अर्थ

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६ पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सहकारी ऐन, २०७४ को दफा १०४ को…
Read More
ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीले) कनिष्ट सहायक रोहित कुमार ओझालाई ले पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको छ । ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Read More
संकटमा कांग्रेस : एक वर्षमै ११ करोड २५ लाख आम्दानी घट्यो

संकटमा कांग्रेस : एक वर्षमै ११ करोड २५ लाख आम्दानी घट्यो

काठमाडौं। नेपाली कांग्रेसको आर्थिक अवस्था नाजुक बनेको पाइएको छ । नयाँ सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ह्वात्तै कमी आएपछि पार्टीको आर्थिक अवस्थामा पनि संकट उत्पन्न भएको हो । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको छ । कांग्रेसले आर्थिक वर्ष २०७८/७९ मा सदस्यता वितरण, लेभी र नवीकरणबापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो । तर, गत आर्थिक वर्ष २०७९/८० मा भने जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ । यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता…
Read More
अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको उक्त सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ। राष्ट्र बैंकको भनाइमा सम्झौतासँगै नेपाल…
Read More
कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एनआइसी एशिया बैंक

कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एनआइसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बताएको छ । बैंकले कर्जा जोखिम भारदरमा कुनै तोडमोड नगरेको पनि उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्यूर्ड रेसिडेन्सियल पोपर्टीज् सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको पनि बैंकले जनाएको छ । त्यस्तै बैंकले आफ्ना शाखा कार्यालयहरु पनि बन्द गर्न लागेको भन्नेमा कुनै सत्यता नरहेको स्पष्ट पारेको…
Read More
काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो । कामपा स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनका अनुसार यसका लागि कामपाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआइएस) को ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ । युजरनेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा कामपा स्वास्थ्य विभागले प्रशिक्षण दिने तयारी गरेको महर्जनले जानकारी दिइन् । उनका अनुसार यस विषयमा कामपाले स्वास्थ्य संस्थालाई परामर्श दिन थालेको छ…
Read More
पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको छ। माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए। गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ। बाह्रै महिना तीर्थयात्री…
Read More

एकैदिन १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार…
Read More
पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

पाल्पा । जिप दुर्घटनामा १० जनाको मृत्यु भएको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको हो । साथै दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ । उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ। ओभर लोडको काराण जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
Read More
घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

काठमाडौँ । चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.