कम्युनिस्ट नेता देव गुरुङमाथि भ्रष्टाचारको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ । पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाउनुभएको हो । वैकल्पिक केन्द्रीय सदस्य केसी र उहाँको सचिवालयका एकजनाले भूकम्प प्रभावितलाई राहत दिन जाजरकोट पुगेकी एक चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई महासचिव गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल को-ओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ । उहाँले दुवैमाथि पार्टी र सरकारले…