भारतीय विदेशमन्त्री जयशंकर नेपालमा आउँदै
काठमाडाैं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालका विदेशमन्त्री एनपी साउँदको निमन्त्रणामा नेपालमा आउन लागेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरी ४ र ५ तारेख गरी २ दिने नेपालमा भ्रमणमा आउन लागेका छन् । साउँदलाई भारत-नेपाल संयुक्त आयोगकाे साताैँ बैठककाे सह-अध्यक्षताकाे लागि भारतले धन्यवाद दिएकाे छ। भारत-नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको थियो र यसले दुवै मन्त्रीहरूलाई द्विपक्षीय साझेदारीका सबै पक्षहरूको समीक्षा गर्न मञ्च प्रदान गर्दछ। भ्रमणका क्रममा विदेशमन्त्रीले नेपालको नेतृत्वसँग भेटघाट गर्ने र प्रमुख राजनीतिक व्यक्तित्वहरूसँग पनि भेट गर्नेछन्। स्राेतका अनुसार जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम…