पत्रपत्रिका

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए सुमार्गी, चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसनसहित १६ व्यवसायी

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए सुमार्गी, चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसनसहित १६ व्यवसायी

पत्रपत्रिका
काठमाडौँ । विभिन्न तरिकाले नेपालमा आर्जन गरेको सम्पत्ति गैर–कानूनी ढंगले विदेशमा लगानी गरी वैदेशिक लगानीको नाममा पुनः भित्र्याउने धन्धामा ठूला व्यापारिक घराना संलग्न भएको खुलासा भएको छ। खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशल कन्सोर्टियम अफ् इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा भएको खुलासामा नेपालका व्यापारीक घराना पनि मुछिन पुगेका छन्। आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा भएको उक्त खुलासालाई ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको छ। उक्त संयन्त्रमा ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ पनि संलग्न छ। विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्‍याएर एउटा समानान्त...
अठार वर्षदेखि भाडामा यातायात कार्यालय

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

पत्रपत्रिका
वीरगञ्ज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए । “निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन”, निमित्त कार्यालय प्रमुख शाहले भने, “ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।” दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पु-याएको कार्यालयको दाबी छ । दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा ८४ हजार रुपैयाँ तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि सावि...
ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

पत्रपत्रिका
काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ । नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको छ । अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विव...
प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा !

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा !

पत्रपत्रिका
काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरेको छ । विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पु-याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ । अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततो...
नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

पत्रपत्रिका
काठमाडौं । मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो । सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई रु.१ लाख २० हजार बुझाएर रोजगारीका लागि मलेशिया गएका थिए । त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम शुरू गरे । तर कम्पनीले मलेशियाली सरकारले तोके अनुसारको तलब र अतिरिक्त समय काम गरेको थप रकम दिएन । र, पनि युवराजले काम छोडेनन् । नौ वर्षसम्म काम गरेपछि भने कम्पनीले अघिल्लो वर्ष (अक्टोबर, २०२०) बलजफ्ती कामबाट निकालेर घर पठायो । अन्तत: मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपालीसहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ । खड्काको ‘अपराध’ भनेको उनले कोरोना कालमा कामदारहरू भीडभाडमा बसे...
‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

पत्रपत्रिका
काठमाडौं । कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनीमार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कानूनी छिद्रको प्रयोगबाट गरिएको लगानी होस् वा गैरकानूनी रूपमा अफशोर कम्पनी मार्फत गरिएको कारोबार होस्; त्यसको नकारात्मक असर सामान्य नागरिकसम्म पुग्छ भन्ने एउटा गतिलो उदाहरण हो — गोल्छा परिवारका पाँचजना सदस्यकोसमेत स्वामित्वमा रहेको इष्टर्न सुगर मिल्स । गोल्छा परिवारका केही सदस्यहरूको लगानीमा खोलिएको अफशोर कम्पनी समेतको स्वामित्वको यो मिल्सले लामो समयदेखि उखु किसानलाई भुक्तानी गरेको छैन । आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार गोल्छा परिवारका केही सदस्यहरूले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिश भर्जिन आइल्याण्डमा आफ्नै नाममा कम्पनी खोल्ने, त्यसैबाट नेपालस्थित आफ्...
राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

पत्रपत्रिका
काठमाडौं । विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ । नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो । सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको शेयर हत्याएको आरोप लागेको छ । बौद्ध...
मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा ?

मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा ?

पत्रपत्रिका
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशका लागि पनि कोटा छुट्याउनु पर्ने विषयले प्रवेश पाएपछि राजनीति तरंगित बनेको छ। राजनीतिक स्रोतले मन्त्रिपरिषद विस्तार हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा दुई जना वा कम्तीमा पनि एक जना मन्त्री बनाउने छलफल जारी रहेको पुष्टि गरे। संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानन्यायाधीश राणाले ‘आफ्ना मान्छे’लाई मन्त्री बनाउन खोजेका हुन्। एक नेताका अनुसार सत्ता गठबन्धनका चार प्रमुख दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले राख्ने मन्त्रालयको संख्या टुंगो लागिसकेको छ। जसअनुसार कांग्रेस, माओवादी र एकीकृत समाजवादी प्रत्येकले पाँच वटा मन्त्रालय लिने सहमति भएको छ। जसपाले भने चा...
बुद्ध एयर विमान प्रकरण : दोष पाइलटमाथि !

बुद्ध एयर विमान प्रकरण : दोष पाइलटमाथि !

पत्रपत्रिका
काठमाडौं । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ। विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण नियमनसम्बन्धी कार्यक्षेत्र र नेपालमा सञ्चालनम...
थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

पत्रपत्रिका
काठमाडौं । ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो । ‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ –एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाउनुभयो । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना ग–यो, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरुलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं ।’ –पूर्वमाओवादी नेता मोहन वैद्यले अन्तर्वार्तामा बोलेको बोली आज ‘भाइरल’ भएको छ । यी तीन अभिव्यक्तिले राजनीतिक नेतृत्वको वर्तमान मानसिकता प्रस्ट पार्दछ भन...