चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग
काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै राजदूत सङलाई पर्सना नन ग्राटा घोषणा माग गरेको हो ।
हालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेका थिए । त्यही विषय स्मरण गराउँदै यस्ता गैरकूटनीतिक अभिब्यक्ति दिने राजदूतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ । भारतसँगको व्यापारमा घाटा भइरहेकाले नेपालले चीनसँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाइ नितान्त गैरकूटनीतिक भएको भन्दै अभियानले राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो ।
चिनियाँ राजदूतको भनाइ नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनीय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेका बेला आएको यस्तो...







