प्रवास

७ हजार ५९ नेपाली गण्डकी प्रदेश भित्रिए

७ हजार ५९ नेपाली गण्डकी प्रदेश भित्रिए

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भारतमा रोजगारीका लागि गएका गएका ७ हजार ५९ जना बन्दाबन्दीकै बीचमा गण्डकी प्रदेशमा प्रवेश गरेको बताएका छन् । गण्डकी प्रदेशमा जारी छेटौं अधिवेशनको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यो जानकारी दिएका हुन् । मन्त्री चुमानका अनुसार हिजो मात्रै ३ सय १ भारतबाट र तेस्रो मुलुकबाट २८ जना गण्डकी प्रदेश छिरेका छन् । बाह्य मुलुकबाट प्रदेश आउनेहरको संख्या बढ्दै जान थालेपछि गण्डकीका क्वारेन्टिन भरिभराउ हुन थालेको उनले सुनाए । ‘संक्रमित संख्या बढी रहेको छ, मैले पाएको जानकारी अनुसार आज बिहानसम्म ११५ पुगेको छ,’ उनले भने । सोमबार बिहान…
Read More
क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्टे«लियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको…
Read More
विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ । एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए । विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार,…
Read More
म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे

म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ ।
Read More
भिसा लागेका नेपाली जापान उड्दै

भिसा लागेका नेपाली जापान उड्दै

काठमाडौं । भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगम आज जापानको नारिता उड्दैछ । जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको जहाज नारिता जान लागेको हो । नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ । यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र यसमा नेपालस्थित जापानी दूतावासको कुनै भूमिका समेत नरहेको निगमले बताएको छ । यसअघि कम्पनीले यसैसाता हङकङमा तीन उडान गरी नेपालीलाई हङकङ लगेको छ ।
Read More
बर्मा र युएइबाट नेपाली भाेली ल्याइँने

बर्मा र युएइबाट नेपाली भाेली ल्याइँने

काठमाडौं । सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई ल्याउन भएको छ । सरकारले पहिलोपटक युनाइटेड अरब इमिरेट्स (युएइ) र बर्मामा रहेका नेपालीहरुलाई ल्याउन लागेको हो । उनीहरुलाइ शुक्रवार नेपाल ल्याइनेछ । सरकारले बर्मामा अलपत्र परेका २६ नेपाली तथा युएइमा रहेका १ सय ५० जना भन्दा बढि नेपालीलाई शुक्रवार नेपाल ल्याइने स्रोतले बताएको छ ।
Read More
निगमको एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

निगमको एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु…
Read More
आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ? : भारतमा अलपत्र नेपालीकाे गुहार

आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ? : भारतमा अलपत्र नेपालीकाे गुहार

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?” यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको । उहाँ अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा हुनुहुन्छ । आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै खत्रीेले टेलिफोनमार्फत भने । “४७ जना गाउँले तीनवटा कोठामा बन्दी जस्तै जीवन बताइरहेको छौँ”, अर्का देवबहादुर बस्नेतले रुँदै भने, “बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ ।” “४१ दिनसम्म कमाएको पैसा सबै खाएर सकियो, राहत कसैले दिँदैन कसरी बाँच्ने हामीलाई…
Read More
कोरोनाले १ सय १७ गैरआवासीय नेपालीको मृत्यु (कहाँ,कति?सूचीसहित)

कोरोनाले १ सय १७ गैरआवासीय नेपालीको मृत्यु (कहाँ,कति?सूचीसहित)

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शनिवार साँझसम्म १ सय १७ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो। संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ। त्यस्तै, ५० देखी ९०…
Read More
कतारमा कोरोनाले हजाराैँ नेपाली चपेटामा

कतारमा कोरोनाले हजाराैँ नेपाली चपेटामा

काठमाडौँ । कतारमा कोरोना भाइरसबाट हजाराैँकाे संख्यामा नेपाली कामदार संक्रमित भएका छन्। कतारको जनस्वास्थ्य मन्त्रालयबाट १९ सम्मको सार्वजनिक गरिएकाे रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ । कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६/६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.