नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ भने संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४१७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको हो।
मन्त्रालयका अनुसार कोरोन भाइरस संक्रमणका कारण २२ जनाको ज्यान गएको छ। कोरोनाबाट नेपालमा हालसम्म ९ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको मन्त्रालयले जनाएको छ । ३०...



