सूचना/प्रविधि

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

सूचना/प्रविधि
काठमाडौं । सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्यूजलगायतका वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीका प्रबन्ध निर्देशक क्याथरिन ब्राण्ड भन्नुहुन्छ, “प्रविधिका क्षेत्रमा विद्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउनसक्ने सोचसहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गछौँ । सगुन एउटा प्रविधिको क्षेत्रमा उच्च सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेका छौँ ।” एक्जेम्प्लर कम्पनीसँगको साझेदारीका विषयमा थप प्रष्ट पार्न गरिएको अनुरोधमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, “भारतमा अनुसन्धान र प्रोडक्ट डिभलेपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवसाय वृद्धिका लागि टिम तयार गरी शुरुका दि...
नेपालमा खरिद गरिएको मोबाइलको आइएमइआई दर्ता गर्नु नपर्ने

नेपालमा खरिद गरिएको मोबाइलको आइएमइआई दर्ता गर्नु नपर्ने

सूचना/प्रविधि
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरिद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ। प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्दैछ । ‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । प्राधिकरणको वेबसाइटमा उपलब्ध लिङ्कमा दर्ता गर्ने क्रम पनि अत्याधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन...
जनतालाई भोकै मर्न दिइने छैन, यस स्थितिमा अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ: प्रधानमन्त्री ओली 

जनतालाई भोकै मर्न दिइने छैन, यस स्थितिमा अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ: प्रधानमन्त्री ओली 

सूचना/प्रविधि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाए । सबैजसो अ...
निषेधाज्ञाको समयमा पेट्रोल पम्प खुलै रहने

निषेधाज्ञाको समयमा पेट्रोल पम्प खुलै रहने

सूचना/प्रविधि
काठमाडौंँ । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको हो । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।-रासस...
देशका विभिन्न जिल्लामा निषेधाज्ञा,प्रहरीले कसरी कार्यान्वयन गराउँदैछ ?

देशका विभिन्न जिल्लामा निषेधाज्ञा,प्रहरीले कसरी कार्यान्वयन गराउँदैछ ?

Featured, सूचना/प्रविधि, स्वास्थ्य
सप्तरी । चेन ब्रेक गर्न अर्थात्‌ कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न भन्दै काठमाण्डू उपत्यकाका तीनसहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहीवार बिहानबाट लागु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप १० जिल्ला दुई सयभन्दा बढी सङ्क्रमित छन्। पछिल्लो पटक काठमाण्डू, ललितपुर, भक्तपुर र पर्सा जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते बिहानबाट वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेगरी निषेधाज्ञा जारी गरेका हुन्। बाँके जिल्ला प्रशासनले वैशाख १२ गतेदेखि र कास्की जिल्ला प्रशासनले वैशाख १५ गतेबाट जिल्लाभरि निषेधाज्ञा लागु गरिसकेका छन् । नेपाल प्रहरीका अनुसार हाल १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ। प्रहरीले कसरी कार्यान्वयन गराउँदैछ ? ...
नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण

सूचना/प्रविधि
काठमाडौँ। एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ । मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्...
दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन

सूचना/प्रविधि
काठमाडौं । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो । 'होल्डिङ अप हाफ द स्काइ ? हाउ होसाइल द साउथ-एसियन सोसल मिडिया स्पेस फर वुमन' शीर्षकमा गरिएको उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो । प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग गर्ने कम गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपटि क्रमश: पाकिस्त...
मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

समाज, सूचना/प्रविधि
काठमाडौं। नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा ग...
अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

सूचना/प्रविधि
माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ । त्यसरी क्लिक गरेपछि मात्र युट्युब भिडियो खुल्दछ छुट्टै पेजमा । प्रयोगकर्ताको यहीँ हैरानीलाई मध्यनजर गर्दै ट्वीटरले नयाँ फिचर सुरु गर्न लागेको हो । जस अनुसार अब ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटर एपबाट बाहिर ननिस्किकनै युट्युब भिडियो हेर्न पाउनेछन् । यो नयाँ फिचरको परीक्षण चलिरहेको बताइएको छ र हालका लागि आईओएस प्लाटफर्ममा परीक्षण भइरहेको छ । समाचार अनुसार आईओएसमा ४ हप्ताको परीक्षण पश्चात् ट्वीटरले यो फिचरलाई एन्ड्रोइडमा समेत परीक्षण गरेर त्यसबाट आउन...
१५ वर्षको भयो ट्विटर, २९ करोड रूपैयाँमा बिक्यो पहिलो ट्वीट !

१५ वर्षको भयो ट्विटर, २९ करोड रूपैयाँमा बिक्यो पहिलो ट्वीट !

सूचना/प्रविधि
तपाईंहरूले लोकप्रिय माइक्रो ब्लगिङ साइट ट्विटरबारे त अवश्य सुन्नुभएको होला । कतिपयले प्रयोग पनि गर्नुहुन्छ होला । तर तपाईंलाई थाहा छ पहिलो ट्वीट कसले र कहिले गरेका थिए ? स्मरण रहोस्, आजभन्दा ठ्याक्कै १५ वर्ष पहिले २२ मार्च २००६ का दिन पहिलो ट्वीट गरिएको थियो । पहिलो ट्वीट ट्विटरका सीईओ ज्याक डोर्सीले २२ मार्च बिहानको राति २ बजेर २० मिनेट जाँदा गरेका थिए । उक्त ट्वीटमा लेखिएको थियो– "just setting up my twttr" अझै रोचक त के भने ज्याक डोर्सीको यो ट्वीट २.५ मिलियन डलर अर्थात करीब २९ करोड नेपाली रूपैयाँमा लिलामी भएको छ ।...