असुलीमा मुछिएका दुई डीआईजी छानबिनमा
काठमाडौं । नेपाल प्रहरीमा सर्वत्र अनियमितता बढेको छ । स्वच्छ छविका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत यस्तो अनियमितता रोक्न सकेका छैनन् ।
प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशमा अनियमिता बढेको अत्याधिक उजुरी आएपछि त्यहाँ प्रहरी प्रधान कार्यालयले छानबिन टोली पठाएको छ । गोप्य टोली भनिएपनि त्यसबारे पहिले नै सूचना चुहिएकाले त्यस्तो टोलीले घुम्ने बाहेक केही पत्ता लगाउन सकेन । प्रदेश नम्बर २ मा एसएसएसपी भीम ढकाल तथा लुम्बिनीका टेकप्रसाद राईको नेतृत्वमा टोली पठाइएको थियो । दुवै प्रदेशमा संस्थागत रुपमा भ्रष्टाचार मौलाउंदा पनि दुवै टोलीले केही पत्ता लगाउन सकेन ।
चाडपर्व नजिकिदै गर्दा दुवै प्रदेशमा तस्करी मौलाउँदै गएको छ । प्रदेश नम्बर २ मा डिआइजी उमेश रञ्जितकारले सुरुमा केही घुुमुवालाई कारबाही गरेको नाटक गरेपनि अहिले आफैं घुुमुवा प्रयोग गर्न थालेका छन् । प्रदेश २ का सप्तरीदेखि पर्सासम्म तस्...








