सूचना/प्रविधि

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

सूचना/प्रविधि
काठमाडौं : फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ। गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए। विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो। फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ। त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। ‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गो...
फेसबुकले राख्यो नयाँ नाम ?

फेसबुकले राख्यो नयाँ नाम ?

सूचना/प्रविधि
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै आफ्नो कर्पोरेट नाम ‘मेटा’ राखेको छ । कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने बताएको छ । यससँगै कम्पनीले सामाजिक सञ्जालबाहेक भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउने भएको छ । फेसबुकले हालै ‘मेटाभर्स’ विकास गर्न युरोपमा १०,००० जनालाई भर्ती गर्ने घोषणा गरेको थियो । बिहीबार फेसबुकका सिइओ मार्क जकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा नाम परिवार्तनको घोषणा गरेका हुन् । ‘हामी त्यस्तो कम्पनी हो जसले जोड्नका लागि प्रविधिको विका गर्छौं,’ मार्कले भने, ‘सँगै अन्ततः हामी मानिसलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्नेछौं।’ उनले फेसबुक नामले मात्र कम्पनीका सबै कामबारे वर्णन नगर्ने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए। ‘हामी को हौं र के बनाउने आशा राख्छौं भन्ने कुरा प्रतिबिम्बित गर्नका लागि यसो गरिए...
टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

सूचना/प्रविधि
काठमाडौं । नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिले सहकार्यका लागि सम्झौता गरेका छन्। त्यसका लागि आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउन टेलिकम र इभोलुनबीच सम्झौता भएको छ। नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो ९२०७८ कार्तिक १० गते० हस्ताक्षर गरेका छन्। उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद...
फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै

फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै

सूचना/प्रविधि
क्यालिफोर्निया : विशाल सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो। फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ। यद्यपि, फेसबुकले ‘हल्ला र अनुमान’को तत्काल टिप्पणी नगर्ने प्रतिक्रिया दिएको छ। मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।...
नेपाल टेलिकमको नेटवर्कमा यी वेबसाइट चलाउँदा लाग्दैन पैसा

नेपाल टेलिकमको नेटवर्कमा यी वेबसाइट चलाउँदा लाग्दैन पैसा

सूचना/प्रविधि
काठमाडौं : नेपाल टेलिकमले ६ सयभन्दा बढी वेबसाइट पैसा नलाग्ने बनाएको छ । टेलिकमले चार वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा दिँदै आएको छ । सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरिएको हो । सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ (.gov.np) डोमेनमा रहेका वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशुल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ । drrportal.gov.np daodhading.moha.gov.np daokathmandu.moha.gov.np daosyangja.moha.gov.np daogorkha.moha.gov.np daokaski.moha.gov.np www.ntc.net.np www.moenonline.moen.gov.np training.gov.np www.training.gov.np slcresult.soce.gov.np www.moha.gov.np moha.gov.np daorukum.moha.gov.np daoilam.moha.gov.np daochitwan.moha.gov.np erao.moha.gov.np ...
एनटीसी र एनसेल सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

एनटीसी र एनसेल सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

सूचना/प्रविधि
काठमाडौँ । आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ । यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ । टेलिफोन सेवा प्रदायक हरुले पनि एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी आफ्ना मातहातका केन्द्रलाइ निर्देशन दिएको छ । सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ? नेपाल टेलिकमले यूएसएसडी मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सक...
के सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? सावधान

के सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? सावधान

सूचना/प्रविधि
काठमाडौं । मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरुले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ । एक अनुसन्धानले फोनलाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ । चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् । अनुसन्धानकर्ताहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढी विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो...
यी हुन् माउस बिर्साउने विन्डोजका २० महत्वपूर्ण शर्टकट ‘की’हरु

यी हुन् माउस बिर्साउने विन्डोजका २० महत्वपूर्ण शर्टकट ‘की’हरु

सूचना/प्रविधि
काठमाडौं । कम्प्युटर चलाइरहँदा कुनै काम गर्नका लागि माउसबाट क्लिक गर्दै जानु वा मेन्यूमा नेभिगेट गर्नुको साटो एउटा किबोर्ड शर्टकर्ट कीले काम भ्याउन पाउँदा निकै सजिलो तथा समयको बचत पनि हुन्छ । एकपटक कम्प्युटरमा काम गर्दा दुई/चार पटक शर्टकट की प्रयोग गरेर केही सेकेण्ड वा मिनेट समय बचाउनु खासै ठूलो कुरा लाग्दैन । तर हरेक दिन, महिना तथा वर्षौंसम्म कम्प्युटर चलाउँदा यसरी हरेक दिन बचाएको समय जोड्ने हो भने निकै उल्लेख्य समय बचत हुँदोरहेछ । त्यसैले कम्प्युटर चलाउनेले विन्डोजले उपलब्ध गराएका शर्टकट कीहरुबारे जान्नु निकै उपयोगी हुन्छ । यसले तपाईंको डिजिटल व्यवहारमा स्मार्टनेस ल्याउने तथा समयको बचत गराई कार्यदक्षतामा पनि वृद्धि गर्न सक्दछ । यहाँ माउसलाई झण्डै निकम्मा नै बनाउने २० वटा अति महत्वपूर्ण शर्टकट कीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ । Ctrl+Z: Undo – यसले तपाईंले कम्प्युटरमा तत्काल गरिर...
सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

सूचना/प्रविधि
काठमाडौँ । आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ । यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ । टेलिफोन सेवा प्रदायक हरुले पनि एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी आफ्ना मातहातका केन्द्रलाइ निर्देशन दिएको छ । सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ? नेपाल टेलिकमले यूएसएसडी मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सक...
चर्चामा युएसबी कण्डम : के हो यो ? यसले के काम गर्छ ? कसरी प्रयोग गर्ने ?

चर्चामा युएसबी कण्डम : के हो यो ? यसले के काम गर्छ ? कसरी प्रयोग गर्ने ?

सूचना/प्रविधि
एजेन्सी। युएसबी कण्डमः झ्वाट्ट सुन्दा परिवजार नियोजनको साधन होकि जस्तो लाग्छ। तर यो परिवार नियोजनको साधन होइन। यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट बचाउने काम गर्छ। आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ। उसैपनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ। तर जति सहज बनाएको त्यसैगरी असुरक्षित पनि बनाइरहेकै छ। के हो युएसबी कण्डम ? हामीले आफ्ना लागि आवश्यक विभिन्न डेटाहरु, नितान्त व्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज, इमेल, अडियो, भिडियो सामाग्री, बैकिङ्ग जानकारी एउटा सानो मोवाइल, वा चिपमा सुरक्षित गरेर राख्न सक्छौँ वा राखेका छौँ। तर कहिल्लै सोच्नु भएको छ ? त्यो कति सुरक्षित छ ? कतै ती तथ्याङ्क वा जानकारीहर...