किन बाबुरामको पिछलग्गू बन्दैछन् पौडेल? अझै राष्ट्रपतिको लोभ !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई सत्तामा टिकाइराख्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । उनले आफ्नै पार्टीले पाएको झण्डै दुईतिहाइको बहुमतलाई समेत विश्वास गरेनन् ।
ओलीले संसद विघटन गरेर दुईतिहाइको बहुमत तहस–नहस बनाएका छन् । ओलीले संसद विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचन गर्ने जनाएका छन् । तर, ओलीले वैशाखमा कुनैपनि हालतमा निर्वाचन नगर्ने उनकै निकटका नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएर संसद विघटन गरेर वैशाखमा निर्वाचनको तयारी गरेका ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कुनै पनि काम गरेका छैनन् ।
ओली निकटका एकजना केन्द्रीय सदस्यले भने, ‘वैशाखमा निर्वाचन हुँदैन । निर्वाचन भइहाल्यो भने आगामी मंसिर–पुस महिनातिर होला ।’
ओलीले संसद विघटन गरेर आफू अनुकूलको निर्णय गर्नका लागि विभिन्न तयारीहरू गरिरहेका छन् । ओलीले संकट लगाउने विषयमा पनि निकटा नेता...








