स्वास्थ्य

तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार ?

तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार ?

स्वास्थ्य
एजेन्सी : मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब तीन हजार वर्षअघि मानव मस्तिष्कको आकार घटेको अध्ययनले देखाएको छ। मस्तिष्कको आकार किन बढ्ने वा घट्ने हुन्छ भन्ने तथ्य चित्रण गर्न कमिलालाई नमुनाका रूपमा अध्ययन गरिएको थियो। मानव समाजमा मस्तिष्क संकुचन सामूहिक बुद्धिको विस्तारसँग समानान्तर हुन्छ। मस्तिष्क उद्विकासको कारण र परिणामको अध्ययन र बुझाइले हामीलाई मानवताको प्रकृति थाहा पाउन मद्दत गर्छ। उद्विकासको इतिहासको दौरानमा मानव मस्तिष्कको आकार बढेको दस्तावेजमा स्पष्टसाथ उल्लेख छ। प्लेइस्टोसिन कालदेखि मानव मस्तिष्कको आकार घटे पनि यो तथ्यलाई कम महत्त्व दिइएको छ। यो परिवर्तन ठ्याक्कै कहिले भयो वा यो तथ्यबारे किन थाहा भएन त? यी सवालका उचित जबाफको प्रतीक्षा गर्नै पर्छ। ‘मानव शरीरबारे आश्चर्यजनक तथ्य क...
जजारकोटमा अवैध रूपमा औषधि पसल सञ्चालन

जजारकोटमा अवैध रूपमा औषधि पसल सञ्चालन

स्वास्थ्य
जजारकोट : कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन् । पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन् । चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए । जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन् । सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औषधि पसलको संख्या बढी छ । स्वास्थ्य चौकीको संख्या पाँच र आधारभूत स्वास्थ्य सेवा केन्द्रको संख्या चार मात्र छ । ...
पाँच वर्षमाथिका बालबालिकाका लागि पनि खोप ल्याउँदै फाइजर

पाँच वर्षमाथिका बालबालिकाका लागि पनि खोप ल्याउँदै फाइजर

स्वास्थ्य
काठमाडौं : अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ। हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ। उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो । ‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ। २ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्र...
कोरोना संक्रमणबाट एकै दिनमा एक हजार जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिनमा एक हजार जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा पछिल्लो साता रुपमा संक्रमणको दर बढ्दो छ । रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसपमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन् । शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ । रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘संक्रमण बडिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नदगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ ।’ य...
नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?

नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?

Featured, स्वास्थ्य
काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने काम चलिरहेको छ। दसैँको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ। नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। अर्थात् ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। त्यसैगरी, ३८.६ प्रतिशत (८३ लाख ८८ हजार ४०२ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्। सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन। सरकारले दसैं अघिसम्म लक्षित जनसंख्याम...
नेपालमा कोरोना : थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, कति भए निको ?

नेपालमा कोरोना : थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, कति भए निको ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ। देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन् भने ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
नेपालमा कति जनाले लगाए कोरोनाविरुद्धको दुवै डोज ?

नेपालमा कति जनाले लगाए कोरोनाविरुद्धको दुवै डोज ?

स्वास्थ्य
काठमाडौं । नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् । शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ६४२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये १६ हजार ३७१ जना होम आइसोलेसन, १ हजार २७१ जना संस्थागत आइसोलेसन, ३५० जना आईसीयू र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप १ हजार १...
नेपालमा कोरोना : संक्रमितभन्दा निको हुनेको संख्या बढी (विवरणसहित)

नेपालमा कोरोना : संक्रमितभन्दा निको हुनेको संख्या बढी (विवरणसहित)

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार २१९ जनामा परीक्षण गर्दा ८६७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ र २ सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घन्टामा एक हजार १२३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६७ हजार ८१९ पुगेको छ । नेपालमा संक्रमणमुक्त दर ९६.४ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १५७ जनाको निधन भइसकेको छ । हाल देशभर ३५० जना सघन उपचार कक्ष (आईसीयू), ११२ जना भेन्टिलेटर, १६ हजार ३७१ जना होम आइसोलेसन, एक हजार २७१ जना संस्थागत आइसोलेसन र २३९ जन...
नेपालमा काेराेनाकाे कस्ताे छ पछिल्लाे अवस्था ?

नेपालमा काेराेनाकाे कस्ताे छ पछिल्लाे अवस्था ?

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

स्वास्थ्य
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड – १९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो । पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीवार दिइएको लिखित निवेदनमा जनाइएको छ । साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनु...