स्वास्थ्य

भारतमा कोरोना संक्रमण दर घट्दै

भारतमा कोरोना संक्रमण दर घट्दै

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ । तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ । अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण देखिएको यो संख्या औषतमा ७५ हजार हाराहारीमा झरेको छ । भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ जनामा संक्रमण भएको थियो । विश्वमा दोस्रो धेरै संक्रमित भएको मुलुक भारतमा बुधबार बिहानसम्म ६७ लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।...
थप दुई जना कोरोना संक्रमितको मृत्यु

थप दुई जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
रुपन्देही- बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए । बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए । गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।...
कर्मचारीमा कोरोना संक्रमण : सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण : सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द

स्वास्थ्य
सिन्धुली । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो । सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए । उनले भने, “कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हौँ ।” हालस...
काठमाडौं उपत्यकामा थपिए १ हजार १७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार १७ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १ हजार १७ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा कोरोना संक्रमित थपिएका थिए । यस्तै नेपालमा आज थप १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३४० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।...
देशभर थपिए १ हजार ५५१ जनामा काेराेना संक्रमित

देशभर थपिए १ हजार ५५१ जनामा काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ३४० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको छ। यसैबीच हिजाे साेमबार देशभर २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
२ हजार ४४० जना काेराेना संक्रमित, ११ सय ३३ डिस्चार्ज, १९ जनाकाे मृत्यु

२ हजार ४४० जना काेराेना संक्रमित, ११ सय ३३ डिस्चार्ज, १९ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार १३३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५५४ पुगेको छ। यसैबीच हिजाे आइतबार देशभर २ हजार २५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा थप एक कोरोना संक्रमितकाे मृत्यु

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा थप एक कोरोना संक्रमितकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्यमा जटिल समस्या आएपछि शनिबार राति १२: ४५ बजे नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउँसो साढे एक बजे मृत्यु भएको हाे । ती पुरुषलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए ।...
दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । काेराेना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको भन्दै आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे । उनले भने 'जो जहाँ जुन अवस्थामा छाैं, त्यही नै बसेर दशैं मनाउन अपिल गरे । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् । आइतबार मात्रै देशभरी २ हजार २५३ जनामा संक्रमण पुष्टि भएकाे छ । यस्तै काठमाडौं उपत्यकमा १ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।...
उपत्यकामा थपिए १ हजार ५९९ काेराेना संक्रमित

उपत्यकामा थपिए १ हजार ५९९ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकमा १ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी १५९९ जनामा काेराेना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज देशभर २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।  ...
आज थपिए २ हजार २५३ काेराेना संक्रमित, १३ सय २९ डिस्चार्ज

आज थपिए २ हजार २५३ काेराेना संक्रमित, १३ सय २९ डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार २५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार २५३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५३५ पुगेको छ।...