अर्थ

सेयर बजारमा सर्किट ब्रेक, कारोबार बन्द

सेयर बजारमा सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं । सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएको छ। २ बजेर १४ मिनेटमा सेयर बजार ६ प्रतिशतले घटेपछि आइतबारका लागि कारोबार बन्द भएको हो। २०५१ बाट सुरु भए लगत्तै बजार ओरालो लागेको थियो। २ बजेपछि तीव्र ओरालो लाग्दा तोकिएको समयसम्म कारोबार हुन पाएन। बजारको नियमित कारोबार ११ बजे सुरु भएर ३ बजेसम्म हुन्छ। आइतबार परिसूचक १२३ अंकले घटेको छ। तर कारोबार भने ७ अर्ब २० करोडभन्दा बढी भएको छ। घटेको बजार १९३२.११ अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ अंकमा सिमित भएको छ।
Read More
घट्यो सुन मूल्य

घट्यो सुन मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकाे छ । गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजावी सुनको मूल्य ९२ हजार २५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।
Read More
नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशत अर्थात ५०८ मिलियन अमेरिकी डलरले गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो । चीन भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । "चीनको आयात कम हुन भनेको समग्र आयातमा परेको मन्दीको एक हिस्सा हो," भन्सार…
Read More
उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहज ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा उद्योग क्षेत्रमा लगानी प्रवद्र्धन गर्न र कोभिड–१९ को प्रभावले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई स्वदेशमै रोजगारी प्रवद्र्धन गर्न अनुदान ग्राहीलाई ब्याज अनुदानमा ऋण प्रवाह कार्यक्रम अगाडि सारेको हो । मन्त्रालयले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाएको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पा र मन्त्रालयका विभागीय प्रमुख रमेश गौतमले सम्झौतापत्रमा हस्ताक्षर…
Read More
सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । कोभिड -१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलता पूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए । अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरूको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए । उहाँले पुराना आयोजना अलपत्र…
Read More
३ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

३ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ। बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनकाे मूल्य शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो। आज ३ सय बृद्धि भएको सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य पनि १५ रुपैयँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
Read More
अन्तर बैंक एटिएमबाट सेवा लिंदा अब शुल्क लाग्ने

अन्तर बैंक एटिएमबाट सेवा लिंदा अब शुल्क लाग्ने

काठमाडौं । अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवा अबदेखि शुल्क लाग्ने भएको हाे । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा विहिबार साँझ जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको छ । त्यस्तै, मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ । कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको…
Read More
कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दावी भुक्तानी तीन दिनभित्र दिन बीमा समितिलाई निर्देशन दिएको छ। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यसअघिकाे निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गर्दै निर्देशन दिएकाे हाे । अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो । हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के-के हुन् भन्दै…
Read More
थामियो नेप्से, आठ अर्बको कारोवार

थामियो नेप्से, आठ अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु आठ अर्बमाथि रहेको छ । कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ता…
Read More
 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुन ९२ हजार १५० रूपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.