणुको संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा नै असर पार्ने कानुन संशोधन गर्ने अध्यादेशजस्तो संवेदनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान, २०७५ को धारा ५९ बमोजिम स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दर्छौं । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौं,’ उक्त पत्रमा लेखिएको छ ।

खासगरी अध्यादेश प्रकरण र सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएन भने त्यसपछि कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल भएको नेता गजुरेलले बताए । ‘अध्यादेश जारी हुनु कमजोरी भयो भनेर त प्रधानमन्त्रीले भन्नु भएको छैन । बरु फिर्ता लिँदा पनि साथीहरुले कुरा बुझेनन् भन्नु भएको छ । यथार्थ कुरा के हो त्यो आउनु पर्‍यो । सरकारका कामकारबाही लगायतका सबै विषयमा हामीलाई चित्त बुझाउनु पर्‍यो । चित्त बुझाउनु भएन भने त्यसपछि कसरी प्रस्तुत हुने वा के गर्ने भन्ने पनि सामान्य छलफल भएको छ,’ नेता गजुरेलले भने ।

यस्तै, शनिबार बसेको सचिवालय बैठकको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा सोमबार र मंगलबार दुई अध्यक्षबीचको वार्ता धेरै सकारात्मक नभएपछि दाहाल–नेपाल समूह आसन्न स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेको थियो । बैठककै तयारीका लागि भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु आइतबारदेखि नै लगातार परामर्शमा थिए ।

पत्र लेख्नेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, हरिबोल गजुरेल थिए । यिनै नेता मंगलबारको भेलामा सहभागी भएका हुन् । आजको भेलामा सदस्य गुरुङ भने संसदीय समितिको एक बैठकमा उपस्थित हुनुपरेका कारण उपस्थित भएका थिएनन् । स्थायी कमिटी बैठकअघि बुधबार सचिवालयको बैठक बस्दै छ । कान्तिपुर दैनिकबाट

कोरोना पीडितका लागि भर्चुअल कन्सर्टबाट ५२ करोड भारु

एजेन्सी । बलिउड, हलिउड र क्रिकेट जगतका सेलिब्रेटीले आइतबार भारतकै सबैभन्दा ठूलो भर्चुअल कन्सर्ट फेसबुकमा लाइभ गरे । कन्सर्ट आयोजनाको उद्देश्य थियो– कोरोना पीडितका लागि सहयोग संकलन गर्ने ।

‘आई फर इन्डिया’ नाम दिइएको यो अभियानबाट हालसम्म करिब ५२ करोड भारु संकलन भएको इभेन्टका प्रमुख सुत्रधार मानिएका निर्देशक करण जोहरले इन्स्टाग्राममा लेखेका छन् ।
करणका अनुसार यो कोषका लागि अनलाइनबाट ४.३ करोड भारु संकलन भएको छ भने कर्पोरेट डोनरबाट ४७.७७ करोड भारु संकलन भएको छ । सहयोग आउने क्रम अझै जारी छ ।

आइतबार साढे सात बजेबाट सुरु भएको यो कन्सर्टमा अमिताभ बच्चन, शाहरुख खान, गुलजार, एआर रहमान, जावेद अख्तर, ब्रायन एडम्स, विल स्मिथ, ऋतिक रोशन, निक जोनस, आयुष्मान खुराना, प्रियंका चोपडा, आमिर खानलगायत ८५ बढी सेलिब्रेटीले आफ्नो प्रस्तुति र सन्देश दिएका थिए ।

गिभ इन्डिया प्लेटफर्मलाई फन्ड दिएर सहयोग गर्नका निमित्त सबै सेलिब्रेटीहरुले विश्वभर छरिएर रहेका प्रशंसकलाई ‘आई क्यान, आई विल, आई मस्ट हेल्प’ नारा दोर्‍याउँदै सहयोगको अपिल गरेका थिए ।

यस कन्सर्टमा शाहरुखले दिएको प्रस्तुति सोसियल मिडियामा अझै चर्चामा छ । कारण, उनी कन्सर्टमा लकडाउन गीत लिएर उपस्थित भएका थिए । ‘सब सही हो जाएगा’ बोलको उक्त गीत तयार गर्नका लागि शब्द र संगीतमा बादशाह र साइनी राजले उनलाई सहयोग गरेका थिए । गीत प्रस्तुत गरिरहेको बेला बीचबीचमा भएको शाहरुखका छोरा अब्राहमको इन्ट्रीले पनि उनको प्रस्तुतिमा मसला थपेको थियो ।