पत्रपत्रिका

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

पत्रपत्रिका
काठमाडौं । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका ...
कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

पत्रपत्रिका
काठमाडौँ । आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ । समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो ।...
कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

पत्रपत्रिका, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’ देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।...
आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

पत्रपत्रिका
काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वको हवाई भाडा पुनरवलोकन समितिले पाँच क्षेत्रबाहेक सबैमा लागू रहेको डलर फेयर हटाउन सरकारलाई सिफारिश गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रावधान हटाउने तयारी गरेको हो । उक्त समितिमा निजी वायुसेवा संघका उपाध्यक्ष यती एयरका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र संघका महासचिव एवम् समिट एयरका प्रबन्धक मनोज कार्की पनि सदस्यका रूपमा थिए । तर, नेपाली वायुसेवा सञ्चालकहरूले भने सरकारले आन्तरिक उडानमा स्वदेशी र विदेशीलाई एउटै भाडा दर कायम गरे अहिलेको भाडादरभन्दा कैयौं गुणा महँगो हुन सक्ने भन्दै विरोध गरेका छन् । निजी वायु सेवाहरूले आन्तरिक उडानमा विदेशीका निम्ति डरलमा भाडा लिँदै ...
नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

पत्रपत्रिका
काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्। विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, पतिको थर राख्न नपाउँदा समाज विभाजित हुने, जातीय विभेद कायमै रहने उनीहरूको तर्क छ। सभापति श्रेष्ठले असार ९ गते प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा पतिको थर राखिएका नागरिकता सच्याएर महिलाले आमा वा बुवाको थर र अन्य विवरण राखी अर्को नागरिकता लिने प्रावधान राखिएको छ। महिलाले पतिको थर राखेर अर्को नागरिकता लिन बन्देज गर्न खोजिएको नेकपाका सांसदको आरोप छ। श्रेष्ठको धारणा भने ‘इच्छुकका लागि मात्र’ छ...
‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’

‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’

पत्रपत्रिका, राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारित गर्न लागिएको हो । प्रस्तावित व्यवस्थाप्रति आलोचना भएपछि उक्त व्यवस्था हटाएर विधेयक पारितको प्रक्रिया अघि बढाउन सत्तारूढ दल तयार भएको थियो । सोहीअनुसार विधायन व्यवस्थापन समितिका तर्फबाट बनेको प्रतिवेदनको केही अंश परिमार्जन हुन लागेको हो । सचिवालय स्रोतका अनुसार असार १७ गते बस्ने बैठकले विधेयक पारित गर्नेछ । विधेयक पारितका क्रममा प्रतिवेदन संशोधनको व्यहोरा सरकारबाट सदनमा नै स्वीकार हुनेछ । स्वीकार भएको व्यवस्थाअनुसार विधेयक पारित हुनेछ । पब्लिक कम्पनी, बीमा, मेडिकल कलेज लगायतको अनियमितता अख्तियारलाई हेर्न दिने प्रस्त...
कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

पत्रपत्रिका, राजनीति
काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’ प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’ ‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’ दाहाललाई व...
मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

पत्रपत्रिका
काठमाडौं । एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय जस्तो महत्त्वपूर्ण निकाय दोहोरो मन्त्रीको भूमिकामा चलिरहेका छन् । दोहोरो भूमिका निर्वाह गरेका मन्त्रीले समय नदिँदा मन्त्रालयको काम कारबाही भने प्रभावित भएका छन् । मन्त्री नहुँदा मन्त्रालयको नियमित काममा समेत असर परेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा विवादित भएपछि फागुन पहिलो साता राजीनामा दिएसँगै मन्त्रालय खाली छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मा पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई सुम्पिएका छन् । एउटै व्यक्तिले दोहोरो जिम्मेवारी निभाउनुपर्दा मन्त्रालयका काम कारबाही प्रभावहीन भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।...
निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

पत्रपत्रिका
काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी वासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना २ दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको १ व...
एमसीसी एउटा जाल हो, नेपाल खाने चाल हो !

एमसीसी एउटा जाल हो, नेपाल खाने चाल हो !

पत्रपत्रिका
काठमाडौं । अ‍मेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न नहुने भन्दै युवाहरुले प्रदर्शन गरेका छन्। बुधबार एमसीसी खारेजको मागसहित माइतीघरदेखि बानेश्वरसम्म युवाहरुको र्‍याली गरेका छन्। 'एमसीसी सझौता खारेज गर, राष्ट्रिय स्वधीनताको रक्षा गर, एमसीसी सहयोग चाहिदैन, देश बेच्न पाइँदैन, जनता होऔं होसियार, नेतालाई गरौं खबदार, भन्नोस् एमसीसी के हो ? आई.पी.एस.को अंग हो, भन्नोस् आइ .पी.एस. के हो ?, साम्राज्यबादी गठबन्दन हो , एमसीसी एउटा जाल हो , नेपाल खाने चाल हो , एमसीसी संशोधन धोका हो , द्वन्द छिर्ने ढोका हो, असंलग्न नेपाललाई, सैन्य गठबन्धन चाँहिदैन !, पंचशीलको सिदान्त, मासी खान पाइँदैन !, इन्डो-अमेरिकी गठबन्धन, मुर्दावाद-मुर्दावाद र नेपाली राष्ट्रिय स्वाभिमान, जिन्दावाद जिन्दावाद भन्दै नारा लगाइएको थियो। मुलुकको राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने भएक...