चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई नयाँ एप सार्वजनिक गर्न प्रतिबन्ध

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई चीनमा नयाँ एप सार्वजनिक गर्नमा रोक लगाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको उद्योग तगा सूचना प्रविधि मन्त्रालयले अस्थायीरुपमा यसअघि ल्याइसकेको एपको अपडेट पनि रोक्न निर्देशन दिएको छ।

चीनले यसै महिना ल्याएको नयाँ गोपनीयताको नियमबारे अनुसन्धानको लागि नियामकले टेन्सेन्टलाई यस्तो निर्देशन दिएको हो। यद्यपि कम्पनीको अहिले उपलब्ध एपहरु भने डाउनलोड गर्न र सामान्यरुपमा प्रयोग गर्न सकिनेछ।

समाचारमा बताइएअनुसार नियामकले समग्ररुपमा अध्ययन नसक्दासम्म यस वर्षको अन्तिमसम्म टन्सेन्टमाथि लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अपेक्षा छ।

टेन्सेन्टले स्वच्छरुपमा आफ्नो सेवा सञ्चालन गर्दै आएको बताउँदै यस विषयमा सरकारसँग पनि सहकार्य गरेर अघि बढ्ने बर्ताको छ।

चीनले नोभेम्बरको सुरुबाट लागू हुने गरी सूचना संरक्षण कानुन ल्याएको थियो। पछिल्लो समय चीनले प्रविधि कम्पनीमाथि प्रयोगकर्ताको गोपनीयताबारे कडा कानुन ल्याएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.