वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ ।

मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पीसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ ।

कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णय अनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

वायुसेवा कम्पनीले सरकारले तोकेको कुनैपनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाहरुबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सुनिल र मेलिनाको ‘मुग्लान’ (भिडियोसहित)

काठमाडाैं । गायक सुनिल गिरी र मेलिना मैनालीको स्वर रहेको ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक सुनिलको पिरती एल्बम्मा समावेशी छ । सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना नै फिचर्ड छन् ।

गीतमा गायक सुनिल कै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको छ । यो म्युजिक भिडियोलाई विवेक विकले छायांकन गरेका छन् । साथै सम्पादन पनि उनैले गरेका छन् । गीत गायक सुनिल गिरीकाे आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएकाे छ ।

रियाले गरिन सुरक्षाकाे माग

एजेन्सी । सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा शंकास्पद भूमिकामा रहेको आरोपित रिया चक्रवर्तीले आफू र परिवारको ज्यान खतरामा भएको भन्दै मुम्बई प्रहरीलाई सुरक्षा गरिदिन माग गरेकी छन् । बिहीवार सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले यसो भनेकी हुन् ।

रियाले आफू र परिवार सुशान्तको मृत्यु प्रकरणमा सीबीआई, ईडी र अन्य अनुसन्धान ब्यूरोसँग अनुसन्धानमा सहकार्य गरिरहँदा पनि उनीहरुको परिवारलाई कुनै सुरक्षा प्रदान नगरिएको गुनासो पोखेकी छिन् । अनुसन्धानमा सहकार्य गर्नका लागि परिवारका सदस्य घरबाहिर जाँदा सञ्‍चारमाध्यमहरुको भिडले घेरेर निस्किन नदिएको रियाले बताएकी छिन् ।

उनले घरको गेटभित्रै आफ्नो बुबालाई सञ्‍चारमाध्यमहरुले घेरेर अनेक प्रश्न गरेको भिडियो सेयर गर्दै लेखेकी छिन्,“यो मेरो घरको परिसर भित्र हो । यस भिडियोमा देखिएका मानिस मेरा बुबा (सेवानिवृत सेनाका अधिकारी) इन्द्रजित चक्रवर्ती हुन् । हामी ईडी, सीबीआई र अन्य अनुसन्धान अधिकारीहरुलाई अनुसन्धानमा सहयोग गर्न घर बाहिर जान प्रयत्‍न गरिरहेका छौं । मेरो र परिवारको ज्यानलाई खतरा छ । हामीले स्थानीय प्रहरी वृत्तलाई सूचित गरिसकेका छौं । अझ त्यही गएर पनि भनिसकेका छौं, तर कुनै पनि सहयोग प्रदान गरिएको छैन।”

त्यस्तै उनी अगाडि लेख्छिन्,“हामीले अनुसन्धान ब्यूरोहरुसँग पनि घरबाट निस्केर त्यहाँसुम्म पुग्‍न सहयोग गरिदिन माग गरिसकेका छौं, तर कुनै सहयोग भएन । यो परिवार कसरी बाँच्‍ने ? हामी केवल सहायता माग्दैछौं, हामीसँग सोधपुछका लागि बोलाउने अनुसन्धान ब्युरोसँग तर पाएनौं । अन्तमा हामीले मुम्बई प्रहरीसँग सहायता मागेका छौं ता की हामी अनुसन्धान ब्युरोको कार्यलयसम्म पुग्‍न सकौं ।”

उनले यस्तो महामारीको समयमा लागु हुने आधारभूत कानुन र व्यवस्थामात्रै भए पनि प्रदान गरिरदिन आग्रह गरेकी छन् ।रिया र उनका परिवारविरुद्ध सुशान्तका बुबा केके सिंहले सुशान्तलाई आत्महत्या गर्न प्रेरित गरेको र लुटेको आरोप लगाएका छन् भने सीबीआईले पनि उनीविरुद्ध एफआईआर दायर गरेको छ । बलिउड हंगामा

ट्रक तोडफोड गर्ने चार जना पक्राउ

दमौली । तनहुँमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका हुन् ।

ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या २० हजार नाघ्यो

काठमाण्डाै । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेकाे संख्या २० हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा ५६९ जना निको भएसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा एक हजार चार सय ९१ जना, प्रदेश २ मा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो

काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट बिहीवार ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित ५ जना महिलासहित थप ८ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् ।

त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।

भारतलाई केन्द्रमा राखि रणनैतिक र सुरक्षागत निर्णयहरु गर्न श्रीलंका इच्छुक

एजेन्सी। श्रीलंकाका परराष्ट्र मन्त्रालयका सचिव जयनाथ कोलम्वागेको भर्खरै आएको वक्तव्यमा अब श्रीलंका तठस्थ परराष्ट्र नीति लागू गर्दै भारतलाई केन्द्रमा राखि रणनैतिक र सुरक्षागत निर्णयहरु गर्न इच्छुक रहेको बताएका छन् । पछिल्लो समय चिसोपनमैं गुज्रिएको भारत र दक्षिणी छिमेकी श्रीलंकाको दुइपक्षिय सम्बन्धका लागि यो एउटा सकारात्मक कदम हो ।

चीनसँगको वाणिज्य सम्बन्ध र आर्थिक ऋणका कारणले पछिल्लो समयमा श्रीलंकाले आगामी ९९ वर्षका लागि आफ्नो रणनैतिक बन्दरगाह नै चीनलाई सुम्पन परेको थियो । ‘एमसीसी’ सम्बन्धमा पनि श्रीलंकाको आन्तरिक मामिलामा चीनले अनावश्यक दख्खल राखेको थियो । आर्थिक तथा सुरक्षागत साझेदार अनि सहयोगी साथको खोजीमा भारतलाई फेरि बलियो साथी बनाउने आशय कोलम्वागेको वक्तव्यले पुष्टि गर्दछ । दक्षिण एसियाली मानचित्र अनि भारतवर्षका देशहरुका लागि यो राम्रो खबर हुन सक्दछ ।

श्रीलंकाली टिभी च्यानलमा बोल्ने क्रममा कोलम्वागेले राष्ट्रपति गोतावाया राजापाक्षाको नीतिलाई आत्मसाथ गर्दै सुरक्षागत र रणनैतिक नीतिमा अब श्रीलंकाले भारतलाई प्रथम सूचीमा राख्दै रणनीतिगत कदमहरु तर्जुमा गर्ने संकेत दिएको छ ।

भारतका लागि श्रीलंका रणनैतिक रुपमा सुरक्षा चुनौति हुन नचाहको र हुन जरुरी पनि नभएको जयनाथले बताए, राष्ट्रपतिले नै हामी भारतबाट लाभान्वित हुन चाहेको आशय व्यक्त गर्दै जयनाथले आर्थिक उन्नतीमा भने श्रीलंका भारतलगायत अन्य देशहरुसँग पनि उदार रहेको उद्धृत गरिएको उक्त अन्तर्वाताबाट भारत र श्रीलंका सम्बन्धले नयाँ आयाम सहितको आधार भेटेको आशा गरिएको छ । राष्ट्रपति राजापाक्षेका अनुसार भारतको रणनीतिक रुचीलाई महत्वमा राख्दै श्रीलंकाका लागि तठस्त परराष्ट्र नीति अवलम्बवन गर्ने बताइएको छ, यि स्टेटमेन्टहरुले श्रीलंका अब चीनसँगको वाणिज्य अनि दौंतरी सम्बन्धबाट अघाएको त हैन भन्ने आशय पनि उत्पन्न भएको छ ।

गतवर्ष चर्चहरुमा भएको आक्रमण, संसदीय व्यवस्थामाथिको प्रश्न, राजनैतिक खिचातानी लगायतका धेरै कुराहरुले श्रीलंकामा अन्यन्त कठिन परिस्थित बनाइदिएको थियो । तामिल टाइगर बिद्रोहीलाई निमिट्यान्न पारेर बैदेशिक लगानीमा होटल, रिसोर्ट, पर्यटन आधारहरु अनि औद्योगिक क्रान्तितर्फ उन्मुख श्रीलंकाको बिकासतर्फको रुची र छिमेकीतर्फको यो सदाशयताका अनेक अर्थ लाग्दछ, नेपालका लागि भने दूरदराजको दक्षिणी छिमेकीको निकटतम छिमेकीसँगको दौंतरी, शान्ति फलदायी अनि सार्कका साझेदारहरुका लागि पछि यो कदम निकै समन्वयकारी हुन सक्दछ ।

हानोवानोतोता बनदरगाह चीनलाई ९९ वर्षका लागि लीजमा दिनुपनि भयंकर गल्ती भएको आशय श्रीलंकाका परराष्ट्र सचिवको अन्तरवार्तामा पटक-पटक पाइएको छ ।

दुबै देशका परराष्ट्र मन्त्री एस जयंशकर र दिनेश गुयावर्दनेको राजापाक्षेको सरकार आएपछि नै वार्ता भइसकेको बताइन्छ, श्रीलंका र भारतबिचको यस रणनैतिक दौंतरीका कदमहरु चाँही औपचारीक्तामा र कागजातमा पाइनु बाँकी छ, आशा गरौं शिघ्र दुई छिमेकीले केहि संझौता र हस्ताक्षर गरेर आपसी सम्बन्धलाई औपचारीकता दिनेछन्

५ थुनुवालाई कोरोना संक्रमण

मकवानपुर । मकवानपुरमा प्रहरी हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ५९ र ३० वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पाँचजना थुनुवासहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।थुनुवा ५ जना नै लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

आज भाद्र ११ गते बिहिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुविधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाईनेछ । स्वास्थ प्रति सचेत रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

किशोरी बलात्कारको आरोपमा दुई प्रकाउ

झापा । किशोरी बलात्कार आरोपमा झापाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा-७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा रहेका प्रहरीले जनाएकाे छ ।

मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप छ । टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिरिएको हाे ।

लगत्तै उनीहरूलाई मंगलबार साँझ नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।