स्वास्थ्य

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ । चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको उपचारको क्रममा सोमबार निधन भएको मन्त्रालयका सह(प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए। कोरोना भाइरस संक्रमण देखिएपछि श्रेष्ठलाई वीर अस्पताल भर्ना गरिएको थियो।...
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। गत २४ घण्टामा ३३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्। सोमबार प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा एकजना, सप्तरीमा २ र सर्लाहीमा एकजनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा एकजना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एकजना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एकजना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखा...
प्रदेश २ का आठ जिल्लामा एकैसाथ काेराेना खोप अभियान

प्रदेश २ का आठ जिल्लामा एकैसाथ काेराेना खोप अभियान

स्वास्थ्य
काठमाडाैँ । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गर्नुहुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी गराए । प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले...
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।...
देशभर थपिए २७० कोरोना संक्रमित, ४०३ जना डिस्चार्ज

देशभर थपिए २७० कोरोना संक्रमित, ४०३ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...
नेपालमा कोरोनाविरुद्ध खोप अभियान बुधबारबाट सुरू हुने

नेपालमा कोरोनाविरुद्ध खोप अभियान बुधबारबाट सुरू हुने

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप यही माघ १४ गते बुधबारदेखि लगाउन सुरू गरिने  भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । भारत सरकारले दिएकाे १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ लगाउन सुरू गरिन लागिएकाे हाे ।...
कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप

कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप

स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए । “चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।” उनका अनुसार स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ । उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ ।...
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ। गत २४ घण्टामा २ सय ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्। शनिबार प्रदेश १ को कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन्। प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नव...
प्रधानमन्त्री ओलीले भने- माघ १४ गतेबाट खोप लगाउने कार्य सुरु हुन्छ

प्रधानमन्त्री ओलीले भने- माघ १४ गतेबाट खोप लगाउने कार्य सुरु हुन्छ

Featured, स्वास्थ्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । यसका लागि समूह पनि तयार पारिसकेको उनले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।...