पत्रपत्रिका

शिक्षण र धुलिखेल धुलिखेल अस्पतालमा दुईवटा खोपको तेस्रो चरणका ट्रायल गरिँदै

शिक्षण र धुलिखेल धुलिखेल अस्पतालमा दुईवटा खोपको तेस्रो चरणका ट्रायल गरिँदै

पत्रपत्रिका
काठमाडाैँ । अस्ट्रेलियन कम्पनीहरु क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको नेपालमा तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ । चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ । दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्ट...
अध्यक्ष बन्न नपाएपछि ईश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

अध्यक्ष बन्न नपाएपछि ईश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

पत्रपत्रिका
काठमाडौं। अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् । कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘राजीनामा पत्र आएको छ,’ उनले भने, ‘अध्यक्ष बन्न नपाएपछि राजीनामा आएको देखिन्छ ।’ अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उहाँ (कोइराला)उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्...
जेलभित्रका अपराधीलाई छाड्न ओलीले रचे यस्तो तयारी

जेलभित्रका अपराधीलाई छाड्न ओलीले रचे यस्तो तयारी

पत्रपत्रिका
काठमाडौं। धेरै कैदी छाड्नकै लागि मन्त्रिपरिषद्ले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ७ फागुनको प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले ठूलो संख्यामा कैदीहरूलाई छाड्ने तयारी गरेको छ । स्रोतका अनुसार असल चालचलन नभएकाहरूलाई समेत छाड्न लागिएको छ । कोरोना महामारीको कारण देखाएर धेरैलाई छाड्न लागिएको हो । केही गम्भीर प्रकृतिका मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान छ । अहिले सर्वोच्च अदालतका फैसलालगायतको आधारमा कैद मिनाहामा केही लचकता अपनाउन लागिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोखरेलले बताए । कस्ता कैदीलाई असल चालचलन भएको भन्ने प्रस्ट प्रावधान छैन । जसकारण यसको दुरुपयोग हुँदै आएको छ । असल चालचलनका आधारमा कैद छुट पाएर छुटेकाहरू पछि फेरि अपराधमा संलग्न भएका धेरै घटना रह...
सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?

सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?

पत्रपत्रिका
काठमाडौं । नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा हजारौंको हजार संख्यामा जनसहभागिता जुटेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले। सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए। र, यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए। माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे। पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन। सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल। दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थि...
फेरि बर्डफ्लुको त्रास, पोल्ट्री र पोल्ट्रीजन्य वस्तु आयातमा रोक

फेरि बर्डफ्लुको त्रास, पोल्ट्री र पोल्ट्रीजन्य वस्तु आयातमा रोक

पत्रपत्रिका
काठमाडौँ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टाइन कार्यालय र २४ पशु क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी सीमा क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भनेको हो। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरी शंकास्पद र जोखिम मानिएका पदार्थ, कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताए। काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज र कञ्चनपुरको गड्डाचौकी क्वारेन्टाइन कार्यालय र उक्त कार्यालयमातहतका २४ चेक पोस्टलाई निगरान...
चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

पत्रपत्रिका
काठमाडौँ । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँग...
‘नेकपा नातावादी पार्टी होइन’

‘नेकपा नातावादी पार्टी होइन’

पत्रपत्रिका
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा छोरीबुहारी र भाइभतिजाको पार्टी नभएको बताएका छन्। आफू अध्यक्ष रहेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो पार्टी जनताको भएको बताएका हुन्। नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसलाई छोरीहरूको मतलब छ, जसलाई बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरूको पार्टी हो रु यो पार्टी सम्धीवाला पार्टी होइन। यो पार्टी छोरीबुहारीवाला पार्टी होइन। यो पार्टी भाइभतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरूको पार्टी हो। देश बनाउने पार्टी हो। जनताको पार्टी हो। त्यसकारण उहाँहरूले गफ नदिए हुन्छ।’ ओलीले दाहाल र माधवकुमार नेपालको मन परिवर्तन हुनुपर्ने बताए। ‘उहाँहरूको मन परिवर्तन हुनुप¥यो। उहाँहरूले आँखा आफन्ततिर होइन, ...
‘नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो’

‘नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो’

पत्रपत्रिका
काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ । अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ । सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ । राजधानी दैनिकबाट...
शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

पत्रपत्रिका
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् । कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र...
नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार

नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार

पत्रपत्रिका
काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध गराएका चिठीपत्र र जानकारी कै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने आयोगले उल्लेख गरेको छ । यही कुरा उल्लेख गर्दै आयोगले बिहीबार दुवै पक्षलाई ऐन नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको छ । आयोगले दुवै पक्षलाई एकैखाले पत्र पठाएर त्यस्तो जानकारी गराएको छ । आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षले आयोगमा एकले अर्कालाई ...