स्वास्थ्य

नेपालमा कोरोना : थप ३२ सय बढी जनामा कोरोना पुष्टि, कति निको भए ?

नेपालमा कोरोना : थप ३२ सय बढी जनामा कोरोना पुष्टि, कति निको भए ?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर्र हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २७ एक जना संक्रमितको मृत्यु भएको छ। देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ४१५ जना क्वारेन्टाइनमा रहेको स्...
चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

समाज, स्वास्थ्य
चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन् । विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन् । आयोगले हालै सार्वजानिक गरेको नतिजा अनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा छ विषयमा सिट सङ्ख्याभन्दा उत्तीर्ण हुनेको सङ्ख्या कम भएको पाइएको छ । आयोगको नतिजा अनुसार एक हजार ४२० बिपिएच सिट संख्यामा ५६५, ९०२ बी फर्मामा ५४७, १५० बिपिटीमा ११४ , ७१ बिएससी एमआइटीमा ३५ मात्रै उत्तीर्ण भएका छन् । यसैगरी ४२५ बिए...
कुन उमेरमा कति घण्टा सुत्ने ?

कुन उमेरमा कति घण्टा सुत्ने ?

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ । शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ । चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ । एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ । तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ । ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ । चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ । अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ । पैंसट्ठी वर...
नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने

नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिए । उनले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताए । हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको...
कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।...
देउवालाई मोदीको फोन : छिट्टै कोरोना खोप उपलब्ध गराउछौँ

देउवालाई मोदीको फोन : छिट्टै कोरोना खोप उपलब्ध गराउछौँ

स्वास्थ्य
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। सोमवार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन भारतीय प्रधानमन्त्री मोदीबाट आएको छ। टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।   Spoke with Prime Minister @DeubaSherbdr to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic. — Narendra Modi (@narendramodi) July 19, 2021...
भारतले नेपाललाई उपलब्ध गरायो १ सय ५० आईसीयू बेड

भारतले नेपाललाई उपलब्ध गरायो १ सय ५० आईसीयू बेड

स्वास्थ्य
काठमाडौं । भारतले नेपाललाई १ सय ५० आईसीयू बेड सहयोग गरेको छ । भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका छन्। हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिद्धता जनाए। त्यस्तै मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना गरे । उनले भने,‘ यो सहयोग कोभिड–१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा हो ।' महामारी सुरु भएयता अत्यावश्यक औषधि, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराइ भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी...
पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित

पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित

स्वास्थ्य
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको संक्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो संक्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।...
कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

पत्रपत्रिका, स्वास्थ्य
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सि...
पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १०८ जना पिअिसार परीक्षण गर्दा दुई हजार १० र ४ हजार ९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर १९ दशमलब २ प्रतिशत रहेको छ। हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर २६ ह...