पत्रपत्रिका

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

पत्रपत्रिका
काठमाडौं । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ। विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण नियमनसम्बन्धी कार्यक्षेत्र र नेपालमा सञ्चालनम...
‘न्याय’को छायामा मुस्कान

‘न्याय’को छायामा मुस्कान

पत्रपत्रिका
काठमाडौं । एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ। पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घटना भएको १८ महिनापछि २०७७ फागुन २६ गते अदालतले दुवै अभियुक्तविरुद्ध सजाय तोकेको हो। जसअनुसार, मुस्कान माथि एसिड हान्ने वीरगन्ज महानगरपालिका —२ छपकैयाका सम्साद मियाँलाई एक वर्ष र एसिड हान्ने अह्राउने मजिद मियाँलाई चार वर्ष कैद सजाय अदालतले तोकेको हो। पर्सा जिल्ला अदालतका १ नम्बर न्यायाधीश धर्मराज...
सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

पत्रपत्रिका
काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै पनि मन्त्रालयले गर्ने सरुवामा त्रुटि भएमा सो मन्त्रालयले सरुवा सच्याउन सक्दैन । त्यसका लागि मन्त्रिपरिषद्मा नै सच्याउने सम्बन्धी प्रस्ताव लै...
विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

पत्रपत्रिका
काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए। उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा जाहेरी दर्ताको आदेश माग्दै रिट निवेदन दर्ता गराइएको थियो। असोज १२ मा सर्वोच्च अदालतले प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश गरेको ...
कालो धन भित्रिदाँ नेपालको अन्तर्राष्ट्रिय वित्तीय कारोबार रोकिन सक्ने

कालो धन भित्रिदाँ नेपालको अन्तर्राष्ट्रिय वित्तीय कारोबार रोकिन सक्ने

पत्रपत्रिका
काठमाडौँ । आम्दानीको स्रोत नखुलाई निश्चित क्षेत्रमा लगानी गर्न दिने बजेटको व्यवस्थाले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै वित्तीय कारोबारमा ठूलो अड्चन आउन सक्ने अर्थतन्त्रका जानकारहरूले चेतावनी दिएका छन्। स्रोत नखुलेको सम्पत्तिलाई लगानीको अवसर दिँदा सम्पत्ति शुद्धीकरणबारे नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा शङ्का उत्पन्न हुन सक्ने भन्दै खबरदारी सुरु भएको छ। सम्पत्ति शुद्धीकरणका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स अन्तर्गतको एसिया प्यासिफिक समूहको नेपाल पनि सदस्य रहेका कारण स्रोत नखुलेको सम्पत्तिमा कडाइ गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व नेपालमा रहेको बताइन्छ। पूर्व अर्थ सचिव रामेश्वर खनालले बजेटमा दिइएको छुटले माओवादी अर्थमन्त्रीको सैद्धान्तिक विचलन देखिएको टिप्पणी गरे। ‘किनभने उहाँहरूले त द्वन्द्वकालमा कालोधन आ...
राष्ट्रसंघीय महासभामा उभिएर परराष्ट्रमन्त्री खड्काले नै झुटो बोलेपछि…

राष्ट्रसंघीय महासभामा उभिएर परराष्ट्रमन्त्री खड्काले नै झुटो बोलेपछि…

पत्रपत्रिका
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् । नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही नभइरहेको बेला परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघ महासभामा उभिएर पीडितको मुद्दा सम्बोधन हुने क्रममा रहेको बताएका थिए । ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर द्वन्द्वपीडितहरूले महासचिवलाई सम्बोधन गरिएको पत्र बुझाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले आफूहरूले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवको नाममा ध्यानाकर्षणपत्र...
‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा जग्गा अतिक्रमण

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा जग्गा अतिक्रमण

पत्रपत्रिका
वीरगञ्ज । तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो। २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र जग्गा बेवारिसे बन्दै गए। त्यसमध्ये अहिले वीरगन्जको पावरहाउस चोकदेखि पूर्व–पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ। त्रिभुवन राजपथसँगै जोडिएको उक्त जग्गाको क्षेत्रफल ४ लाख ४२ हजार ५ सय ६९ वर्गमिटर हुन आउँछ। यसलाई बिघामा भन्दा एक हजार ७ सय ४९ (३४ हजार ९ सय ९५.६ कट्ठा ) हुन्छ। राजमार्ग छेउको यो बहुमूल्य जग्गा निजी कित्तामा मिसाइसकिएको छ। अतिक्रमणकारी कतिपयले नयाँ नाप...
माओवादीको युद्ध पर्यटनः गाउँ–गाउँमा चर्च, यसरी सिध्याइयो राज्यको करोडौं रकम

माओवादीको युद्ध पर्यटनः गाउँ–गाउँमा चर्च, यसरी सिध्याइयो राज्यको करोडौं रकम

पत्रपत्रिका
रोल्पा । राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै छैन। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने भन्दै वितेको एक दशकमा रोल्पामा झण्डै ५२ करोड ३२ लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ। तर, व्यवस्थित योजना बेगर लहडमा सुरु गरिएको ‘पर्यटन विकास’ले जिल्लामा व्याप्त गरिबी, अशिक्षा र स्वास्थ्य सेवालाई गिज्याइरहेको छ। शान्तिका नाममा लूट! ‘युद्ध पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित शान्तिका लागि विकास’ नारा दिएर आर्थिक वर्ष २०६८/६९ मा तत्कालीन जिल्ला विकास समिति (जिविस)ले विभिन्‍न नौ वटा योजनाका लागि एक करोड ६७ लाख रुपैयाँ खर्चियो। पछिल्लो समय यस्तो बज...
भोली मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलबाट कोको बन्दैछन् मन्त्री ? (नामसहित)

भोली मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलबाट कोको बन्दैछन् मन्त्री ? (नामसहित)

पत्रपत्रिका
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् । ‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीबारसम्म मन्त्रालय कसले कुन लिने टुंग्याएर सम्भवतः शुक्रबार सरकारले पूर्णता पाउँछ,’ प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले भने । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्र...
कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

पत्रपत्रिका
काठमाडौं । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप एकपटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने उल्लेख छ । अर्थमन्त्रीको सोही घोषणा कार्यान्वयन गर्न हाल अर्थ मन्त्रालयले यो कार्यविधि बनाउन थालेको हो ।अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बजेटमा उल्लेख भएको राहत रकम वितरणका लागि कार्यविधि बनाउने काम भइरहेको बताए । उनले ...