साढे १ लिटरको कोकाकोला एकैपटक पिउँदा सास फेर्न नसकेर गयो ज्यान

चीन । चीनमा साढे १ लिटरको कोकाकोला एकैपटक पिउँदा २२ वर्षका एक युवाको ज्यान गएको छ।

डेलीमेलका अनुसार अत्याधिक गर्मी भएपछि ती युवाले १० मिनेटभित्रै सो मात्राको कोकाकोला पिएका थिए।

एकैपटक त्यति धेरै कोक पिएपछि उनको शरीरमा घातक ग्यास जम्मा भएको थियो। ग्यासले उनको कलेजोमा असर गरेपछि उनले सास फेर्न नसकेको बताइएको छ।

कोक पिएपछि नै उनको पेट डम्म फुलेको थियो। त्यसपछि उनी अस्पताल गएका थिए। अस्पतालमा ६ घण्टाभित्रै उनको मृत्यु भएको थियो।

कोकका फिजहरु कलेजेको एउटा रक्त नलीमा घुसेपछि गम्भीर समस्या उत्पन्न भएको बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.