राजनीति

अहिले नै हटाइहाले पनि केही छैनः प्रधानमन्त्री ओली

अहिले नै हटाइहाले पनि केही छैनः प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका छन् । राजधानीमा नेपाल उद्दोग वाणिज्य महासंघको ५५ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका हुन् । उनले ‘अहिले नै हटाइहाले भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फँयाकिनेछन् ।’ भनेका छन् । उनले वर्तमान सरकारलाई केही महिनालाई तलमाथि पारिहालेमा चिन्ता नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीविरुद्ध सत्ता समिकरण बनाउने प्रयास भइरहँदा पछिल्लो भनाई सार्वजनिक भएको हो ।...
‘कांग्रेस नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छ’

‘कांग्रेस नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छ’

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा शनिबार पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए। जनता समाजवादी पार्टी ९जसपा०को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छरु भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए । नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने,'कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टा...
‘कांग्रेसभित्र कुनै विवाद छैन’

‘कांग्रेसभित्र कुनै विवाद छैन’

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौं सम्पर्क समितिले शनिबार यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् । ुकांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छु, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरु...
कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ:  महामन्त्री डा.कोइराला

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ: महामन्त्री डा.कोइराला

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अब छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग बोल्दै गर्दै महामन्त्री डा. कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो । कोइरालाले थपे, “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए। फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। उनले भने,“समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न...
देउवा र प्रचण्ड महन्थलाई प्रधानमन्त्री बनाउन तयार

देउवा र प्रचण्ड महन्थलाई प्रधानमन्त्री बनाउन तयार

राजनीति
काठमाडौंं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएका छन् । आज देउवानिवास बुढानिलकण्ठमा बसेको बैठकमा देउवा र प्रचण्ड ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् । बैठकमा देउवा र प्रचण्ड दुवैले सहमतिका लागि ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने विषय राखेको विश्वस्त स्रोतल जनाएको छ । देउवाले लोकतान्त्रिक गठबन्धन बनाएर जाने प्रस्ताव राख्दै महन्थलाई प्रधानमन्त्री बनाएर जान समस्या नभएको बताएको बुझिएको छ । तर, उनले पार्टीभित्र छलफलको समय मागेका छन् । काँग्रेसभित्र ओली सरकारको विकल्प खोज्न दबाब बढ्दै जाँदा देउवा लचिलो बनेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउन नेताहरु सहमत भएसँगै राजनीति रोचक मोडमा पुगेको छ ।...
बुढानिलकण्ठमा तीन दलको बैठक सुरू

बुढानिलकण्ठमा तीन दलको बैठक सुरू

राजनीति
काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको तीन दलको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको तीन दलको बैठक सुरु भएको हो । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सहभागी छन् ।...
प्रदेश नं १ को प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

प्रदेश नं १ को प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

राजनीति
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले बताए । उभिनुभएका सांसदलाई पटकपटक आशन ग्रहण गर्न उपसभामुख पोखरेलले आग्रह गर्दा पनि सांसदले आशन ग्रहण नगरेपछि बोल्न समय पाउनुभएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गरे । उनले हामी अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसको धारणामा समानता र मुद्दामा ऐक्यबद्ध छौँ भन्दै सरकारले चालु आर्थिक वर्षका लागि सञ्चालित योजना अलपत्र अवस्थामा रहेकाले अविलम्ब सञ्चालन गर्नुपर्ने माग गरे। प्रमुख सचेतक मगरले ...
पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ

Featured, राजनीति
काठमाडौं । सांसद पद गुमाएका चार नेताले फेरि मन्त्री पदको शपथ लिने भएका छन् । सांसद पद गुमाएका चार नेताले फेरि मन्त्री पदको शपथ लिने कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका छन् । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चारैजना मन्त्री हुन्। नेकपा माओवादी केन्द्रले चारैजनालाई दलबाट निश्कासनको कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा सार्वजनिक गरेपछि उनीहरुको सांसद पद खारेज भएको थियो। पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री...
कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक, सत्ता समिकरणबारे छलफल हुने

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक, सत्ता समिकरणबारे छलफल हुने

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज ३ बजे तीन दलको बैठक बोलाएका हुन् । बैठकमा सत्ता समिकरणकै विषयमा कुराकानी केन्द्रित हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा तीनवटै दलका शिर्ष नेताहरु सहभागी हुने बुझिएको छ । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् । माओवादी केन्द्रका एक नेताका अनुसार भोलि हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । ‘जसपाले एकाध दिन समय माग्यो भने बेग्लै हो, नभए सरकार...
नेता साउद भन्छन्; प्रधानमन्त्री ओलीलाई हटाउन काँग्रेस जुटिसक्यो

नेता साउद भन्छन्; प्रधानमन्त्री ओलीलाई हटाउन काँग्रेस जुटिसक्यो

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन काँग्रेस जुटिसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा एक पत्रकारसँग कुरा गर्दै नेता साउदले प्रधानमन्त्री ओलीलाई हटाउन काँग्रेस जुटिसकेको बताएका हुन् । साउदले एमालेबाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे काँग्रेस छलफलमा जुटेको बताएका छन् । साथै उनले देशमा संकट निम्याँउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको तर्क गरेका छन् ।...