पत्रपत्रिका

जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी

पत्रपत्रिका
जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । ८ जनामध्ये दुई जना महिला हुन् । मंगलबार राति गरिएको पिसिआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा मंगल रावलले बताए । संक्रमणको थप जोखिम बढ्ने भन...
गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

पत्रपत्रिका
जनकपुरधाम । बसमा वम विस्फोट गराएको आरोपमा रौतहटको इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरिएको छ । घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर र रौतहट प्रहरीको संयुक्त टोलीले इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । २०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । त्यस बेला शेख गुलाम मोर्चाका जिल्ला नेता थिए । घटनामा उनीहरुको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । त्यहीबेला घटनामा ७ जना संलग्न रहेको खुलेको थियो । ५ जना अझै फरार छन् । ‘गुलाम र साहलाई प्रदेश टोलीले एक सातादेखि पिछा गर्दै आएको थियो,’ डि...
६ दशकदेखि तिब्बततिर नेपाली, बेखबर नेपाल सरकार

६ दशकदेखि तिब्बततिर नेपाली, बेखबर नेपाल सरकार

पत्रपत्रिका, समाज
गोरखा । करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर उक्ति नै चलेको थियो, ‘न्याय नपाए गोर्खा जानू खोज्न।’ त्यही गोर्खा अहिले भने ६० वर्षदेखि एउटा गाउँ पराइलाई सुम्पिएर मौन बस्दै आएको छ। उत्तरी गोरखाको रुई गाउँ नेपालको हो। तर, सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ। गोरखाको रुई भोटअन्तर्गत पर्ने रुई गाउँमा हाल ७२ घर छन्। नेपाली सरकारी अधिकारीले ‘प्रलोभनमा परेर’ सीमा स्तम्भ सार्न अनुमति दिए पनि नेपालको नक्सामा यो समेटिएकै छ। रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। बिर्तासम्बन्धी नम्बरीको ढड्डा नं. १ मा रुईभोट, सामागाउँलगायतका बासिन्दाले राजस्व तिरेको उल्लेख रहेको कार्यालयका सहायक कर्मचारी ठाकुर खनाल बताउँछन्। ‘अठार सय खोलादेखि रुईभोटसम्मका बासिन्दाले तिरो तिरेको अभिलेख कार्यालयको तामेल शाखामा हेर्न...
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय

कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय

पत्रपत्रिका
काठमाडौं : कोरोना भाइस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । लकडाउन खुकुलो हुँदा संक्रमण बड्दै गएको भन्दै केन्द्रले अत्यावश्यक काम नभएर बाहिर ननिस्कने र बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । केन्द्रको बैठकका -क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने, -संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने, -रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,...
रूकुम घटनाले लियाे नयाँ माेड, पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी

रूकुम घटनाले लियाे नयाँ माेड, पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी

पत्रपत्रिका, सुरक्षा/अपराध
जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ। शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन्। पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए। प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन्। अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ। ड...
अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

पत्रपत्रिका
काठमाडौं । सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवादसम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो । नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ । ‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछे,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । ...
चर्को हवाई शुल्कले कामदार मारमा, नेपाल फर्किन एक लाख १५ हजारसम्म तिर्न वाध्य

चर्को हवाई शुल्कले कामदार मारमा, नेपाल फर्किन एक लाख १५ हजारसम्म तिर्न वाध्य

अर्थ, पत्रपत्रिका
काठमाडौं । वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि कामदार तनावमा छन्। खाडी तथा मलेसियामा उचित कमाइ नभइरहेको अवस्थामा कोरोनाका कारण फर्किन वाध्य भएको र त्यसमा पनि महँगो शुल्क तिर्नुपर्दा कामदार समस्यामा परेको बताएका छन्। सरकारले सामान्यभन्दा तीन गुणा बढी हवाई शुल्क निर्धारण गरेपछि कामदार मारमा परेका हुन्। श्रमविज्ञ डा. गणेशमान गुरुङले सामान्य समयको भन्दा तीनगुणा बढी हवाई शुल्क निर्धारण गरेर कामदारलाई सास्ती दिएको बताए। चार्टर्ड नगरी हप्ताको एउटामात्र उडान दिएर सबैलाई उडान अवसर दिएको ...
‘भारतसँग तत्काल वार्ता हुन्छ’

‘भारतसँग तत्काल वार्ता हुन्छ’

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको विषयमा एउटा अध्याय पूरा भएको र अर्को अध्यायका लागि भारतसँग वार्ता हुने बताएका छन्। नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएलगत्तै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले तत्काल भारतसँग दुईपक्षीय वार्ता सुरु गरिने र त्यसबाट आफ्नो भूमि पूर्णरूपमा फिर्ता लिने बचन दिएका हुन्। प्रधानमन्त्री ओलीले संसद्बाट फर्कने क्रममा भने, ‘राष्ट्रियताको पक्षमा मुलुक एकजुट हुनु राम्रो र सुखद सन्देश हो। भारतसँग तत्काल वार्ता हुन्छ।’ ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो एकता देखिएको छ। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ’, प्रधानमन्त्रीले भने, ‘अब छिट्टै वार्ता हुनेछ। वार्ता प्रक्रिया अगाडि बढ्छ।’  अन्नपुर्ण पाेष्टबाट...
संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

पत्रपत्रिका, राजनीति
काठमाडाैँ । नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ। नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने आपसी समझदारीको उल्लघंन गरेको दाबी भारतको छ। उक्त घटनालाई निकै गम्भीर र चासोको रूपमा लिएको भारतले जनाएको छ। संविधान संशोधन भएको केही बेरमा नै भारतीय विदेश मन्त्रालयले यस्तो धारणा बाहिर ल्याएको हो। ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक नेपालको संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले दुई मुलुकबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।’ नेपालले कृत्रिम तरिकाले भूभागको विस्तारको नक्सा जारी गर...
लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

पत्रपत्रिका, राजनीति
काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए । उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नुपरेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थितीसमेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।...