ठाकुर पक्षको जिल्ला दौडाहा : सरकारमा जाने निर्णयको प्रतिरक्षा, उपेन्द्र यादवको भण्डाफोर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता नपाएको, तर नयाँ दल दर्ता नगरिसकेको महन्थ ठाकुर तर्फका नेताहरु जिल्ला दौडाहामा छन्।
महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताको टोलीले १७ जिल्लामा अगुवा कार्यकर्ता भेला गरेको छ । प्रदेश–१ को झापा, मोरङ र सुनसरी, प्रदेश–२ को बारा, सर्लाही, सिराहा, सप्तरी धनुषा र महोत्तरी, लुम्बिनीको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला सकिएको छ ।
नेताहरुका अनुसार, अगुवा कार्यकर्ता भेलाका मुख्यतः तीन उद्देश्य छन् ।
पहिलो : ओली सरकारमा सहभागिताको प्रतीरक्षा
७ जेठको मध्यरात दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृवको सरकारमा सहभागी भएको ठाकुर पक्ष १९ दिनमा हट्नु परेको थियो । सरकारमा जाने कदमको बचाउमा यो समूहको तर्क छ– उपेन्द्र यादवले १८ महि...








